हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

संविधान संशोधन प्रस्ताव संसदमा दर्ता नगरिए सरकारलाई दिएको समर्थन फिर्ता लिने मोर्चाको चेतावनी

rajendra

काठमाडौं–मन्त्रीमण्डल बाहिर रहेर सरकारको समर्थन गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तिहार अघि संविधान संशोधन प्रस्ताव संसदमा दर्ता नगरिए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको भनाइ सकारात्मक भएपनि व्यवहार शंकास्पद रहेको भन्दै मोर्चामा अधैर्यता बढेको छ।

प्रधानमन्त्रीको बोली अनुसारको व्यवहार नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै छठपछि नयाँ आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने प्रारम्भिक चेतावनी मोर्चाले सुनाएको छ।

दसैं अगाडि नै संविधान संशोधन प्रस्ताव दर्ता गराउने आश्वासन दिएका प्रधानमन्त्री दाहालले प्रस्ताव दर्ता नगराएपछि बिहीबार सद्भावना अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री दाहाललाई टेलिफोन गरी संविधान संशोधन प्रस्ताव कहिले दर्ता हुन्छ? भन्दै प्रश्न गरेका थिए। जवाफमा प्रधानमन्त्रीले दसैंपछि अबिलम्ब संशोधन प्रस्ताव दर्ता गराउने आश्वासन दिएको सद्भावना अध्यक्ष महतोले जानकारी दिए।

‘दसैं त सकिन लाग्यो अब संविधान संशोधन प्रस्ताव कहिले हुन्छ? भनेर प्रधानमन्त्रीजीलाई टेलिफोन गरेको थिएँ,’ महताले  भने, ‘उहाँले दसैंपछि लगत्तै संशोधन प्रस्ताव दर्ता गर्ने आश्वासन दिनु भएको छ।’

दसैंमा प्रधानमन्त्री दाहालले टीका नलगाउने र मुलुकको समस्या समाधानकालागि दलहरुसँग परामर्श गर्ने बताएका थिए। तर, प्रधानमन्त्रीले टीका नलगाएपनि मुलुकको समस्या समाधानका लागि दलहरुसँग परामर्श भने गरेनन्।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख तीन दलका शीर्ष नेतालाई दसैंको शुभकामना आदान प्रदान गर्न शीतल निवासमा बोलाएपछि तीन दलका नेताबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा सामान्य छलफल भएको थियो। त्यो बाहेक प्रधानमन्त्रीले कुनै पनि दलसँग औपचारिक रुपमा छलफल गरेका छैनन्।

‘प्रधानमन्त्रीले भारत भ्रमण अगाडि नै संविधान संशोधन विधेयक संसदमा दर्ता गर्छु भन्नु भएको थियो,’ महताले भने, ‘हामीले त प्रस्ताव ल्याउनु मात्र भनेका थियौं उहाँले भारत भ्रमण अगाडि नै हुन्छ भन्नु भयो। त्यसपछि दसैं अगाडि हुन्छ भन्नु भयो, दसैं पनि गयो। अहिले तिहार अगाडि हुन्छ भन्नु भएको छ।’






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution