हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

रोनाल्डोले शरीरमा टाटु नखोप्नुको रहस्य कस्तो ??

cristianoronaldo

कार्तिक २, काठमाडौं : विश्व फुटबलका ‘हट केक’ क्रिस्टियानो रोनाल्डोको खेलको विषयमा जानकारी नराख्ने कमै होलान्। तर, उनको निजी जीवन अचम्मको छ। उनले आफ्नो शरीरमा अहिलेसम्म एउटा पनि टाटु खोपेका छैनन्। जबकी उनका प्रतिद्वन्द्वी अर्जेन्टिनाका लिओनल मेसीको शरीरभरि टाटु छ। पछिल्लो समय अन्तर्राष्ट्रिय फुटबलमा टाटुलाई ‘फेसन’ को रुपमा अथ्र्याइन्छ।
रोनाल्डो अन्तर्राष्ट्रिय बजारका लागि ‘फेसन आइकन’ हुन्। यति हुँदा हुँदै पनि उनको शरीरमा टाटु नदेख्दा अचम्म नमान्नु अनौठो कुरा पक्कै होइन। आखिर किन रोनाल्डोले शरीरमा टाटु खोप्दैनन्? उनलाई महत्वकांक्षी भनेर होच्याउनेका लागि उनले मिठो जवाफ दिएका छन्। रियल म्याड्रिडका यी स्टार स्ट्राइकर वर्षमा दुई पटक रक्तदान गर्छन्। उनी बच्चाहरूलाई लाग्ने जटिल रोगको विषयमा सधैं सचेत रहन्छन्। उनले डाइरेटा न्युजलाई अन्तर्वार्ता दिनेक्रममा भनेका छन्–‘म टाटु खोप्दिन किनभने मलाई रक्तदान गरिरहनु पर्छ।’

timthumb
रोनाल्डो आफ्नो ढाडको हड्डी (बोनम्यारो) दान गर्ने खेलाडी पनि हुन्। उनी आफ्नो साथीको एउटा छोरा यो समस्याबाट ग्रस्त देखेपछि बोनम्यारो दान गर्ने निर्णयमा पुगेका थिए। ‘यो त्यतिबेलाको कुरा हो, जतिबेला कार्लोस(मार्टिन्स) र म राष्ट्रिय टोलीमा संगै थियौं। उनले त्यतिबेला आफ्नो छोरामा बोनम्यारोको समस्या भएको बताए। यतिबेला मलगायत टोलीका अन्य सदस्यलाई थाहा थियो, स्थिति निकै गम्भीर छ। तरपनि हामीले उनको छोराको ज्यान बचाउन संयुक्त अभियान थाल्यौं,’ रोनाल्डोले रेडियो स्टेशन काडेना कोपेलाई बताएका थिए।
बोनम्यारो दान गर्न अप्ठ्यारो पर्ने तर्कसँग उनी सहमत छैनन्। उनी यसलाई शरीरबाट रगत निकाल्ने प्रकृया मान्छन्। ‘केही समयअघि मैले बोनम्यारो दान गरिसकेको छु। र, आवश्यक पर्यो भने खुसी साथ पुनः गर्न तयार छु। थुप्रै बालकहरूमा यस्तो जटिल रोग पाइन्छ। हामीले उनीहरूलाई सहयोग गर्नु आवश्यक छ,’ उनी भन्छन्।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution