हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

युनेस्कोको निर्णय प्रति इजरायलको असन्तुस्टी

jerusa

फ्रान्स, कात्तिक ३ । संयुक्त राष्ट्रसङ्घको सैक्षिक वैज्ञानिक र सांस्कृतिक मामिला हेर्ने सङ्गठन (युनेस्को) को कार्यकारी समितिले मङ्गलबार पारित गरेको प्रस्तावले जेरुसेलमस्थित धार्मिक स्थलहरुसँगको यहुदी धर्मावलम्बीहरुको गहिरो ऐतिहासिक सम्बन्धलाई अस्वीकार गरेको इजरायलले जनाएको छ ।

युनेस्कोद्वारा अनुमोदित उक्त प्रस्ताव इजरायली सरकार त्यहाँका यहुदी धर्मावलम्बीसहित विश्वकै यहुदी समुदायको मन तोड्ने किसिमको रहेको इजरायलको दाबी छ ।

युनेस्कोको मङ्गलबार बिहानको बैठकले गत हप्ता राष्ट्रसङ्घीय आयोगद्वारा पास गरेको सङ्कल्प प्रस्तावलाई पारित गरेपछि इजरायलले राष्ट्रसङ्घको उक्त प्रस्तावबाट चिढिएको छ ।

प्रस्तावले जेरुसेलम आफैँमा प्रत्यक्ष प्रभाव पार्ने त अपेक्षा गरिएको छैन तर यसले युनेस्कोलाई भने विवादमा तानेको छ । बजेट विनियोजनको विषयलाई लिएर जापान र चीनबीच कूटनीतिक विवादमा फसेको युनेस्कोका लागि यो विषय अर्को समस्याका रुपमा खडा भएको छ ।

‘अकुपाइड प्यालेस्टाइन’ नाम दिइएको सङ्कल्प प्रस्तावका कारण विगत केही दशकदेखि इजरायलले युनेस्को आफूप्रति पूर्वाग्रही बनेको बताउँदै आएको छ ।

युनेस्कोले प्यालेस्टाइनलाई सन् २०११ मा सदस्यता प्रदान गरेपछि इजरायलको युनेस्कोसँगको सम्बन्धमा थप समस्या उत्पन्न भएको छ ।

सङ्कल्प प्रस्तावकै विषयलाई लिएर भएको विवादपछि इजरायलद्वारा युनेस्कोसँगको सम्बन्ध निलम्बन गरिएको जनाएको थियो । रासस/एपी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution