स्कुलमा बम राख्ने मुख्य योजनाकार केशव दाहाल पक्राउ

कार्तिक ५, काठमाडौं : काठमाडौंका एक दर्जनमा स्कुलमा बम राख्ने घटनाका मुख्य योजनाकार नेपाल क्रान्तिकारी कन्युनिष्ट पार्टी केन्द्र महासचिव केशव दाहालसहित दु्ई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बम बिस्फोट गराउने घटनाका मुख्य योजनाकार दाहाल र मिन देवकोटालाई प्रहरीले काभ्रेपलान्चोकबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसरका एसएससपी विक्रम थापाले बताए ।
विद्यालयले चन्दा नदिएपछि बम बिस्फोट गराउने क्रान्तिकारी कन्युनिष्ट पार्टी शंकर लाखे, चन्द्रबहादुर तामाङ, विष्णु पौडेल र होमबहादुर खत्रीलाई प्रहरीले यस अघि नै पक्राउ गरिसकेको थियो ।
क्रान्तिकारी कन्युनिष्ट पार्टी केन्द्रका कार्यक्रर्ताले असोज ४ गते काठमाडौं र ललितपुरमा गरी १० स्थानमा एकै साथ बम राखेका थिए ।
घटनाको थप विबतरण आज दिउँसो पत्रकार सम्मेलनमार्फत जानकारी दिने प्रहरीको भनाइ छ ।