तामाङ डाजाङको १५७ औं साहित्यिक श्रृंखला सम्पन्न

काठमाडौं, २९ असोज । तामाङ भाषाको १५७ औं साहित्यिक श्रृंखला सम्पन्न भएको छ । तामाङ डाजाङ साहित्यिक संस्थाले काठमाडौंको प्रदर्शनी मार्गमा आज ग्योइकाइ गेताङको १५७ औं श्रृंखला सम्पन्न गरेको हो ।
तामाङ भाषालाई साहित्य मार्फत संरक्षण र प्रर्वद्धन गर्ने उदेश्यले सन्चालन गरेको आजको ग्योइकाइ गेताङमा ङेमा थाङ्पाल, फूलकुमार बम्जन, इश्वर थोकर, अस्मिता घिसिङ, हिरामाया घिसिङ (ललितपुर), धनकुमारी घिसिङ, संगिता थिङ, लगायतका स्रष्टाहरुले तामाङ भाषामा कविता, गजल तथा मौलिक फापारे गीत प्रस्तुत् गरेका थिए ।
डाजाङले हरेक महिनाको अन्तिम शनिवार ग्योइकाइ गेताङ २०५९ साल देखि काठमाडौमा सन्चालन गर्दै आएको छ र बेला बेलामा तामाङ गाउँबस्तीहरुमा समेत साहित्य यात्रा गर्दै आएका छन् ।
आजको कार्यक्रम तामाङ डाजाङका अध्यक्ष सन्चु ब्लोनको अध्यक्षता तथा बाल साहित्यकार नेत्र तामाङको संयोजकत्वमा सम्पन्न भएको हो ।