हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

थाइल्याण्डका राजा पूमिपोन अदून्यदेतको ८८ वर्षका उमेरमा निधन

bhumibol_adulyadej

थाइल्याण्डका राजा पूमिपोन अदून्यदेतको ८८ वर्षका उमेरमा निधन भएको छ।थाइल्याण्डको राजदरबारले बिहीबार ‘सहजरुपमा’ राजा अदून्यदेतको निधन भएको जनाएको छ।स्थानीय समय अनुसार दिउँसो ३ बजेर ५२ मिनेटमा उनको निधन भएको बताइएको छ।

“सिरिराज अस्पतालमा मौसुफ सरकारको सहज निधन भएको छ,” राजदरबारद्वारा जारी विज्ञप्तिमा भनिएको छ।त्यहाँको संसदको विशेष बैठक डाकिएको छ।
राजाको निधनपछि थाइल्याण्डका प्रधानमन्त्रीले आगामी ३० दिनसम्म उत्सवका कुनै कार्यक्रम नगरिने बताएका छन्।एक वर्षसम्म शोकको अवधि तोकिएको छ।

उनको निधनपश्चात देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रायुत जान-‌ओचाले भने, “प्यारा थाइ जनता हामी यस घडीमा कति दुखी छौं। हाम्रो प्यारो अनि हाम्रा राजाको प्यारो यो देश चलिरहनु छ। यो अधिराज्य अघि बढिरहेको हेर्ने राजाको इच्छा थियो। हाम्रा जनता खुशी र दयाभावका साथ बाँचिरहेको हेर्ने राजाको इच्छा थियो। यो मृत्युले सो इच्छामा कुनै वाधा नपुगोस्।”

विश्वमै सबैभन्दा बढी शासन गरेका राजा अदून्यदेत गत वर्षको अधिकांश समय अस्पतालमै बिताएका थिए।सन् १९४६ मा उनी गद्दीनसीन भएका थिए।
उनले ७० वर्षसम्म शासन गरे।

देशको राजनीतिक जीवनमा राजसंस्थाको भूमिकाबारे प्रश्न उठाउनेहरु समेत गरी थाइल्याण्डका अधिकांश जनताले उनको श्रद्धा गर्थे।दूरदराजका क्षेत्रसहित देशभित्र व्यापक भ्रमण गर्ने अनि विपन्नहरुप्रति वास्तविक चिन्ता जनाउने उनको बानीले उनको लोकप्रियता बढाएको थियो।

बारम्बार राजनीतिक उथलपुथल र सैनिक कु भइरहने देशमा उनलाई विभिन्न समूहमाझ एकताका सूत्रको रुपमा समेत हेरिन्थ्यो।यसअघि आइतबार राजदरबारले उनको स्वास्थ्य अवस्था अस्थिर रहेको जनाएको थियो।कैयौं थाइ नागरिकहरुले आफ्ना बिरामी राजाको स्वास्थ्यमा सुधार होला कि भनेर लच्छिनको ठानिने गुलाबी रंगका लुगा लगाएर अस्पतालसामु जम्मा भएका थिए।

राजा पूमिपोनको उत्तराधिकारी ६४ वर्षीय युवराज महावजिरालंगकोर्न छन्।तर उनी आफ्ना पिता जत्तिकै लोकप्रिय नभएको बताइन्छ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution