क्यामरुनमा रेल दुर्घटना हुँदा ५३ को मृत्यु, तीन सयभन्दा बढी घाइते

कार्तिक ६, काठमाडौं : अफ्रिरकी देश क्यामरुनमा यात्रुवहाक रेल दुर्घटना हुँदा ५३ जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन सयभन्दा बढी घाइते छन् ।
क्यामरुनको याउँडे तथा डूआला शहरबीच गुडीरहेको रेलको दशवटा डिव्वा लिकबाट बाहिरिएका थिए । प्रत्यक्षदर्शीका अनुसार दुर्घटनामा धेरै यात्रु घाइते भएका छन् । घाइतेमध्ये धेरैको हात छुट्टा काटिएका छन् ।
भारी वर्षका कारण दुई सहरबीचको सडकका विभिन्न भागका क्षति पुगको थियो । जसका कारण रेलमा आठ डिव्वा थप गरिएको थियो ।
समाचार संस्था एपीले ६ सय यात्रु चढ्ने रेलमा डिव्वा थपिएसँगै १३ सयभन्दा बढी यात्रु रहेको जनाएको छ ।
@ समाचार संस्था एपी