पुर्वाञ्चल तामाङ आइडल प्रतियोगिता

सन्तवीर लामा
धनकुटा: कोशि भिजन फिल्म प्रालि इटहरी सुनसरीले पहिलो पटक पुर्वाञ्चलमा रहेका तामाङ प्रतिभाहरुलाई टेलिभिजनको पर्दामा ल्याउने गरी नृत्य तथा गायन तर्फ “पुर्वाञ्चल तामाङ आइडल–०७३” प्रतियोगिता आयोजना गर्ने भएको छ ।
“कोको म्हेन्दो टेलिभिजन कार्यक्रममा सहभागी वानौं, कला, भाषा र संस्कृतिको संरक्षण गरौं” भन्ने मुल नाराको साथ शुक्रवार सुनसरीको इटहरीमा जानकारी गराउने आयोजना गरिएको “पुर्वाञ्चल तामाङ आइडल” को लागी भएको प्रतियोगितामा गायन र नृत्य तर्फका ४ जना तामाङ प्रतिभाले प्रतिष्पर्धामा भाग लिएका छन् । प्रतियोगितामा नृत्य तर्फ भाग लिनेहरुमा धरान–१६ का पवन मोक्तान तामाङ र गायन तर्फ इटहरीकी सगुन तामाङ रहेकी छन् ।
त्यसैगरी अप्रतियोगी नृत्य तर्फ साङ्गमो मोक्तान तामाङ इटहरी र राष्ट्रिय कलाकारद्धय अञ्जु गौतम र गंगा गौतमले पनि सांगितिक कोसेली प्रश्तुत् गरेका थिए । पुर्वाञ्चल तामाङ आईडल प्रतियोगिताको समुद्धघाटन कार्यक्रमका प्रमुख अतिथि अन्तराष्ट्रिय तामाङ परिषदका अध्यक्ष महेन्द्रजङ्ग योञ्जन तामाङले विविध भाषा, संस्कृतिको धनी देश नेपालमा कुनै पनि जातिको भाषा, संस्कार, संस्कृति मर्न नहुने राज्यले संरक्षण गर्नु पर्नेमा जोड दिएका छन् ।
प्रमुख अतिथि तामाङले पहिलो पटक इतिहासको कालखण्डसंगै लिम्वुवान र खम्वुवानमा सदियौं देखी वसोवास गरिहेका तामाङ समुदायका प्रतिभालाई उजागर गर्न आयोजना गर्न लागीएको कोको म्हेन्दो टेलिभिजन कार्यक्रमको सफलताको शुभकामना समेत दिए । उनले कोको म्हेन्दो टेलिभिजन कार्यक्रम दिर्घकालिन रुपमा संचालन गर्नको लागी नेपाल सरकार समक्ष कोको म्हेन्दो टेलिभिजन कार्यक्रम परियोजना प्रस्ताव हाल्नु पर्नेमा जोड दिए ।
उनले गायन र नृत्य तर्फको तामाङ प्रतिभा छानेर “पुर्वाञ्चल तामाङ आईडल” प्रतियोगिता कोको म्हेनदो टेलिभिजन कार्यक्रम मार्फत कोशि भिजन फिल्म प्रा।लि।ले आयोजना गर्न लागेको भन्दै खुशि समेत व्यक्त गर्दै सहयोगको लागी आम समुदायमा अनुरोध समेत गरेका छन् । सो अवसरमा नेपाल तामाङ घेदुङ प्रदेश नं।१ का अध्यक्ष मित्रसेन योञ्जन तामाङ, माओवादी केन्द्रका सुनसरी जिल्ला प्रतिनिधि राजकुमार मोक्तान तामाङ र आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष संजय सन्तोषी राई लगायतले कोको म्हेन्दो टेलिभिजन कार्यक्रमको सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उनीहरुले कोको म्हेन्दो टेलिभिजन कार्यक्रमलाई आदिवासी टेलिभिजनको रुपमा स्थापित गर्न पनि सुझाव दिएका छन् ।
कोशि भिजन फिल्म प्रा।लि।का निर्देशक लाखमान योञ्जन तामाङले नेपालको राष्ट्रिय जनगणना ०६८ अनुसार नेपालमा तामाङको कुल जनसंख्या १६ लाख, ३९ हजार, ८ सय तिस रहेकोमा लिम्वुवान र खम्वुवानमा अर्थात प्रदेश नं।१ मा ३ लाख, ७० हजार तामाङ रहेको दावी गरेका छन् । उनले ३ लाख, ७० हजार तामाङको लागी पहिलो पटक आफ्नै भाषामा संचालन गर्ने गरी कोशि भिजन फिल्म प्रा।लि।ले कोको म्हेन्दो टेलिभिजन कार्यक्रम संचालन गर्न लागेको वताएका छन् ।
तामाङले निकट भविश्यमा नै “पुर्वाञ्चल मिस तामाङ” प्रतियोगिता समेत अयोजना गर्ने जानकारी सो अवसरमा गराएका छन् । उनले दशै अवधी भर पुर्वको विभिन्न जिल्लामा रहेको गुम्वाहरु गठित ह्हानिपा घेदुङहरुले सर्वप्राणीको मुक्तिको खात्तिर आयोजना गरेको मोलमपाठ ९युङ्गनेव्रत० वौद्ध धर्म दर्शन भजनकृतनको भिजुएल रेकर्ड गरिसकिएको र निकट भविश्यमा नै संचालन हुने कोको म्हेन्दो टेलिभिजन कार्यक्रममा प्रश्तुत् गरिने पनि जानकारी गराएका छन् ।
उनले आगामी मंसिर–४ गते पुनः तामाङ आईडलको लागी दोश्रो प्रतियोगिता हुने र हरेक महिनाको सनिवारै पच्छिे गायन तथा नृत्य तर्फ प्रतियोगिता आयोजना गरिने पनि जानकारी दिएका छन् । उनले प्रतियोगितामा प्रथम हुने जुनसुकै प्रतिभालाई ५० हजार पुरस्कार प्रदान गरिने पनि वताएका छन् ।
प्रतियोगितामा गायन र नृत्य तर्फ कृष्ण मोक्तान तामाङ, मोहन तामाङ र भाषा तर्फ मंगलसिंह मोक्तान तामाङले निर्णायकको भुमिका निर्वाह गरिहेको छन् ।