को हुन् लोकमानसिंह कार्की ?

लोकमानसिंह कार्की पूर्व राजा ज्ञानेन्द्र शाहको शासन कालमा मुख्यसचिव भएका व्यक्ति हुन् । अरु वरिष्ठतम सचिवहरु हुँदा हुँदै पनि मर्यादाक्रम मिचेर उनलाई मुख्यसचिव बनाइएको थियो ।
त्यसपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि उनलाई मुख्यसचिवबाट फिर्ता बोलाइएको थियो । राजा वीरेन्द्रको हुकुम प्रमांगीबाट सिधै उपसचिवमा नियुक्ति पाएका कार्की राजपरिषद् स्थायी समितिका तत्कालीन सभापति भुपालमानसिंह कार्कीका छोरा हुन् ।
रायमाझी आयोगले कार्कीलाई जनआन्दोलन २०६२/२०६३ दबाउन भूमिका निर्वाह गरेको भन्दै दोषि ठहर गरेको थियो |
२०७० बैशाख २२ गते मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको अध्यक्षमा बसेको संवैधानिक परिषदको बैठकले विवादास्पद छवी भएका शाही कालका पूर्व मूख्य सचिव लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्त गर्न सिफारिस गरेका थिए | तत्कालिन संवैधानिक परिषदका सदस्यहरुमा कामु प्रधानन्यायाधीश दामोदर शर्मा, मन्त्रीत्रय माधव पौडेल, माधव घिमिरे र रिद्धिबाबा प्रधान थिए |