नेपाली काँग्रेस महाअभियोगको पक्षमा उभिनै पर्दछः धनराज गुरुङ

नेपाली काँग्रेस नेता धनराज गुरुङले आफ्नो पार्टी संसद्मा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावको पक्षमा उभिनुपर्नेमा जोड दिएका छन् । सत्तारुढ माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी एमालेका १५७ सांसदद्वारा हस्ताक्षर सहित ३ कात्तिमा दर्ता भएको प्रस्तावमा काँग्रेसले समर्थन गर्नुको विकल्प नरहेको बताए ।
आफू उपत्यका बाहिर रहेकाले प्रस्तावमा हस्ताक्षर गर्न नपाएको नेता गुरुङको भनाई छ । उनले भने, “यो महाअभियोग कुनै व्यक्ति भन्दा पनि विकृति र विसंगतिको विरोधमा हो । काँग्रेसले विकृतिको पक्ष लिने कुरै छैन ।”