भारतीय सेनामाथि आक्रमण गर्न पाकिस्तानले रच्दैछ खतरनाक प्लान–भारत

भारतीय सेनाद्धारा पीओकेमा गरिएको सर्जिकल स्ट्राइक पछि पाकिस्तानी सेना र आइएसआइले सर्जिकल स्ट्राइकको बदला लिन प्रयास सुरु गरिरहेको आरोप भारतले लगाएको छ । पाकिस्तानी जासुस एजेन्सी आइएसआइले काश्मिरमा ठुलो षडयन्त्र रचेको भारतीय मिडियाले जनाएको छ ।
भारतीय मिडियाका अनुसार आइएसआई निष्किृय हुन लागेका आतंकवादी संगठनहरुलाई पुन खडा गर्ने प्रक्रियामा उनीहरु लागेका छन् । यसको जिम्मा अल उमर मुजाहिदीनका लिडर मुश्ताक जरगरलाई दिइएको बताइएको छ । त्यस्तै आइएसआईले पुराना आतंकवादी संगठनलाई लुक्न र हतियार समेत लुकाउन आदेश दिएको भारतीय जासुस एजेन्सीले बताएका छन् ।
पाकिस्तानले हाल अग्रिम चौकीहरुमा स्पेशल स्ट्राइकर जवान तथा सार्पसुटर तैनाथ गरेको समेत आरोप लगाएका छन् ।
हाल पाकिस्तान सेनाहरुलाई डेढ किलोमिटर सम्म मार हान्न सक्ने स्नाइपर, राइफल र अत्याधुनिक कम वजन भएका तर, धेरै हानी गर्न सक्ने हतियार दिइएको बताइएको छ ।
पाकिस्तानी सेनालाई मौका मिल्ने बित्तिकै भारतीय सेनामाथि आक्रमण गर्न समेत पछि नपर्न आदेश दिइएको भारतीय मिडियाले जनाएका छन् ।