बौद्ध महास्तुपाको पुनःनिर्माण सम्पन्न, नोभेम्बर २२ मा उद्घाटन

कार्तिक ६, याम्बु: २०७२ बैशाख १२ को बिनाशकारी भुकम्पबाट क्षतिग्रस्त बौद्ध महास्तुपाको जिर्णोद्वार तथा पुनःनिर्माण कार्य सम्पन्न भएको छ ।
बौद्धनाथ क्षेत्र विकास समितिले शनिबार एक कार्यक्रम आयोजना गर्दै अब बौद्ध महास्तुपाको प्राण प्रतिष्ठा कार्यक्रम सार्वजनिक गरेको छ ।
कार्यक्रमलाई सभ्य र भव्य बनाउने तयारी भइरहेको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्ण कुमार लामाले जानकारी दिए ।
नोभेम्बर १८, १९ र २० तारिखमा बौद्ध स्तुपाको शुद्धीकरण धर्मगुरुहरुबाट गरिने छ । नोभेम्बर २२ तारिकमा भने प्रधानमन्त्री पुष्पकमल दाहालले बौद्ध महास्तुपाको समुद्घाटन गर्ने कार्यतालिका विकास समितिले सार्वजनिक गरेको छ ।