हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

थारु समुदायमा हराएको छैन् बडघर प्रथा

Exif_JPEG_420

कार्तिक ३, बाँके : थारु समुदायको परम्परागत राजनीतिक संरचना बडघरको प्रथाले गाउँटोलमा जनप्रतिनिधिको काम गर्दै आएका छन । लामो समयदेखि स्थानीय निकायमा जनप्रतिनिधि नभएको अवस्था गाउँघरमा झैझगडा मिलाउनेदेखि मुद्दा मामिलाको फैसला गर्नेसम्म काम बडघरले गर्दै आएका छन ।

गाउँ टोलका सबै समस्याको अगुवाई बडघरले गर्ने गरेका छन् । विवाह, मर्दापर्दा, भोज लगायतका थारु समुदायका सस्कृति र सस्कारहरुमा बडघरको महत्वपूर्ण भुमिका हुने गरेको छ । बडघरकै अगुवाईमा थारु समुदायले रीतिरिवाज र सस्कृति धानिरहेको छ । गाउघरमा सामाजिक सुरक्षा भत्ता वितरण, खोप लगायतका सामाजिक कार्यमा समेत बडघरले सहयोग गरिरहेका छन् । गाउँ घरमा हुने विकास निर्माणदेखि श्रमदान गराउन बडघरले महत्वपूर्ण भुमिका खेल्ने गरेका छन् ।

बाँकेको विनौना –३ ललहीका बडघर शुभसागर चौधरीले गाउँका समस्या समाधानको लागि काम गर्दै आएको बताए ।
हालै बडघरमा चुनिएका चौधरीले जनप्रतिनिधिकै काम आफुहरुले गर्ने गरेको बताए । गाउँमा जनप्रतिनिधि छैन, यसकारण गाउँका समस्या हामी नै समाधान गर्छौ चौधरीले भने । थारु सस्कारमा बडघरको महत्व विशिष्ट भएको उनले बताए । उनले गाउघरका समस्या लिएर गाविस र प्रहरीको जानु पर्ने झन्झड नै नरहेको बताए । हामीले धेरै समस्या समाधान गर्छौ, यसको लागि गाविस र पुलिस कहा जानु पर्दैन – चौधरीले भने ।

युवा बडघर कान्छा चौधरी पछिल्लो पुस्तामा समेत बडघर प्रतिको आर्कषण कायम नै रहेको बताउँछन ।

२०५८ सालबाट लगातार बडघर हुर्दै आएका बैजापुर – ९ पसरामपुरका ३६ बर्षिय कान्छा चौधरीले आफुले जनप्रतिनिधिको भुमिका निभाइरहेको बताए । गाउ टोलका समस्या देखि सामाजिक काम समते बडघर कै अगुवाईमा हुने उनले बताए । लामो समय देखि बडघर रहदै आएका कान्छा चौधरीले समाजिक विकृति विसंगति विरुद्ध समेत बडघर काम गर्ने गरेको बताए ।

गाउँमा कुनै झैझगडा, मुद्दा मामिला भएमा हामी आफै मिलाउँछौ – बडघर कान्छाले भने । गाउँमा हुने विकास निर्माण काम समेत बडघरले अगुवाई गर्ने गरेका छन् । गाउँमा बाटो बनाउनु परयो, पुल बनाउनु परयो, स्कुल बनाउन देखि अधिकाश कामको हामीले नेतृत्व गर्छौ – कान्छाले भने ।गाविस, अध्यक्ष, वडा अध्यक्ष र गासस नभएका कारण बडघरको महत्व अझ बढेको छ ।

बर्ष भरीमा गाउँ टोलको विकासदेखि सामाजिक कार्यको योजना बनाउन काम समेत बडघरबाट नै हुने गरेको छ । कान्छा चौधरी भन्छन – बर्ष भरी के के गर्ने , गत बर्ष के के काम भयो , त्यसको समिक्षा समेत बडघरले गर्नु पर्छ । बडघरले गाउँ घरमा कार्ययोजना नै बनाएर छलफल समेत गर्ने गरेको उनले बताए ।

dscn4955
दाङ,बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा प्रत्येक थारु गाउमा बडघर चुन्ने चलन कायम नै रहेको छ । बर्षेनी माघीको समयमा माघ २ गतेबाट बडघर बडघर चुन्ने प्रथा रहदै आएको छ । थारु समुदायमा लामो समय देखि रहदै आएको कमैया, कमलहरी प्रथा उन्मुलन गरिएपनि वडघर प्रथा भने कायम नै रहेको छ । थारु समुदायका समाजसेवी एकराज चौधरी बडघर प्रथा थारु समुदायको पहिचान रहेको बताउँछन । उनले बडघरहरु गाउ टोलमा स्थानिय निकायका प्रतिनिधिकै काम गरिरहेको बताए ।

समाजसेवी चौधरीले भने ‘जनयुद्ध र जनआन्दोलनका समय गाउँ घरमा सरकार उपस्थीति थिएन, त्यसबेला गाउघरका मुद्दाका तामेली गर्नेका नै बडघरले गर्ने गर्थे ।’उनले बडघरलाई सरकारले प्रयोग गर्न सक्नु पर्ने बताउँछन । चौधरीले नागरिक वडा मञ्चहरुमा समेत बडघरको नेतृत्व रहेको बताए ।

उनले थारु समुदायको राजनीतिक संरचनाको अवशेष बडघर प्रथा मात्रै बाँकी रहेको बताए । उनले दाङमा ५ वटा प्रगन्ना र बर्दियामा ११ टप्पा जस्ता राजनीतिक संरचना रहेको बताए । उनले चुनावबाट राजा छान्ने थारु समुदायको सस्कृति लोप भएको बताए । उनले बडघर समेत थारु समुदाय सस्कृति धान्न मात्रै बाँकी रहेको बताए । बडघरको नेतृत्वमा थारु समुदायमा चिरकिया, गुरुवा, लोहार चौकीदार जस्ता संरचना समेत रहेको बताए । समाजसेवी एव थारु सस्कृतिको अनुसन्धानकर्ता समेत रहेका चौधरीले राज्यबाट उपेक्षित रहेको बडघर लगायतका थारु समुदायका सस्कृति, परम्पराको जर्गेना गर्न लाग्नु पर्ने बताए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution