हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

१६ राष्ट्रका वैज्ञानिक पोखरामा,वैज्ञानिकले प्रयोग गरेका अनुसन्धानबारे जानकारी गराउने

lou

कार्तिक ३, पोखरा : नेपाल पोलिमर इन्स्टिच्युटको आयोजना एवम् नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट), पोखरा विश्वविद्यालय र जर्मनीको इन्स्टिच्युट अफ पोलिमरवेक्स्टफको सहआयोजनामा विश्वका विभिन्न १६ राष्ट्रका वैज्ञानिक पोखरामा चारदिने छलफलमा जुटेका छन्।

अत्यन्त सूक्ष्म पदार्थको प्रयोगबाट वर्तमानको मानव जीवनलाई सहज बनाउने र हाम्रा समाजमा प्राप्त सामग्रीको उपयोगबाट मानवीय आवश्यकता पूरा गर्ने विषयमा केन्द्रित रही वैज्ञानिकले आफूले गरेका प्रयोग तथा अनुसन्धानबारे एकअर्कामा जानकारी गराउने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको हो।

सम्मेलनका संयोजक रामेश्वर अधिकारीका अनुसार नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, चीन, इटाली, चेक रिपब्लिक, स्विडेन, जापान, कोरिया, जर्मनी, दक्षिण अफ्रिका लगायतका देशबाट आएका एक सय ८० जना वैज्ञानिक पोखरामा छलफलमा सहभागी भएका हुन्।

‘सोमबारदेखि सुरु भएको चारदिने सम्मेलनमा पदार्थ विज्ञानमा भइरहेका पछिल्ला अध्ययन–अनुसन्धान विषयमा गम्भीर छलफल प्रारम्भ भएको छ,’उनले भने, ‘सम्बन्धित विज्ञले पदार्थ विज्ञानका सम्बन्धमा प्रयोगशालाबाट भइरहेका अनुसन्धानबारे जानकारी गराउनुहुनेछ, त्यसका अतिरिक्त परम्परागत जडीबुटी विज्ञान लगायतका विषयमा पनि छलफल गरिनेछ।’

सम्मेलनमा न्यानोटेक्नोलोजी र बायोटेक्नोलोजीमा भइरहेका अनुसन्धानबारे कार्यपत्र प्रस्तुत भई त्यसमा छलफल गरिने उनले जानकारी दिए।

नेपालमा पदार्थ विज्ञान विषयमा थप अध्ययन–अनुसन्धान आवश्यक रहेको बताउँदै अधिकारीले अति सूक्ष्म पदार्थ प्रविधिका सम्बन्धमा पोखरा सम्मेलन लगत्तै अक्टोबर २२ मा चितवन र अक्टोबर २४ मा विराटनगरमा सम्बन्धित विषयका शिक्षकको सहभागितामा कार्यशाला गर्न लागिएको बताए।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution