खेम मोक्तानको नयाँ म्युजिक भिडियो सार्वजनिक

कार्तिक २, काठमाडौं : युवा कलाकार खेम मोक्तानको निर्देशनमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । जिवन बम्जनको शब्द ‘हाँगै लुछि’ मा गायक टिका बम्जनले स्वर दिएका छन् ।
उक्त म्युजिक भिडियोमा सोनि थिङ र टेकराज वादीको रामोञ्चक अभिनय हेर्न सकिन्छ । युवा पुस्तालाई लक्षित गरी उक्त म्युजिक भिडियो निर्माण गरिएको निर्देशक मोक्तानले बताए ।
गोदावरीमा उक्त म्युजिक भिडियोको छायाकन भएको हो । पहिलो पटक निर्देशन गरेको म्युजिक भिडियो विल्कुलै नयाँ भएको उनले दावी गरे । यसअघि मोक्तानले भेटु भेटु म्युजिक भिडियो बजारमा ल्याएका थिए । उनले विभिन्न सेलो गीतहरुमा कोरियोग्राफि गर्दै आएका छन् ।