सरिता गिरी दुई छोरीसहित बेपत्ता,प्रहरीलाई निवेदन दिए पनि सुनुवाई भएन

कार्तिक ५, कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका ९ शिवपुरका दुधनाथ गिरीकी श्रीमती सरिता गिरी दुई छोरीसहित बेपत्ता भएकी छिन् । सरिता साउनको पहिलो साता आफन्तकहाँ जाने भनेर घरबाट निस्केकी थिइन् ।
श्रीमान दुधनाथ गिरी अहिले श्रीमती र छोरीहरुको खोजीमा भौतारिरहेका छन् । दुधनाथ अहिले ३३ वर्षी श्रीमती सरिता र उनको ९ वर्षी छोरी रिद्धी र तीन वर्षीय कान्छी छोरी सिद्धीलाई खोज्न यताउता भौतारिरहेका छन् ।
दुधनाथ गिरी बैदेशिक रोजगारको क्रममा दुबई रहेको बेला कामाएको पैसाको हिसाव किताब माग्दा श्रीमतीले आफन्तलाई रकम राख्न दिएको भन्दै घर छोडेर गएको उनले बताए ।
सरिताले नजिककै अफन्त मामा महादेव गिरी र माइजु कल्पना गिरीलाई रकम राख्न दिएको बताउदै आएकी थिइन् ।
श्रीमतीसँग पैसाको खोजिनिती गर्दा श्रीमती दुई छोरीहरुसँग बेपत्ता भएकी छिन् । दुधनाथले दुबाई रहँदा सात लाख ८० हजार रकम श्रीमतीको नाममा पठाएका थिए ।
प्रहरीलाई समेत पटक पटक श्रीमती र छोरीहरुलाई खोजतलास गर्न निवेदन दिए पनि कुनै सुनुवाई नभएको गिरीले बताए ।