गैरआवासीय नेपाली संघ(एनआरएन) १३ वर्षमा

आश्विन २८, २०७३- यसपालिको गैरआवासीय दिवस (एनआरएन डे) र नेपालीहरुको महान चाड विजया दशमीको टिका ११ अक्टुबरका दुवै एकै दिन पर्नु संयोग मात्र नभई गैरआवासीय नेपाली संघको अभियानले १३ वर्षमा प्राप्त गरेको सफलताको पनि नेपाली क्यालेन्डरको तिथि मितिले पूर्ण रुपमा मूल्यांकन गरेको संकेत गर्दछ।
नेपालीहरुले विजया दशमी मनाउन का विभिन्न कारणहरु बैदिक, पौराणिक, धार्मिक रुपमा उत्तम र उपयुक्त दिन बार तथा समय भएको दिन विजया दशमीको दिन आफ्नो मान्यजनहरुबाट जमरा र टिका लगाई आशिर्वाद दिने चलन भएको पौराणिक शास्त्र अनुसार हरेक नयाँ कामको साहितको पनि सुरुवातको सफलताको स्पष्टता गर्दछ। विभिन्न पौराणिक कालखण्डमा विभिन्न बैदिक पात्रहरुलाई भएको सफलता तथा शुभकार्यको प्रारम्भ विजया दशमीको दिन भएकोले गैर आवासीय संघको जन्म एकै दिन पर्नु शुभ सहितको दिन भएको मान्यता दर्शाउँछ।
गैर आवासीय नेपाली संघको स्थापना आज भन्दा १३ बर्ष पहिला ११ देखि १४ अक्टुबर २००३मा बिश्व सम्मेलन आयोजना गरी जन्म भएको थियो। नेपाल सरकार, नेपाल उद्योग बाणिज्य संघ र गैर आवासीय नेपालीहरुको साथ सहयोग र समर्थनमा सम्पन्न यो पहिलो सम्मेलनबाट संघका संस्थापक अध्यक्ष आदरणीय डा उपेन्द्र महतोको नेतृत्वमा नया अन्तराष्ट्रिय समन्वय परिषद को चयन भएको थियो। गैर आवासीय नेपाली संघको पहिलो बिश्व सम्मेलनको पहिलो दिन ११ अक्टुबर नै गैर आवासीय नेपाली दिवसको रुपमा बिश्व भरी छरिएर रहेका सम्पूर्ण गैर आवासीय नेपालीहरु “नेपालीको लागि नेपाली” र “एक पटकको नेपाली सधैको नेपाली” भन्ने नारा दिएर गैर आवासीय नेपाली संघमा संगठित भएको पबित्र दिनमा संघको जन्म दिनको स्मरणमा सधै विभिन्न कार्यक्रमहरुका साथ मनाउने प्रचलन स्थापित भएकोछ।
अब हुर्कदै रहेको गैर आवासीय नेपाली संघले बदलिदो विश्वको राजनीतिक र आर्थिक परिस्थिति र समय क्रममा अनेक बाधा अर्चन र ठूला चुनैतीहरुलाई सामना गर्दै आफ्नो मार्गलाई निर्दिष्टका साथ आफ्ना अभियानहरुका आगामी योजना तथा कार्यक्रमहरुको तय गर्दै आइरहेको छ। विश्व बजारको आर्थिक मन्दिमा पनि नेपालको बिग्रिदो आर्थिक तथा राजनीतिक अवस्थामा सँधै ‘नेपालीको लागि नेपाली’ भएर काँधमा काँध मिलाउँदै नेपाली अर्थतन्त्रको उत्थानको लागि गैरआवासीय नेपालीहरुको रेमिटेन्सबाट देशको राष्ट्रिय ढुकुटीलाई हल्लिन दिएको छैन। १० बर्षे दोंध होस वा भारतीय अघोषित नाका बन्दि होस गैर आवासीय नेपालीहरुको रेमिटेन्सले देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको छ।
करिव ४५ लाख जनसंख्या रहेको गैरआवासीय नेपालीहरुको संख्या कुनै एक युरोपियन देशको जनसंख्याको बराबर वा अधिक रहेको संघलाई सफल बनाउन नेतृत्वले धेरै चुनैतिहरुको सामना गरी विश्वको ७४ देशहरुमा अभियानहरुको बिस्तार फैलिएको बिशाल संघ निर्माण भइसकेकोछ। संघको नेतृत्वलाई बिदेशमा रहने सम्पूर्ण गैर आवासीय नेपालीहरुले कठिन परिस्थितको समयमा पनि सधै साथ सहयोग र समर्थन रह्यो। स्मरण रहोस!!! नेपाल भिषण माओवादी दोंधले ग्रषित समयमा पनि बिदेशमा रहने नेपालीहरुको हक,हित र अधिकारको पक्षमा “नेपालीको लागि नेपाली”र “एकपटक नेपाली सधैको नेपाली” को नारा लिएर जन्मेको गैर आवासीय नेपाली संघका चारै जना अग्रज आदरणीय अध्यक्षहरु नेपालको अस्थिर राजनीतिक संक्रमणकालबाट गुज्रिएको अवस्थामा पनि आफ्नो कार्यकालमा गैर आवासीय नेपालीहरु,संघ, नेपाल तथा नेपालीहरुको लागि ऐतिहासिक कार्यसफल भएको गैर आवासीय नेपाली संघको ईतिहासमा सुनौलो अक्षेरले अंकित भएकोछ। संघको स्थापना काल देखि नै रातदिन एकै गरी जोस,जागर र मेहनतले अध्यक्षहरुको प्रेरणादायिक कामको धेरै बर्णन नगरे पनि मनकारी करुणादायिक हृदय छातीमा आट भएका अति शालीन, भद्र, चिन्तनशील, विद्वान, कार्यक्षमता भएका र दक्ष कार्यशैली नेतृत्वहरु गैर आवासीय नेपालीहरुलाई एक ठिक्का बनाएर संघलाई हाक्ने व्यक्तित्वहरु हामी गैर आवासिय नेपालीहरुले पाउनु धेरै शौभाग्यशाली ठान्दछौ। तपाई अग्रजहरुको निरन्तरत आशिर्वाद र गैर आवासीय नेपालीहरुको सधै अभिभावकत्व प्रदान गरि रहने अपेक्षा गर्दछौ।
सनातन पौराणिक कालखण्डमा देवी, देवता र महापुरुषहरुले आफ्नो कार्यसफलको बिजयहासिल गरेको पबित्र दिन विजया दशमी भन्ने किम्बन्तिका साथ बिजया दशमी हर्ष उल्लाहसका साथमा पहिलो जमरा सिरमा लगाउने चलन अनुसार रातो वा सेतो टिका निधारमा मान्यजनको हातबाट लागाई आशिर्बाद लिनु नै हरेक नया कार्यको शुभसाहित भएकोले हरेक कोहिको पनि आत्म मनोबलको वृद्धि तथा प्रोहत्सान प्रदान गर्दछ। आफ्ना मान्यजनहरुबाट प्राप्त गरेको प्रेरणादायिक माया र ममताले आपसी सद्भावको विकास र आत्मबलले हौसला प्रदान गर्दछ भन्ने पौराणिक कथन रहेको बताइन्छ। नेपालमा त्यसै अनुसार नै विजया दशमीको महत्वका साथ हर्ष उल्लासले मनाईन्छ तर नेपालीमा यो चाड हर्ष उल्लाहसले कहिले देखि मनाउदै आइरहेकोछौ भन्ने लिखित तिथि मिती र समय कही उल्लेख भएको पाइदैन।
गैर आवासीय नेपालीहरुको दिवस प्रायजसो दशैँ र तिहारको बिचमा वा मलबाँस परेको बर्षमा अलि पछि पर्दै आएको थियो। करिव डेड दशक पछि आएर एउटा मिलन बिन्दुको रुपमा गैर आवासीय नेपाली दिवस र विजया दशमीको तिथि मिति र समय आएर ११ अक्टुबरलाई ठुलो सैभाग्यको विजयको दिनमा परिणत भएकोले छ। गैर आवासीय नेपालीहरुको यसै अति विशिष्ट दिनमा विश्वभर छरिएका रहेका नेपालीहरुको आपसी सद्भाव, भाइचारा र बिदेशमा रहने सम्पूर्ण नेपाली र नेपाली मुलका गैर आवासीय नेपालीहरुको स्वदेश तथा विदेशमा समान अधिकारहरुको लागी संगठनिक तबरले आवाज उठाउदै, प्राप्त भएका अधिकारहरुको संरक्षण सम्बर्धनको साथै सम्पूर्ण गैर आवासीय नेपालीहरुको अपनत्व को पहिचान हुने साझा संस्थामा संगठित भई गोलबन्द हुंदै सार्थक पहलको शुभआरम्भ भएको दिन ११ अक्टुबरलाई स्मरण दिवसको रुपमा मनाउने गरिन्छ।
विश्व भरी छरिएर रहेका गैर आवासीय नेपालीहरु अध्ययन, पेसा, व्यवसाय, रोजगारीको शिलशिलामा बिश्वको जुनसकै कुनामा रहेको नेपालीको पहिचान नै हाम्रो आफ्नो राष्ट्रिय पहिचान भएकोले विविध भाषा,भेष, धर्म,संस्कृति र कलामा पनि राष्ट्रिय एकता र अखण्डताको सुत्रधारमा एउटै मालामा आबद्ध हुन सफल भईरहेका छौं। हामी पहिलो पुस्ताले आफ्नै विकास र उन्नतिको लागि सम्पूर्ण उर्जाशील समय बिदेशमा आफु स्थापित हुन र नेपालमा आफ्नो आड भरोसामा जिविकोपार्जन गरिरहेका परिवारका सदस्यहरु र ईष्ट मित्रहरुको लागी खर्चिदै रहँदा मातृभूमिको लागि अनेक मानवीय शुभकार्यहरुलाई पनि निरन्तरता दिँदै मान्यजन तथा पीडितहरुबाट आशिर्वाद ग्रहण गरिरहेका छौं। आफूलाई भाग्यमानी ठान्दै यो अतुलीय संघर्षशिल पुस्ताले गरेको मेहनतको प्रतिफलले आगामी नयाँ पुस्तालाई निरन्तरताको लागि ठूलो प्ररेणाका साथमा धेरै सहज बनाएको छ।
गैरआवासीय नेपाली संघको सम्पूर्ण रुपरेखा, संरचना तयारी भईसकेको अबस्थामा नयाँ पुस्ताहरुको सकृयताले संघका अभियानहरुको विस्तार, नया नीति तथा योजनाहरुले नेपाल र नेपालीहरुलाई धेरै समृद्ध बनाउनेछ। समृद्ध नेपाल समृद्ध नेपाली नै गैरआवासीय नेपाली संघको मूल मन्त्र भएकोले संघले लिएको मार्ग दर्शनको प्रेरणादायिक बनेर संघलाई अझ प्रभावकारी बनाउन नयाँ पुस्ताहरुको आकर्षणले काधमा काध मिलाउदै सहिस्सेदारी बन्ने क्रमश: बढ्दैछ। नया नेतृत्वको विकास र आदरणीय अग्रजहरुको सम्मान सहित उचित व्यवस्थापन गर्दै संघका अभियानहरु क्रमिक रुपमा आगाडि बढ्दैछन। गैरआवासीय नेपाली दिवस र नेपालीहरुको महान चाड विजया दशमीको संयोगवशको मिलन बिन्दुको दिनले संघका अभियानहरु अझ धेरै सफल र प्रभावकारी हुनेछन्।
(लेखक थापा गैर आवसीय नेपाल संघका ग्लोबल सल्लाहकार हुन्)