हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

भट्टराईले भने ‘लाेकमान असनको साँढे’

baburam5

कार्तिक ६, काठमाडौं : नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अख्तियार प्रमुख लोकमानसिंह कार्की असनको साँढेजस्तो बनेकोले अहिलेको अवस्था आएको बताएका छन् ।

शनिबार गोरखा पुगेका बाबुरामले संचारकर्मीसँग भने, लोकमान कसैलाई नटेर्ने असनको साँढेजस्तो बन्न खोजे । त्यही कारण आज यो अवस्था आयो ।’ उनले लोकमानलाई मात्रै हटाएर समस्या समाधान नहुने बताउँदै भने, ‘लोकमान एउटा व्यक्तिलाई हटाएर मात्र समस्या समाधान हुँदैन । अख्तियारलाई हटाउनुपर्छ । राजनीतिक भागबन्डामा बन्ने अख्तियारले भ्रष्टाचारविरुद्धका स्वतन्त्र रुपमा प्रभावकारी काम गर्न सक्दैन। अख्तियारको ठाउँमा शक्तिशाली लोकपाल बनाउनुपर्छ । अख्तियारको काम छैन।’

लोकमानलाई कारबाही गर्ने नाममा अहिले धेरै भ्रष्टाचारीलाई उम्काउने खेल भइरहेको बताउँदै भने, एउटा चोरलाई दण्डित गर्ने नाममा दसजना चोरलाई उम्काउने प्रयास भइरहेको छ । त्यसमा नागरिक खबरदारी आवश्यक छ । उनले लोकमानलाई कारबाही गर्ने नाममा भ्रष्टाचारमा संलग्न कसैले पनि उन्मुक्ति पाउनु नहुनेमा जोड दिए ।

उनले हिन्दु धर्मका नाममा पूर्वराजा र राजावादीहरुले गतिविधि बढाएको बताउँदै भने, हिन्दुत्वको आवारणमा राजतन्त्र फर्काउने उद्देश्यसहित विभिन्न गतिविधि भइरहेको छन् । यसमा राजनीतिक दलहरु सतर्क हुन आवश्यक छ । उनले धर्म निरपेक्षताको निर्णय भइसकेकोले यसमा पछाडि फर्कदा झन् समस्या आउने बताए ।

बाबुरामले सरकारले केही पनि काम गर्न नसकेको आरोप लगाउँदै भने, सरकार २४ घन्टै सुतेर बसेको छ । कसरी हुन्छ संविधानको कार्यान्वयन ? उनले आफूले गर्न नसक्ने अनि अरु दोष दिने, विदेशी हस्तक्षेप भन्नु गलत भएको बताए । उनले तीनतीन महिनामा सरकार फेरेर राज्यको ढुकुटीमा लुट मच्चाउने काम भइरहेको बताए।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution