अस्पतालको आइसियु कक्षमा आगलागी हुँदा २३ को मृत्यु

कार्तिक २, काठमाडौं : पूर्वी भारतीय राज्य उडिसाको प्रान्तीय राजधानी भुवनेश्वरमा रहेको एक अस्पतालमा सोमबार राती आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ। घटनामा परी अन्य केही घाइते भएका उच्च प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्। प्रहरीका अनुसार स्थानीय समयानुसार साँझ करिब ८ बजे सो आगलागी भएको थियो।
‘इन्स्टिच्युड अफ मेडिकल साइन्स एण्ड सुम हस्पीटल’को सघन उपचार कक्ष (आइसियु) आगलागी भएको हो।
आगलागी भएको करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो। विद्युत सर्ट भई आगलागी भएको स्थानीय टेलिभिजनहरुले जनाएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अगालागीमा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरका छन्। ‘उडिसामा भएको घटनाबाट म मर्माहित भएको छु,’ मोदीले ट्विटरमार्फत लेखेका छन्।