तामाङ : आदिवासी समुदायका जाति हो – अमृत योन्जन तामाङ

-अमृत योन्जन तामाङ
असोज २६ – याम्बु | तामाङ जाति आदिवासी समुदाय हो। तामाङ जातिले आफुलाई आदिवासी समुदाय हो भनेर दावी गर्दै आएको पनि छ। नेपालले मात्र होइन भारतले पनि तामाङ जातिलाई आदिवासीको सूचीमा सूचीकृत गरेको छ। अझसम्म तामाङ जाति आदिवासी होइनन् भनेर न कुनै तामाङले भनेका छन् त त अरु कसैले भनेका छैनन्।
आदिवासीको आधार के हो त ? भन्ने जिज्ञासा उठन सक्दछ। राष्टि्य तथा अन्तर्राष्टि्य कानुनहरुले आदिवासी हुनको लागि निम्न आधारहरु तय गरेका छन्-
१. नेपालमा सङ्घीय राज्य निर्माणको लागि पहिचानका पाँच आधारहरु तय गरेका थिए। ती पहिचानका पाँच आधारहरु हुन्–
(१) जातीय वा समुदाय
(२) भाषिक
(३) सांस्कृतिक
(४) भौगोलिक वा क्षेत्रगत निरन्तरता र
(५) ऐतिहासिक निरन्तरता।
२. नेपाल सरकारको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन (२०५८) मा आदिवासी / जनजातिको परिभाषा निम्नानुसार छ–
(१) आफ्नै मातृभाषा भएको
(२) आफ्नै परम्परागत संस्कार भएको
(३) विशिष्ठ सांस्कृतिक पहिचान भएको
(४) विशिष्ठ सामाजिक संरचना भएको र
(५) लिखित वा अलिखित इतिहास भएको जाति समुह ।
३. आदिवासी जनजाति सम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको महासन्धी सङ्ख्या १६९ को धारा १ र २ मा आदिवासी को परिभाषा निम्नानुसार तय गरिएको छ–
(१) राष्ट्रिय समुदायभन्दा फरक सामाजिक, सांस्कृतिक र आर्थिक अवस्था भएको,
(२) आफ्नै परम्परा वा प्रथा वा विशेष कानुन वा नियमहरुद्वारा सञ्चालित,
(३) मुलुकको वर्तमान सीमाना कायम हुनु अगाडि आफ्नै भौगोलिक क्षेत्रमा बसोबास गरिरहेका बासिन्दा,
(४) सामाजिक, सांस्कृतिक, आर्थिक र राजनैतिक संस्थाहरु भएका र
(५) स्वपहिचान दाबी गर्ने समुह ।
आदिवासी सम्वन्धी यी आधिकारिक दस्तावेजहरु हुन्। यी दास्तावेजहरुको एक एक शब्द केलाएर हेर्नु आवश्यक छ।
अन्त्यमा भन्नु पर्दा हामी आफुलाई “आदिवासी” ठान्ने वा भन्ने हो भने आफ्नो पहिचान र पहिचान झल्काउने मौलिक परम्पराहरुको उत्खनन गर्नु पर्दछ, स्थापित गर्नु पर्छ र विकास गर्नु पर्दछ। तामाङ जातिको मैलिक र परिधीय संस्कृति चिन्नु सक्नु पर्छ। विश्वका आदिवासी साहित्यको अध्ययन गर्नु पर्छ। कुनै पनि साम्रज्यवादी धर्म वा धर्मका अनुयाायीहरुले आदिवासीहरुको विश्वास पद्धतिमा हस्तक्षेप गर्नु हुँदैन। यो राष्टि्य तथा अन्तर्राष्ट्रिय कानुनहरुले उलङ्घन भइको ठहरिने कुरो हो। आदिवासीको पहिचानमा वा परिभाषामा कतै पनि धर्मलाई राखेको पाइएको छैन। माथिको परिभाषा पुन हेरौ l धर्मको आधारमा पहिचान स्थापित हुँदैन, गरिदैन। जानी वा नजानी तामाङ जातिको गौरवशाली पहिचानलाई विथोल्ने प्रयास नगरौं।
नेपालको राष्टि्य कानुन तथा अन्तर्राष्टि्य कानुनहरु मान्ने हो भने यसबारे सचेत होऔ। तामाङ पहिचानलाई बढावा दिऔ l नमान्ने र विद्रोह गर्ने आधिकार त सबैसँग हुन्छ। यसबाट आउने परिणाम पनि आफैले व्यहोर्नु पर्ने हुन्छ। यो सबैले जानेकै कुरा हो।