हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

अल्फा कोरियन ल्याङग्वेज स्कुल नयाँ ब्राण्ड हो : प्रबन्धनिर्देशक तस्विर लामा

 tasbir1Alpha Korean Language School
प्रत्येक वर्ष कोरियन भाषाको परिक्षा (इपिएस) पास भएर कयौं नेपाली युवा कोरिया प्रवेश गर्न चाहान्छन् । त्यस्तै,जापानिज भाषाको न्याट फाइभ पास गरेर जापान जाने सपना धेरैले देख्छन् ।

यही सपना पुरा गर्नका लागि विभिन्न कन्सलटेन्सि भाषा अध्ययनका लागि उपत्यकाको चोक चोकमा संचालन भईरहेको छ । सबै कन्सलटेन्सिको भनाइ र गराई भने फरक फरक भेटिन्छ । तर, भक्तपुरको सुर्यविनायकस्थित अल्फा कोरियन ल्याङग्वेज स्कुलले भने आम युवाको रोजाइरमा रहेको कोरिया र जापनकालागि विशेष प्याकेज नै तयार पारेका छ । उक्त स्कुलको प्रभावकारि शिक्षण र नयाँ योजनाका विषयमा स्कुलका प्रबन्धनिर्देशक तस्विर लामासँग गरीएको कुराकानी ;

कोरियन ल्याङग्वेज स्कुल कसरी चलिरहेको छ ?

अहिले भनेको सबै इन्सिच्युट कोरियन भाषा अध्यापन गराउन विद्यार्थी तान्ने अभियानमै हुन्छ । सिजन सुरु भएको छ । हामी पनि नयाँ नयाँ स्किम ल्याउँदै छौं । विद्यार्थीको चाप पनि विस्तारै बढेको छ । विद्यार्थीसँख्या बढेसँगै कक्षाहरुलाई व्यवस्थित र प्रभावकारि बनाउँदै छौं ।

कहिलेबाट सुरुवात गर्नु भएको हो ?

यो क्षेत्रमा लामो अनुभव बटुलेको छु । कोरियन ल्याङग्वेज इन्सिच्युटभन्दा अघि पार्टनसिपमा अर्कै इन्सिच्युटमा आबद्ध थिए । अहिले केहि वर्ष अघिबाट आफैले यो इन्सिच्युट संञ्चालन गर्दैआएको छु । सबै काम अनुभवले गर्ने हो । यही अनुभवले आफै म्यानेजमेन्ट गर्दै जाने हो ।

alphaकोरियन भाषाको स्कुल नै किन रोज्नु भयो ?

केहि समय अघि जापानको लहर थियो । अहिले कोरियाको छ । किनभने कोरियन भाषाको इपिएस पास भयो भने करिव १ लाखमा कोरिया पुग्न सकिन्छ । सामान्यतया मासिक आम्दानी २ लाख गर्न सकिन्छ । धेरै युवा यस क्षेत्रमा आकर्षित देखिन्छ । यसैले कोरियन भाषाको स्कुल संचालनमा ल्याएको हुँ ।

तपाईको इन्सिच्युटमा शिक्षक को हुनुहुन्छ ?

कोरियाबाट कोरियन भाषाको लेबल टेस्ट फो पास गरेका अनुभवि शिक्षक महेन्द्र गौतम जी हुनुहुन्छ । उहाँ कोरियन भाषा शिक्षणका लागि एक सक्षम शिक्षक हो ।

अन्य इन्सिच्युट भन्दा के फरक पाइन्छ ?

विल्कुलै हामी फरक छौं । के अर्थमा फरक छौ भन्दा बोली र व्यबहार पनि उही गछौं । जे बोल्छौं विद्यार्थीलाई त्यही गर्छौ । पहिलो कुरा कुनै पनि प्रलोभनमा पार्दैनौ । दोस्रो विषय भनेको कोर्सलाई प्रभावकारि ढंगबाट अध्यापन गराउँछौं । साप्ताहिक रुपमा दुइ पटक परिक्षा लिन्छौं । तेस्रो श्रव्य दृश्य दुवै कोणबाट शिक्षण गराउँछौं ।

यो वा त्यो बहानमा फि लिएर विद्यार्थी भुलाउँने काम गर्दैनौं । विद्यार्थीलाई दिएको समय कहिलै फरक पार्दैनौं । हामी छुटै ब्रान्ड हौं ।

tasbir-2

गत वर्ष कति विद्यार्थीले इपिएस पास गरेर कोरिया पुगे ?

गत वर्ष राम्रै भयो । १७ जना विद्यार्थी पास भएको थियो ।

जापान पठाउँन चै कतिको सजिलो छ ?

मेहनत र इमान्दारिता गर्ने विद्यार्थी सजिलै जापान पुगेका छन् र काम पनि पाए । हामीले पठाएका विद्यार्थीहरु सबै सक्षम भएकाछन् । जापन पुगेका विद्यार्थीकै कारणले पनि हामीलाई सजिलो भएकोछ । विद्यार्थीमा अध्ययनशिल र समयले साथ दिएमा जापान पुग्न सजिलो छ ।

कन्सलटेन्सिको काम कतिको जोखिम छ ?

विवेक पु¥याएर काम गर्नेलाई खासै गारो छैन । तर कतिपय ठाउँमा जोखिम भने अवश्य छ । विद्यार्थीहरु पढ्न आउँने धेरै हुन्छन् । अन्तमा भिषा पाएन भने यो जोखिम नै हो । शिक्षकको मेहनत पनि खेर जानु भनेको चुनौति नै हो । तर, चुनौति छ भनेर यो क्षेत्रमा लागेपछि जस्तोसुकै जोखिम मोल्न तयार हुनुपर्छ । तव मात्र सम्भव छ ।

जापानिज र कोरियन भाषा पास हुन के गर्ने ?

सर्वप्रथम म जसरी पनि पास हुनुपर्छ र कोरिया जानैपर्छ भन्ने भित्रि साँचो मनले भन्नु पर्यो । अनि भर्ना हुने । रहर भन्दा पनि डेडिकेट भएर अध्ययन गर्ने । शिक्षक र जान्ने साथिहरुसँग सहकार्य गर्ने । इन्टरनेटबाट श्रब्य दृश्य हेर्ने । विषयसँग नजिक रहने ।
भाग्य छ भन्दैमा सबै चिज हुदैन । यस्लाई थाप्न पनि जान्नुपर्छ । तब मात्र सफल भइन्छ । मेहनत बिनाको फल , आकाशको फल जस्तै हो । यसैले आत्माविश्वासका साथ सफल हुने सपना देख्ने हो । यही हो गुरु मन्त्र ।

यो क्षेत्रमा आउँनुभन्दा अघि कुन पेशामा हुनुहुन्थ्यो ?

म इन्टरनेटको पारखि पनि थिए । यसैले पनि होला अनलाईन बिजनेसमा काम गरे । जहाँ भाइबर, स्काइपको नेट एकाउन्ट सम्बन्धि काम गथ्र्ये । यसपछि साइबर क्षेत्रमा काम गरे ।

अन्तमा के भन्नु हुन्छ ?

विशेषगरी भक्तपुर क्षेत्रमा कोरियन र जापानि भाषा पढ्न चाहानेलाई हामी विशेष अफर र अवसर दिन चाहान्छौं । थोरै लगानिमा आधुनिक प्रविधिद्धारा स्तरिय भाषा शिक्षण गराउछौं । बुझेर मात्र इन्सिच्युट छनौट गर्नका लागि अपिल गछौं ।
हामी छिटै बनेपा र चाबहिलमा पनि कोरियन ल्याङग्वेज स्कुलको शाखा विस्तार गर्दैछौं ।

तपाईका अनलाईनका लागि पनि धन्यवाद ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution