हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

थाइल्याण्डका दिवंगत राजा पूमिपोन अदून्यदेतको जीवनी

thai_king

थाइल्याण्डका राजा पूमिपोन अदून्यदेत विश्वकै सबैभन्दा लामो समय शासन गर्ने राजा थिए। उनको शासनकालमा थुप्रै पटक सत्तापलट अर्थात कू भएको थाइल्याण्डमा उनलाई स्थिरताका पक्षमा काम गर्ने पात्रका रुपमा हेरिन्थ्यो।राजनीतिभन्दा माथि रहेका पिता सरहका पात्रका रुपमा हेरिएपनि राजनीतिक तनाव चुलिएको समयमा उनले कहिलेकाहीँ हस्तक्षेप गर्ने गर्दथे।

उनी सीमित शक्ति भएका संवैधानिक राजा भएपनि थाइल्याण्डका धेरै मानिस उनलाई दैवी पात्र सरह मान्दथे।पूमिपोन अदून्यदेतको जन्म सन् १९२७ को डिसेम्बर ५ मा संयुक्त राज्य अमेरिकाको म्यासाचुसेट्सको क्याम्ब्रिजमा भएको थियो।उनको जन्म हुँदा उनका पिता महिदोल अदून्यदेत हार्वर्ड विश्वविद्यालयमा अध्ययनरत थिए।
उनी दुई वर्षको हुँदा उनका पिताको मृत्यु भएपछि उनको परिवार थाइल्याण्ड फर्किएको थियो।

राजा पूमिपोनले सन् १९५० मा सिरिकिटसंग विवाह गरेका थिए।पिताको मृत्युपछि अदून्यदेतकी आमा स्वीट्जरल्याण्ड गइन्, जहाँ राजकुमार पूमिपोनले शिक्षा आर्जन गरे।युवा अवस्थामा उनी फोटोग्राफी, चित्रकला, लेखन र साक्सोफोन वादन तथा साक्सोफोनका लागि गीत रचना जस्ता परिष्कृत सोखहरु रुचाउँथे |

सन् १९३२ मा पूर्ण राजतन्त्र समाप्त भएदेखि थाइल्याण्डको राजतन्त्रको अवस्था बिग्रँदो रहेको थियो।पूमिपोनका काका, तत्कालीन राजा प्रजाधिपोक, ले सन् १९३५ मा गद्दी त्यागेपछि राजतन्त्रलाई थप धक्का लागेको थियो। त्यसपछि पूमिपोनका दाइ राजा आनन्दले गद्दी सम्हाले, जो त्यतिबेला ९ वर्षका मात्रै थिए।

सन् १९४६ मा बैंककको आफ्नो दरबारमा एउटा दुर्घटनामा परेर राजा आनन्दको मृत्यु भयो।गोली हानिएको उक्त घटनाका बारेमा अझैसम्म कुनै स्पष्टीकरण दिइएको छैन।

१८ वर्षको उमेरमा पूमिपोनले गद्दी आरोहण गरे।लगत्तै उनी आफ्नो अध्ययनका लागि स्वीट्जरल्याण्ड फर्किएका कारण उनको शासनका शुरुवाती वर्षहरुमा थाइल्याण्डमा नायवी शासन थियो।प्यारिस भ्रमणका क्रममा उनले आफ्नी भावी पत्नी सिरिकिटलाई भेटे जो फ्रान्सका लागि थाइल्याण्डका राजदूतकी छोरी थिइन्।
उनीहरुले सन् १९५० को एप्रिल २८ मा विवाह गरे र त्यसको एक हप्तापछि बैंककमा राजा पूमिपोनको राज्याभिषेक भयो।

राजा पूमिपोनको संगीतमा विशेष लगाव थियो।पूमिपोनको शासनका पहिलो सात वर्षमा थाइल्याण्डमा सैनिक अधिनायकत्व थियो र राजा नाम मात्रैका थिए।सन् १९५७ को सेप्टेम्बर महिनामा जनरल सरित धनराजताले सत्ता हत्याए।राजाले सरितलाई राजधानीका ‘सैनिक रक्षक’ भन्दै एउटा घोषणा गरे।सरितको तानाशाहीमा पूमिपोनले राजतन्त्रलाई पुनर्जागृत गर्न थाले।उनी विभिन्न प्रान्तहरुको भ्रमणमा गए र विशेष गरी कृषि लगायत अन्य विकास कार्यमा संलग्न देखिए।उता सरितले जनताले राजाका सामुन्ने हात र घुँडा टेकेर घिस्रिनुपर्ने प्रथालाई ब्यूँत्याए र लोप भइसकेका विभिन्न राजकीय समारोहहरुलाई फेरि प्रयोगमा ल्याए।

सन् १९७३ मा सैनिकहरुले प्रजातन्त्रका पक्षधर प्रदर्शनकारीहरुमाथि गोली चलाउँदा पूमिपोनले नाटकीय तरिकाले थाइ राजनीतिमा हस्तक्षेप गरे।प्रदर्शनकारीहरुलाई राजदरबारमा आश्रय लिने अनुमति दिइयोत्यो कदम तत्कालीन प्रधानमन्त्री जनरल ठानोम किटिकचोनको सत्ता ढल्नुको कारण बन्यो।तर तीन वर्षपछि भियतनाम युद्धको अन्त्य भएर सरकार वामपन्थी भावनाको विकासका बारेमा चिन्तित रहेको समयमा अर्धसैनिक भिजिलान्तेद्वारा वामपन्थी विद्यार्थीहरुको हत्या हुनबाट उनले जोगाउन सकेनन् |त्यसपछि सरकार ढाल्ने कुनै प्रयास भएनन्।

सन् १९८१ मा प्रधानमन्त्री प्रेम टिनसुलानोनविरुद्ध सैनिक अधिकारीहरुले कू गर्दा राजा त्यसका विरुद्धमा उभिए।विद्रोहीहरुले राजधानी कब्जा गर्न सफल भइसकेको अवस्थामा राजाप्रति बफादार सेनाहरुले राजधानी फिर्ता लिए।

तर सत्तामा रहेको सरकारको पक्षमा लाग्ने राजाको प्रवृत्तिका कारण थाइल्याण्डका केही मानिसले उनको निष्पक्षतामाथि प्रश्न उठाए।सन् १९९२ मा जनरल सुचिन्दा क्र्याप्रायुनले प्रधानमन्त्री बन्ने प्रयास गर्दा त्यसको विरोधमा प्रदर्शन गरिरहेका दर्जनौं मानिसलाई गोली हानिएपछि पूमिपोनले फेरि हस्तक्षेप गरे।

राजाले सुचिन्दा र प्रजातन्त्रका पक्षधर नेता चामलोङ सिमुयङलाई राजकीय शिष्टाचार अनुरुप आफूसमक्ष घुँडा टेकेर आउन आह्वान गरे।सुचिन्दाले राजीनामा दिए र त्यसपछिको चुनावमा प्रजातान्त्रिक नागरिक सरकारको पुनरावृत्ति भयो।

सन् २००६ मा प्रधानमन्त्री थाक्सिन शिनावातको नेतृत्वका बारेमा उत्पन्न भएको संकटका समयमा राजालाई थुप्रै पटक हस्तक्षेप गर्न आह्वान गरियो, तर उनी त्यस्तो कदम अनुचित हुनेमा अडिग रहे।

तर एप्रिल महिनामा थाक्सिनले जितेको चुनावलाई अदालतले रद्द गरेपछि पूमिपोनको प्रभाव फेरि महत्वपूर्ण ठानिएको थियो।थाक्सिनलाई कालान्तरमा रक्तपातविहीन ‘कू’ द्वारा सत्ताच्यूत गरियो र सेनाले राजाप्रति बफादारीको संकल्प ग-यो।त्यसपछिका वर्षहरुमा थाक्सिनका पक्षधर र विपक्षीहरुले सत्ताका लागि संघर्ष गरिरहँदा दुवै पक्षले राजाको नाम र छविको प्रयोग गर्दथे।सन् २००८ मा राजा पूमिपोनको ८० औं जन्मदिन भव्य रुपले मनाउँदा पूरै देश सहभागी बनेको थियो जसले थाइ समाजमा उनको अद्वितीय स्थान झल्काएको थियो।

जनरल प्रयुत जान-ओचाले सन् २०१४ को मे महिनामा एउटा ‘कू’ द्वारा सत्ता हत्याएका थिए र केही महिनापछि सेनाले नियुक्त गरेको संसदद्वारा प्रधानमन्त्री बनाइए।थाइल्याण्डका धेरै नागरिकले आफ्ना राजाको स्वास्थ्यको कामना गरेका थिए।उनले पछिल्ला वर्षहरुको जस्तो अस्थिरता दोहोरिनबाट रोक्नका लागि दीर्घकालीन राजनीतिक सुधारहरु लागू गर्ने वाचा गरे।तर उनको खास प्राथमिकता भनेको पूर्व प्रधानमन्त्री थाक्सिनको पार्टीलाई ध्वस्त पार्नु र राजकीय उत्तराधिकारको प्रक्रिया सजिलै हुने सुनिश्चित गर्नु रहेको आलोचकहरुको आशंका छ।थाइ राजा पूमिपोनप्रति जनताको श्रद्धा साँचो थियो, तर त्यसलाई राजदरबार र जनताबीचको सम्बन्ध बनाइराख्ने एउटा संयन्त्रले पनि सावधानीपूर्वक मलजल गरिरहेको थियो।

राजपरिवारको मानहानीलाई राजद्रोहको रुपमा लिने कठोर कानुनहरुले राजतन्त्रका आलोचकलाई दण्डित गर्थे र राजाबारे खबर प्रकाशित गर्ने विदेशी तथा स्वदेशी सञ्चारमाध्यमको क्षमतालाई सीमित गरेका थिए।राजा पूमिपोन अदून्यदेतको लामो शासनका क्रममा थाइल्याण्ड लगातार राजनीतिक उतारचढावले ग्रस्त थियो।
उनी गद्दीनसीन हुने बखतको भन्दा उनको मृत्यु भएको समयका बेला राजतन्त्र झन् बलियो भएको छ।त्यो उनको कूटनीतिक क्षमता र सामान्य नागरिकसम्म पुग्न सक्ने खुबीको कारण भएको मानिन्छ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution