हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

लोकमान कार्कीको नियुक्ती प्रक्रिया मै त्रुटी : नयाँ शक्ति

कात्तिक – ५  , काठमाडौं |अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको नियुक्ती प्रक्रियामै क्रुटी रहेको नयाँ शक्ति नेपालले बताएको छ । नयाँ शक्ति नेपालले शुक्रबार विज्ञप्ती निकाल्दै लोकमानको नियुक्ती प्रक्रियामै क्रुटी रहेको औंल्याएको छ ।

विज्ञप्तीको पूर्ण  अंश:

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउन व्यवस्थापिका संसदमा प्रस्ताव दर्ता भएको सन्दर्भमा नयाँ शक्ति पार्टी, नेपालको ध्यानाकर्षण भएको छ ।

संसदीय समितिले बोलाउँदा नजाने, न्यायपालिकाको काममा समेत अवरोध खडा गर्ने जस्ता गतिविधिले सुशासन र पारदर्शीता कायम गर्न र भ्रष्टाचार उन्मूलन गर्न गठन भएको शक्तिशाली संवैधानिक आयोगको नेतृत्वमा भएको व्यक्ति गलत छ भन्ने कुरालाई स्पष्ट पार्दछ । संवैधानिक अंगमा वहाल रहेका कुनै पनि अधिकारीले आफ्नो पदीय आचरणविरुद्ध काम गरेको खण्डमा महाभियोग लगाउन र त्यसको छिनोफानो गर्न सार्वभौम संसद् सक्षम छ भन्ने हाम्रो विश्वास छ । साथै यी कुराहरुले राजनीतिक दलहरुबाट भएको आयोगको प्रमुख नियुक्तिमै त्रुटी रहेको कुरालाई पुष्टी गर्दछ ।

संसदबाट सिधै नियुक्त हुने जनलोकपालको आवश्यकता छ जो कुनै दल वा आफूलाई त्यो पदमा पुर्‍याउने राजनीतिक नेतृत्वप्रति उत्तरदायी नभई सिधै संसदप्रति उत्तरदायी होस् भन्ने नयाँ शक्ति नेपालले माग गर्दै आएको छ । त्यस्तो संस्थाले मात्र बिना कुनै हस्तक्षेप जनता र संसदप्रति उत्तरदायी हुनेगरी काम गर्न सक्छ र भ्रष्टाचार निवारणमा काम गर्न सक्छ भन्ने हाम्रो बिश्वास छ ।

मुलुक भ्रष्टाचारको दलदलमा फसिरहेको बेला भ्रष्टाचार निवारणका लागि नि:स्वार्थ र निर्भिकताका साथ काम गर्नुपर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग र त्यसका प्रमुख नै बिबादमा तानिनु सवैभन्दा दु:खद् बिषय हो । त्यसले भ्रष्टाचार नियन्त्रण गर्ने प्रयासमा र संस्थाको गरिमामै चोट पुग्ने स्थिति देखिएको छ । तसर्थ, यस्तो संस्थाको गरिमा बचाइराख्न आगामी दिनमा संबेदनशील संवैधानिक पदमा नियुक्ति गर्दा हाम्रा हैन कि राम्रा र जनउत्तरदायी मानिसहरु नियुक्ति गरियोस् भनी नयाँ शक्ति नेपाल ध्यानार्कषण गराउन चाहन्छ । साथै यस्ता प्रकरणका आडमा कुनै पनि दल वा व्यक्तिले आफ्ना भ्रष्टाचारजन्य कार्य र नियत ढाकछोप गर्न नपाउन भन्ने तर्फ पनि सतर्क रहन सवैसँग आग्रह गर्दछौं ।

……………………………..
खिमलाल देवकोटा
प्रवक्ता
नयाँ शक्ति पार्टी, नेपाल






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution