थाइल्याण्डमा हुने प्रतियोगितामा भाग लिन जाने तेक्वान्दो खेलाडीलाई डा. बाबुराम भट्टराई द्वारा विधाई

कार्तिक १ ,काठमाडौं | थाइल्याण्डको राजधानी बैंककमा हुना गईरहेको तेक्वान्दो प्रतियोगितामा भाग लिन जान लागेका ११ जना अन्तर्राष्ट्रिय नेपाली तेक्वान्दो खेलाडीलाई नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पुर्बप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दशरथ रंगशालामा एक कार्यक्रम माझ बिधाई तथा सफलताको लागि शुभकामना व्यक्त गर्नु भएको छ |
बिधाई कार्यक्रमा पुर्ब माननिय तथा नयाँ शक्ति नेपाल प्रवास प्रादेशिक समितिका संयोजक नवराज सुबेदी , प्रवास प्रादेशिक समितिका सदस्य इन्द्र भटराइ ,खेलकुद विभाग प्रमुख लगाएतको उपस्थिति रहेको थियो |
प्रतियोगितामा भाग लिन जान लागेका खेलाडीहरुलाई अन्तराष्ट्रिय नेपाली समाज कतार (नयाँ शक्ति पार्टी) द्वारा ट्रयाकसुट बितरण गरिएको थियो | खेलाडीहरु देशका गहना हुन भन्दै खेलाडीहरुको संरक्षकत्वमा राज्यले विशेषध्यान दिनुपर्ने भन्दै खेलाडीहरुको मनोबल बढाउनका लागि ट्रयाकसुट वितरण गरिएको अन्तराष्ट्रिय नेपाली समाज कतार (नयाँ शक्ति पार्टी)का संयोजक बि बि खरालले बताउनु भएको छ ।
ट्रयाकसुट वितरण अन्तराष्ट्रिय नेपाली समाज कतार (नयाँ शक्ति पार्टी)का अभियान्त अर्जुन उर्फ जेकिचेनले गर्नु भएको हो ।वहाँ स्वयम् तेक्वान्दो खेलाडी हुन् । खेल खेल्न जाने सम्पुर्ण खेलाडीहरु चितवनका रहेका छन् । प्रशिक्षकमा अन्तर्राष्ट्रिय तेक्वान्दो गुरु रोशन खान रहेका छन् |