नेपाल आदिवासी जनजाति महासंघ बहराइनको प्रथम एतिहासिक महाधिवेशन नोभेम्बरमा हुँदै

-सोनम दोङ, तामाअनलाइन बहराइन ,संवाददाता
अक्टोबर १४ – मानमा बहराइन | नेपाल आदिवासी जनजाति महासंघ बहराइनको प्रथम एतिहासिक महाधिवेशन आउँदो ४ नोभेम्बर २०१६ (शुक्रबार)को दिन “आदिबासी जनजातिको अभियान,पहिचान,संघीयता र पुर्ण समानुपातिक समावेशी प्रतिनिधित्वको लागि नयाँ संविधान”भन्ने मुल नाराका साथ बहराइनको राजधानी मानमा स्थित अवाल होटलको सभा हलमा दिउँसो २:०० बजे देखि विभिन्न जातिय सांस्कृतिक झाँकी सहित हुने भएको छ |
बहराइनमा कृयाशिल ५ जातिय संस्थाहरु नेपाल मगर संघ बहराइन,तमु समाज बहराइन,किराँत याक्थुङ चुम्लुङ बहराइन,तामाङ सेवा समाज बहराइन र किराँत यायोख्खा (राई) बहराइन महासंघमा आवाद्ध रहेका छन् |
बहराइन राष्ट्रमा स्थापित एबं कृयासिल विभिन्न संघ संस्थाका प्रतिनिधि,बुद्धिजीवी,ब्यबसायी,उधोग व्यापारी पत्रकार कलाकार राजनीतिक भातृसंगठन लगायत विशिष्ट ब्यक्तिहरुको उपस्थिति बिच आफ्नो महाधिवेशन गर्ने निर्णय गरिएको संस्थाका सचिव झहरमान थेवेले जानकारी दिएका छन्।
महासंघको प्रथम महाधिवेशन उद्घाटन कार्यक्रममा आ-आफ्नो जातिय पहिचान झल्किने पोशाक सहित उपस्थित भई कार्यक्रमको शोभा बढाई दिनका लागि महासंघका महासचिव प्रल्हाद लिङ्देनले अनुरोध गर्नु भएको छ।