नाङसाल क्लबको साहित्यक कार्यक्रममा अल तामाङ सार्वजनिक

कार्तिक ७, याम्बु : तामाङ साहित्यका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको संस्था नाङसाल क्लब नेपालको ७० औं नियमित साहित्यक कार्यक्रम तथा वेबसाईट सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ ।
राजधानीको जमल स्थित डोरेमी संगीतिक स्कुलमा हिजो भएको कार्यक्रममा लामो समयदेखि तामाङ साहित्यका क्षेत्रमा कलम चलाउदै आएका विभिन्न स्राष्ट तथा नयाँ स्राष्टहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा गजलकार गाले केआर चालिसेली, स्राष्ट ङेमा थाङ्पाल, रञ्जना मोक्तान, मिथिला स्याङ्तान, तथा सानुमाया तामाङ, माया लामा, रोमा स्याङ्तान, लगायतका स्रष्टाहरुले आफ्नो आफ्नो प्रस्तुती राख्नु भएको थियो ।
यसैबीच कार्यक्रम मार्फत क्बलको संयोजकत्वमा सन्चालन हुने www.alltamang.com नामको वेबसाइट पनि सार्वजनिक गरिएको छ । वेबसाइटले तामाङ समुदायको गतिविधि, धर्म, सँस्कृति एवम् साहित्यका साथै ऐतिहासिक पाटोलाई पनि समेट्ने जनाएको छ ।