साम्तेन्लिङ्ग गुम्बा निर्माणका लागि आर्थिक सहयोग

सुदिन दोङ
कार्तिक २, निजगढ : निजगढ नगरपालिका १० लालस्थित निर्माणाधीन पल्युल साम्तेन्लिङ्ग गुम्बालाई विभिन्न समाजसेविहरुले आर्थिक सहयोग गरेका छन् । मंगलबार एक कार्यक्रमकाबीच आर्थिक सहयोग गरिएको हो ।
राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव युवराज लामा र तामाङ चलचित्रको खलनायक बिकु थोकरको आतिथ्यमा आर्थिक सहयोग हस्ताणतरण गरिएको हो ।
कार्यक्रममा तामाङ समाज कतार द्वारा आयोजित डम्फू साँझ १०१६ बाट प्राप्त रकम रु ५१,००० ( एकाउन्न हजार रुपैयाँ) हस्ताणतरण गरेका थिए । यस्तै,समाजसेवीद्वय किताब सिंह तामाङले रु १,००,००० (एक लाख) र विकास लामाले रु ३५,००० हजारौं रुपैयाँ गुम्बाका प्रमुख लामा लाक्पा दोर्जे तामाङलाई प्रदान गरिएको थियो ।