हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

कार्कीलाई बचाउन अप्ठ्यारो छ: शेरबहादुर देउवा

deuba

कार्तिक ४, २०७३- कांग्रेस सभापति शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले राजाकालिन शाही आयोग भन्दापनि अपवित्र ढंगले अख्तियार चलाएको भन्दै उनीबिरुद्ध संसदमा दर्ता भएको महाअभियोगको प्रस्तावको पक्षमा निर्णय लिने संकेत दिएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा बोल्दै देउवाले अख्तियार प्रमुख कार्कीलाई आफूले धेरैपटक सम्झाउँदा समेत नमानेको दुःखेसो पोखेका थिए । उनले कार्की राजा भन्दापनि अघि बढेर निरंकुश शैली अपनाउन खोजेको भन्दै उनी बिरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावको विपक्षमा पार्टी जान अप्ठ्यारो पर्ने बताएका हुन ।

तर, देउवाले महाअभियोगको प्रस्ताव दर्ता हुदैछ भन्नेबारे आफूलाई प्रमुख विपक्षी दलका नेता केपी ओलीले प्रष्ट नभनेको बैठकमा जानकारी दिएका थिए । ‘ओलीजीले हिजो -बुधबार) बेलुका म र प्रधानमन्त्रीजीलाई बोलाउनु भयो । मैले ठाने स्थानीय तहको पुर्नसंरचनाको बिषयमा छलफल होला । तर, एकैचोटी लोकामानजीले गलत काम गरे महाअभियोगको प्रस्ताव ल्याउनु पर्छ भन्नुभयो’ देउवाले बैठकमा भनेको भनाई उद्धृत गर्दे स्रोृतले भन्यो,’महाअभियोगको प्रस्ताव आएको जानकारी प्रधानमन्त्रीजीले राति १० बजे टेलीफोन गरेपछि मात्रै थाह भयो ।’ देउवाले आफ्नो पार्टीको बैठक बस्दै गरेकाले त्यहाँ सम्म पर्खन आग्रह गरेको बताएका थिए ।

बैठकमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले प्रमुख आयुक्त कार्कीको कामकारवाही अदालतको न्याय सम्पादनलाई असयोग गर्ने खालको भएकाले तत्काल सभापतिले प्रस्ताव ल्याएर महाअभियोगको प्रस्तावको पक्षमा निर्णय लिनुपर्ने माग राखेका थिए ।

‘यसमा धेरै छलफल गराईराख्न आवश्यक छैन, सभापतिजीले प्रस्ताव ल्याएर निर्णय लिनुपर्छ’ सिटौलाको भनाई थियो,’अदालतको न्याय सम्पादनमा जसरी उनले असहयोग गरेका छन यसलाई बचाउन सकिदैन ।’

बैठकमा कांग्रेस नेता गगन थापा कार्कीको नियुक्तिमा ऐतिहासिक गल्ती भएको बताउँदै त्यसलाई सच्चयाउने अवसर आएको बताए । अख्तियार प्रमुख कार्कीले राज्य संयन्त्रलार्य नै भ्रष्ट बनाएको बताउँदै पार्टीले घाटा नाफा नहेरी महाअभियोगको प्रस्तावको पक्षमा निर्णय लिनुपर्ने बताए । अर्का केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले महाअभियोगको प्रस्तावको विपक्षमा जादा पार्टीले ठूलो क्षेती व्यहोर्नुपर्ने बताउदै महाअभियोगको कसले नेतृत्व गर्यो भन्ने बिषयलाई भन्दापनि कार्कीको गलत कामको बिरुद्ध उत्रनु पर्ने बताए । बिहीबार ९ जना केन्द्रीय सदस्यले बोलेकोमा केन्द्रीय सदस्य रामशरण महतले भने महाअभियोगको प्रस्तावको पक्ष/विपक्षमा अहिल्यै निर्णय लिन नहुने बताए । उनले सरकारको मुख्य साझेदार कांग्रेसलाई जानकारी नदिई माओवादी केन्द्रले प्रुमख विपक्षसँग मिलेर महाअभियोगको प्रस्ताव दर्ता गर्नु सामान्य अवस्था नरहेको बताउँदै पार्टीले अहिल्यै कुनै निर्णय लिन नहुने बताएका हुन ।

केन्द्रीय सदस्य महेश आचार्य, कल्याण गुरुङ र रामकृष्ण यादवले लोकमान कार्कीको बिषयमा नबोली स्थानीय निकायको पुर्नसंरचनाको बिषयमा धारणा राखेका थिए । बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भने प्रधानमन्त्री पुष्पकमल दाहालले आफूसँगको कुराकानीमा महाअभियोगको प्रस्तावमा आफूलाई थाहनै नदिई हस्ताक्षर भएको बताएको जानकारी दिएका थिए । @ इकान्तिपुर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution