हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

इन्टरनेसनल ब्याडमिन्टनमा रत्नजित र नङ्सल तामाङ फाइनलमा

20140914tamang-siblings-win-againफाइल फोटो

कार्तिक ५,काठमाडौः पाकिस्तानको राजधानी इस्लामाबादमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्स स्पर्धामा नेपाली खेलाडी रत्नजित तामाङ र नङ्सल तामाङको जोडी बिहीबार फाइनलमा प्रवेश गरेको छ । नङ्सल र रत्नजित दिदीभाइ हुन् ।

२७ मिनेट चलेको सेमिफाइनल खेलमा रत्नजित र नङ्सलको जोडीले पाकिस्तानका रिजवान अजाम र सरा मोहम्मदको जोडीलाई सोझो सेटमा पराजित गर्‍यो । पहिलो सेटको नतिजालाई २१(१६ ले आफ्नो पक्षमा पारेको रत्नजित र नङ्सलको जोडी दोस्रो सेटमा पनि २१(१२ अंकले अगाडि रह्यो । रत्नजित र नङ्सलको जोडीले फाइनलमा पाकिस्तानका मोहम्मद इर्फान सइद भट्टी र मेहमोना अमिनको जोडीसँग उपाधिका लागि भिडन्त गर्ने जानकारी नेपाल ब्याडमिन्टन संघका महासचिव वीरेन्द्र श्रेष्ठले दिए ।

फाइनल खेल शुक्रबार हुनेछ । फाइनलमा स्थान पक्का गरेसँगै रत्न र नङ्सलको जोडीले कम्तीमा रजतपदक जित्ने निश्चित भएको छ । महिला एकल स्पर्धामा भने नङ्सलको यात्रा सेमिफाइनलमै सीमित भयो । सेमिफाइनलमा नङ्सललाई पाकिस्तानी खेलाडी पल्वाशा बसिरले १६(२१, १२(२१ को सोझो सेटमा पराजित गरिन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution