हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

अफगानिस्तान जान लगाएको प्रतिबन्ध हट्यो ,ग्रिन जोनमा काम गर्न अनुमति

afganistan-map

आश्विन ३०, २०७३- सरकारले सेक्युरिटी गार्ड र अन्य काममा अफगानिस्तान जान लगाएको प्रतिबन्ध करिब चार महिनापछि हटाएको छ । गत असार ६ मा अफगानिस्तानको काबुलमा भएको बम विस्फोटमा १३ नेपालीको मृत्यु भएपछि तत्कालिन केपी ओली सरकारको मन्त्रिपरिषद् बैठकले अफगानिस्तान जानमा प्रतिबन्ध लगाएको थियो ।

दसैंअघि बसेको मन्त्रिपरिषद्को बैठकले अफगानिस्तान जान लगाएको प्रतिबन्ध हटाएको बैदेशिक रोजगार विभागका महानिर्देशक शत्रुघ्नप्रसाद पुडासैनीले बताए । ‘धेरै व्यक्तिले प्रतिबन्ध हटाउनुपर्ने र सोचेजस्तो जोखिम नभएको बताए,’ उनले भने, ‘संयोग र परिस्थितिले त्यस्तो भएको धेरैले बताएपछि सरकारले हटाएको हो ।’ पुडासैनीका अनुसार प्रतिबन्ध हटाउनमा नेपालस्थित अमेरिकी दुतावास र क्यानेडेली दुतावासले पनि सरकारलाई आग्रह गरेका थिए ।

ग्रिन जोनमा काम गर्नका लागि मात्रै प्रतिबन्ध फुकुवा भएको पुडासैनीले बताए । उनका अनुसार ड्युटी हुने ठाउँमै आवास राख्नुपर्ने वा बाहिर राखिएको भए ड्युटीस्थलबाट उच्च सुरक्षा व्यवस्था गरेर आवासस्थल सम्म लाने ल्याउने व्यवस्था कम्पनीले गर्नुपर्ने सर्त थपिएको छ । पुडासैनीले भने, ‘श्रम स्विकृति दिंदा नै कामदार राख्ने कम्पनीले यी सुरक्षा व्यवस्थाको प्रत्याभूति गराएको हुनुपर्नेछ ।’

अफगानिस्तान कामदार पठाउन हुने नहुने विषयमा निष्कर्ष निकाल्न तत्कालिन श्रम सचिव विष्णु लम्सालको नेतृत्वमा ९ असारमा सरकारले कार्यदल नै गठन गरेको थियो । उक्त कार्यदलले बुझाएको प्रतिवेदनमा सुरक्षाको प्रत्याभूति गराउने, कार्यस्थलमै सुरक्षा बासस्थानको ग्यारेन्टी गरेर मात्रै सुरक्षा गार्डमा कामदार पठाउन सकिने सुझाएको थियो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution