संघर्ष पहिचानको

– राजेश मिश्र
आफ्नै भूमिमा पहिचानका लागि संघर्ष गर्नु आजको २१ औं शताब्दीमा मधेसीका लागि दूर्भाग्यपूर्ण अवस्था हो ।आत्मसम्मान र आत्मपहिचान नपाएर सदिऔंदेखि गुम्सिएको मधेस त्यसका लागि पछिल्लो एक दशकमा तीनपटक आन्दोलित भएको छ । सयौंले ज्यान गुमाएका छन् । कैयौं अंगभंग भएका छन् । आन्दोलनहरुले मधेस र मधेसीको पहिचानलाई बलियो गरी स्थापित गराउन खोजेको छ । आन्दोलनकै परिणाम सरकारी नीति,नियम र कानुनमा मधेसीको पहिचानले ठाउँ पाएको छ । तर मानिसहरुको नियत र व्यवहारमा भने अझै पाउनसकेको छैन ।
एकथरीले मधेसीहरु भारतीय हुन, केही दशक अगाडि आएर बसेका हुन् जस्ता मधेसीलाई होच्याएर र अपामानित गरेर लेख्न, अभिव्यक्ति दिने अध्ययन बिनाको संक्रिर्ण सोंचबाट बाहिर आउन चाहेका छैनन् । प्रत्यक्ष/अप्रत्यक्ष रुपमा आफ्नो कार्यालय, स्कुल वा बजारमा आम मधेसीले आफ्नो पहिचानका सवालमा प्रष्टिकरण दिनुपर्ने अवस्था छ । सम्मानजनक सहअस्तित्वका लागि हरेक मोडमा संघर्ष गर्नु परिररहेको छ ।
आफ्नो पहिचानको विषयमा आम मधेसीले कुनै न कुनै रूपमा अपमानको विष पिउनुपरेको छ । राजनीतिक र सामाजिक परिवर्तनसँगसँगै मधेसीप्रतिको काठमाडौंको बुझाइमा परिवर्तन नभएको होइन । यद्यपित्यो अझै पर्याप्त हुनसकेको छैन । व्यक्तिगत रूपमा मैले स्वयं कतिपय बेला त्यस्ता व्यक्तिहरुको अपमानजनक बोलीलाई झेल्नुपरेको छ,जसलाई मधेसी समुदायको नेपालसँगको सम्बन्ध कति शताब्दी पुरानो हो भन्ने कुराको हेक्का छैन, जुन यो आलेखमा प्रस्तुत गरिएको छ ।
मेरो जन्मस्थलसर्लाही जिल्लाको सीमावर्ती बलरा-१ लक्ष्मीपुर गाउँ हो । २०३६ सालअघि बलरा रौतहट जिल्लामा थियो । सर्लाही सदरमुकाम मलंगवादेखि २७ किलोमिटर पश्चिम-दक्षिण र रौतहटको गौर सदरमुकामबाट करिब ७ किलोमिटर पूर्ववागमती नदीपारिरहेको लक्ष्मीपुर भारतीय सीमामा जोडिएको गाउँ हो । गाउँको पूर्व र दक्षिणमा भारतीय सीमा छ । लक्ष्मीपुरबाट ३ किलोमिटरको दूरीमा रहेको वागमती नदीले सर्लाही र रौतहट छुट्याएको छ । जिल्लामा दूरदराज र वागमतीको बाढीले सताउने गाउँ हो, लक्ष्मीपुर । ५० को दशकसम्म भारतीय रुपैयाँका साथैस्वास्थ्य, शिक्षा, बजार र यातायातका लागि सीमापारि निर्भर त्यहाँका बासिन्दामा अझै पनि पूर्णरूपमा त्यसबाट मुक्त हुन पाएका छैनन् । बजार, स्वास्थ्य र यातायातका लागि सीमापारिको निर्भरता अझै कम भएको छैन ।
सीमावर्ती दूरदराजको गाउँ भएरपनि त्यसको सम्बन्ध काठमाडौंसँग कसिलो र पुरानो छ । मैथिल बाहुनहरुको गाउँ भनेर चिनिने लक्ष्मीपुरका अधिकांश घरमा सरकारी कर्मचारी छन् । गैरसरकारी सेवामा वा पेसा व्यवसायमा लागेकाहरुको पनिसीमा क्षेत्रमा भएरपनि ‘रोजीरोटी’कोसम्बन्ध दक्षिणभन्दा उत्तरसँग छ । सिंगो बलरा गाविसकै कुरा गर्दा नेपालको राजनीति, सरकारी सेवा र समाजका प्रतिष्ठित पेसा व्यवसायमा संलग्नहरुको संख्या अझै ठूलो हुन जान्छ । जिल्लामा बलराको पहिचान शिक्षित र माथिल्लो निकायमा पुगेका प्रभावशाली व्यक्तिहरुको गाउँका रूपमा पनि परिचित छ ।
नेपालको त्यही बलरामा २ सय १० वर्ष पहिलेदेखि हाम्रो पुर्खाको बसोबास रहेको प्रमाणित इतिहास छ । त्यो वि.स १८७२ साल (सन् १८१६) मा भएको सुगौली सन्धि अगाडिको हो । उपलब्ध प्रमाणले त्यहाँको हाम्रो बसोबास त्योभन्दा अझ पुरानो हो भन्ने देखाउँछ । मभन्दा माथि सातौं पुस्ताकापण्डित ज्योतिष दामोदर मिश्रलाई राजा रणबहादुर शाहको पालामा ७५ बिगाहाको विर्ता दिइएको थियो ।सुरक्षित रहेको त्यसको ताम्रपत्र र त्यसमा उल्लेखित तथ्यले पण्डित मिश्रको घर रहेको वरिपरिको जग्गाकुश विर्तास्वरुप दिइएकोबाट मिश्रको बसोबास विर्ता पाउनुभन्दा अघि नै त्यहाँ रहेको प्रमाणित हुन्छ ।
१८६२ सालमा गरिएको संकल्पअनुसार त्यसको २० वर्षपछि १८८२ सालमा रणबहादुरका नाति राजेन्द्रविक्रम शाह राजा भएका समयमा कुशविर्ता दिइएको ताम्रपत्र प्रदान गरिएको छ । अहिले पुरातत्त्व विभागले प्रमाणित गरेको उक्त ताम्रपत्रको सारांशमा उल्लेखित भाषा यस्तो छ :
‘वि.सं. १८८२ वैशाख वदि १ मा भएका कुशविर्ता विषयको ताम्रपत्रः चतुग्रह शान्तिको कामना गरी राजा राजेन्द्रविक्रम शाहबाट चार किल्लासहितको मधेस रौतहटका ७५ बिगाहा जमिन ज्योतिष मिश्रलाई कुश-विर्तास्वरुप दान दिएको लालमोहर ताम्रपत्र । आफ्नो खातिरमा सँग सन्तान-दरसन्तानसम्म भोग गर्न भनी संकल्प गरिदिएको व्यहोरा यसमा छ ।’
ताम्रपत्रमा उक्त जग्गा दिने संकल्प१८६२ सालमै भएको उल्लेख छ । पुरात्त्व विभागका प्रमुख पुरात्त्व अधिकृत साथै लिपि विशेषज्ञ श्यामसुन्दर राजवंशी विर्ता दिएको संकल्पको २० वर्षपछि ताम्रपत्र गरिएको अथ्र्याउँछन् । करिब दुई सय वर्षअघिको ताम्रपत्र जसले प्रमाणित गर्छ, दक्षिणी सीमावर्ती एक गाउँका हामी मधेसी कति पुरानो नेपाली हौं ।इतिहासमा उल्लेख भएअनुसार राजा रणबहादर शाहले मैथिल मिश्र विधवा ब्राह्मणी कान्तिदेवीसँग तेस्रो विवाह गरेका थिए । विवाह गर्नुपूर्वको वचनअनुसार कान्तिदेवीकै गर्भबाट जन्मिएका गिर्वाणयुद्ध विक्रम शाहपछि राजा भए । कान्तिदेवीलाई एकाएक क्षयरोग लाग्यो । आफूले औधी मनपराउने रानीको उपचारका लागि रणबहादुरले धामी, झाँक्री र वैद्य लगाए, पूजापाठमा ठूलो खर्च गर्नुका साथै ब्राह्मणहरुलाई दानदक्षिणा गरेका थिए ।
पुरात्त्व अधिकृत राजवंशी भन्छन्, त्यही समयमा पण्डित दामोदर मिश्रले पनि दानस्वरुप ७५ बिगाहाको विर्ता पाएको हुनुपर्छ । पछि १८६२ मा रणबहादुरले राज्य खर्च चलाउन विर्ता फिर्ता लिने अभियान चलाएका थिए । त्यस घटनालाई इतिहासमा बासट्ठीकरण भनिन्छ । ‘त्यही बेला १८६२ मा पण्डित मिश्रलाई दिइएको विर्ताका विषयमा संकल्प गरिएको र त्यसको २० वर्षपछि ताम्रपत्र दिइएको बुझिन्छ,’ राजवंशी भन्छन् ।
लक्ष्मीपूरका एकजना बुजुर्ग भैरव मिश्रका अनुसार बलराको वडा न.१ लक्ष्मीपुर टोल अहिले त्यही ७५ बिग्हाको क्षेत्रफलमा अवस्थित छ ।
ताम्रपत्रको सुरुको अनुच्छेदमा संकल्पको मिति सम्वत् १८६२ साल मिति चैत वदि ९ रोज ५ र अन्त्यतिर १८८२ वैशाख वदि १ मा भएको कुशविर्ता विषयको ताम्रपत्र उल्लेख छ । संकल्प र ताम्रप्रत्र दिएको दुवै अवधिमा प्रधानमन्त्री जनरल भीमसेन थापा छन् । ताम्रपत्रमाराजा राजेन्द्रविक्रम शाह र थापाको नामसमेत उल्लेख छ । ताम्रपत्रमा विर्ता दिइएको जग्गालाई प्रस्टसँग तत्कालीन अंग्रेजी सिमाना-हाल भारत) रसलपुरका उत्तरपट्टकिो जग्गा उल्लेख गरिएको छ ।
सहरी विकास मन्त्रालयको सहसचिवबाट हालै अवकाश पाएका लक्ष्मीपुरका नवलकिशोर मिश्र १ सय ९० वर्ष पुरानो ताम्रपत्रले आफूहरुको नेपाल सीमाभित्रको शताब्दीऔं पुरानो बसोबासलाई प्रमाणित गरेको भन्छन् । ताम्रपत्र आफूसँग सुरक्षित राखेका उनले त्यसमा उल्लेखित कुरालाई पुरात्त्व विभागबाट पुनर्लेखन र प्रमाणित गराएका हुन् ।विर्ता पाएका मिश्रको पहिचान सुब्बा दामोदर मिश्रका रूपमा पनि छ । उनी त्यस जमानामा कुमारीचोक तहसिल कार्यालय (त्यसबेला कर संकलन गर्ने राज्यको हिसाब-किताब राख्ने)मा सुब्बा रहेको आफूहरुले सुनिआएको सरकारी सेवामा लामो समय व्ययतित गरेर शिक्षा मन्त्रालयको सह सचिवबाट अवकास पाएका रामानन्द मिश्र सुनाउँछन् ।
सीमान्तकृत बलराको लक्ष्मीपुर र त्यहाँका मैथिल मिश्र बाहुनहरुको शताब्दीऔं पुरानो इतिहास छ भने ऐतिहासिक र पौराणिक कालखण्डमा मिथिला, विदेह, तिरहुत, कपिलवस्तु, सिम्रौनगढ, विराट क्षेत्रजस्ता स्थलहरुमा बसोबास गर्ने मधेसीहरुको पहिचानबारे प्रश्न उठाउनु कतिको न्यायोचित होला ? @ इकान्तिपुर् |