हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

पहिचानको सवालमा – ओली र प्रचण्ड

%e0%a4%ae

–मोहन गोले तामाङ

पहिचान सहितको सङ्घीयतालाई अस्वीकार गरिएपछि संविधान जारी भएको एकबर्ष बित्दा समेत यो कार्यान्वयनमा आउन सकेन । जसले गर्दा मुलुकमा संक्रमणकाल लम्बियो । जारी संविधानप्रति असहमति जनाउँदै आदिवासी जनजाति, मधेशी र तमाम उत्पीडित समुदाय आन्दोलनमा रहेको कारण संविधान कार्यान्वयनमा आउन नसकेको हो ।

संविधान जारी भएपछि एकबर्षको अवधिमा सरकारको नेतृत्व गरेको दुई पात्र हुन् केपी र प्रचण्ड । हुनत शेरबहादुर देउवा पनि प्रमूख पार्टीका प्रमूख नेता हुन् तर उनलाई पहिचानको परिक्षामा न खरो विरोधी न समर्थककै रुपमा लिन सकिन्छ । उनी बीचका पात्र हुन् । देउवा नेपाली जनमासमा केही काम नभएपछि बोलिने एउटा शब्द छ, ‘ल्याङ्ल्याङ’ बस् त्यति मात्र हुन् । ठूलो पार्टी भएर पनि उनले केपी वा प्रचण्डमध्ये कुनै एकको सहारा बेगर कुनै निर्णय लिन सक्ने हैसियतमा छैनन् । त्यसैले पनि उनी दोस्रो र तेस्रो दललाई सत्ताको बागडोर सुम्पेर आफ्नो हातमा रिमोट चलाउन खोज्छन् । कहिलेकाही रिमोटको ब्याट्रीले काम नगर्दा उनी जनजाति र मधेशी दल समक्ष समर्थनको भाषा बोल्न पुग्छन् तर गणित कमजोर देखेपछि फेरि उनै दुई पात्रमध्ये कुनै एकको सहारा लिन बाध्य हुन्छन् । उनी दक्षिणको ईशारामा बाम खेमाका यी दुई पात्रलाई हत्केलामा नचाउन चाहन्छन् । त्यसैले देउवा पहिचानको परिक्षामा सामेल हुने विद्यार्थी होइनन् ।

तर यो परिक्षामा भाग लिएका दुई पात्र भने केपी र प्रचण्ड नै हुन् । एकजना रिटायर्ड भएका कारण खरो आलोचकका रुपमा उभिएका छन् भने अर्का बहाल वाला रहेको कारण उपयुक्त बेलामा निर्णय लिन नसकेपनि समर्थनको भाषा बोल्ने पात्रमा पर्छन् । एकजना मुलुकमा गणतन्त्रको आन्दोलन चल्दै गर्दा ‘बयलगाडामा चढेर अमेरिका पुगिदैन’ भनेर अभिब्यक्ति दिने पात्र हुन् भने अर्को राजतन्त्र बिरुद्ध दशबर्षसम्म सशस्त्र क्रान्ति हाँकेका नेतृत्व हुन् । त्यसैले पहिचानको परिक्षामा प्रचण्ड नरम परिक्षार्थीमा पर्छन् भने केपी कडा देखिन्छन् । यति कडा देखिएका छन् कि ओलीकै भाषाशैली प्रयोग गरेर भन्ने हो भने हतियारको धार झर्ने गरि कडा भएका छन् । तर नरम भएकै कारण प्रचण्डले प्रधानमन्त्रीको निर्बाचनमा मधेशवादी दलको समेत समर्थन प्राप्त गरे । मधेशी दलले कुन अर्थमा प्रचण्डलाई समर्थन गरे म त्यतातिर जान चाहन्न तर पहिचानको क्रान्तिलाई निष्कर्षमा पु¥याउने पात्र भनेका केपी नै हुन् ।

आन्दोलनलाई निर्णायक मोडमा पु¥याउनको लागि शासक कठोर र निर्दयी हुनु आवश्यक छ । त्यो संवेदनहिनता र निर्दयीपन केपी ओलीमा देख्न सकिन्थ्यो । उनले संसद भवनमै मेरो जुनिभरि पहिचान दिन्न भनेर कसम खाए, संविधानको कमा, फुलिस्टप पनि परिवर्तन हुँँदैन भनेर आफ्ना स्पीकरलाई बोल्न लगाए । यो नै उनमा देखिएको निर्दयीताको सूचक हो । माओले एक समयमा भनेका थिए– ‘आधा काम तिमी गर, आधा काम तिम्रो दुश्मनले गरिदिन्छ’ । मेरो बिश्लेषणमा केपी ओलीले पहिचानको पछिल्लो लडाइँमा आधा मात्र होइन, पौनेको काम गरिसकेका थिए । शासक नरम भयो भने त्यसले क्रान्तिमा बढी समय लिने हुन्छ । यदि पूर्व राजा ज्ञानेन्द्र कठोर नभएको भए मुलुकमा यति चाँडै गणतन्त्र आउने थिएन । ज्ञानेन्द्रलाई अहिलेसम्म पनि साँस्कृतिक या अन्य नामको राजाको रुपमा नारायणहिटीमा देख्न सकिन्थ्यो । उनको कठोरता र कुबुद्धिले आफै सकियो । त्यसैले नेपालको पहिचानको आन्दोलनको सन्दर्भमा प्रचण्डभन्दा केपी ओली उपयुक्त पात्र हुन् । सत्तामा बसेर दिएको उनको टुक्के अभिब्यक्ति जंगे राणाको आदेशभन्दा भिन्न थिएन । जसले यो मुद्दालाई छिटो निष्कर्ष तिर पु¥याउन सघाइरहेको थियो । उनी ९ महिना प्रधानमन्त्रीको कुर्सीमा बिराजमान हुँदा एकातिर खोक्रो राष्ट्रवादको नाममा अन्तर्राष्ट्रिय सम्बन्धलाई बिगारि सकेका थिए भने अर्कोतर्फ आन्तरिक राष्ट्रियता पनि तहस नहस बनाउँदै थियो । पहाडे–मधेशी, जनजाति–खसआर्यबीच एकप्रकारको दरार पैदा गराएको थियो ।

नाकाबन्दीको आरोप उपेन्द्र यादवलाई लगाएपनि सक्कली दोषी उनी नै थिए । लोकतन्त्रमा पहाडे नश्लवाद डरलाग्दोसँग मौलाउदै थियो । यस्तो कामलाई रुपमा हेर्दा देश बर्बादीतर्फ गएको देखिएपनि यसलाई मिहीन रुपबाट सारमा हेरियो भने त्यसले क्रान्तिलाई नै टेवा पु¥याई रहेको हुन्छ । क्रान्तिको भाषामा भन्नुपर्दा यो नै जनताको सङ्घर्षलाई उत्कर्षमा पु¥याउने दुश्मनको गतिलो काम हो । तर विश्व सङ्घर्षको प्रक्रियालाई नबुझ्ने उनका मतियारहरुले यो कार्यलाई ठूलो उपलब्धि ठान्छन् र इतिहासका त्यस्ता गद्दार पात्रहरुलाई अझ उक्साई रहेका हुन्छन् । यो नै यथार्थमा उल्टो काम भइरहेको हुन्छ । तर सत्ताको मातले अन्धो बनेकाहरुले उल्टो कामलाई सुल्टोबाट बुझ्छन् । सुल्टोलाई उल्टो देख्छन् । यही नै प्रतिगामीहरुको ठूलो कमजोरी हो र यहिबाट उनीहरु सिद्धिने क्रम सुरु हुन्छ । क्रान्तिकारीहरुले दुश्मनको यही कमजोरीमाथि खेल्दै ठीक ठाउँमा ठीक ढङ्गले प्रहार गर्दै क्रान्तिलाई उचाईमा पु¥याउनु पर्छ । यो कला प्रयोग गर्न नसक्नेहरु साँचो अर्थमा क्रान्तिकारी हुनै सक्दैन । त्यस्ता पात्रहरु कि त ब्यक्तिगत स्वार्थ लुट्न आएका हुन सक्छन् कि त दुश्मन शक्तिले नै पठाएका सुराकी हुन सक्छन् ।

खासगरि यही नेर आन्दोलनरत दलका नेताहरुको बुझाई र मेरो बुझाई बीच तालमेल मिलिरहेको छैन जस्तो लाग्छ । उनीहरु अझैपनि प्रचण्डले दिएर पहिचान पाईन्छ भन्नेमा छन् । जुन असम्भव बुझाई हो । यो कसैले दिएर पाइने मुद्दा होइन । प्रचण्ड, यतिबेला आदेशको भरमा दाङ ब्यारेक ध्वस्त बनाउने १० बर्षे जनयुद्धका सुप्रिम कमाण्डरको रुपमा छैनन् । उनीसँग युद्धको राप र ताप दुवै छैन । उनी अहिले दक्षिणलाई बुझ्न नसक्दा ५२ घुस्सा, ५३ ठक्कर खाएर संसदीय भासमा फसेका कम्युनिष्ट हुन् । उनलाई नाथे रुक्माङ्गदसँग पौठेजोरी खेल्दा डामिनु परेको नमिठो पीडा छ । अब त्यसरी डामिनु नपरोस् भनेर प्रभूजीको प्रार्थना गर्नु, भाकल गर्नु उनको दैनिकी हो । त्यसैले अहिलेको प्रचण्डको जीवन सम्झौताको जीवन हो । प्रतिगामी र यथास्थितिवादीसँग घाँटी जोडेर गरिएको सम्झौताबाट उनी दायाँ बायाँ गर्न सक्दैनन् । नत्र उनलाई निमेषभरमा सत्ताबाट घोक्रेठ्याक लगाइन्छ । प्रतिगामीसँगको सम्झौताले उनको युद्धकालीन आत्मालाई शून्य लोकतिर उडाई दिएको छ र विस्तारै त्यो जीवनमा नश्लवाद÷ब्राम्हाणवादको आत्मीय भु्रणको विकास हुँदै गरेको पढ्न सकिन्छ ।

तसर्थ, बर्तमान प्रधानमन्त्री प्रचण्डले त यो क्रान्तिको गतिलाई ढिला मात्र गरिदिएको छ । उनले आन्दोलनरत सङ्घीय गठबन्धनसँग ३ बुँदे सहमति गरेर पहिचानको आन्दोलनलाई तीन महिना स्थगन गरिसक्यो । यो पनि केपीमार्काबाट हेर्ने हो भने एउटा उपलब्धि नै हो । सङ्घीय गठबन्धनका नेताहरुले क्रान्तिलाई बुझ्न नसकेर हो या प्रचण्डको मजबुरीलाई चिन्न नसकेर हो, आन्दोलनलाई रोके । आजकल प्रचण्डलाई संविधान संशोधनको लागि दिनहुँजसो आदिवासी जनजाति र मधेशीले ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गरिरहेका छन् । उसले सबैलाई लाखे लाखे भन्दै थमथमाउँदै छन् । सत्तामा बस्ने हरेक शासकले गर्ने तरिका नै यही हो । जो जो ज्ञापन पत्र बुझाउन गए, प्रचण्डले सालिनताका साथ ‘यो त मैले नै उठाएको मुद्दा हो’ भनेर जनजाति, मधेशी नेताको ओठभरि घींउ घसेर पठाउँदै छन् । उनीहरु त्यसैमा मख्ख परेर प्रधानमन्त्री कार्यालय बाहिर टेलिभिजनमा बोलेको देखिन्छ तर यो बुझ्नु जरुरी छ कि प्रचण्डसँग यो मुद्दालाई संविधान संशोधनमार्फत सम्बोधन गर्न सक्ने तागत छैन । पहिलो संविधानसभामा उनको अंक गणित बलियो थियो, त्यतिबेला त सकेनन् भने अहिले के गर्न सक्छन् ? सक्दैनन् । यसले त क्रान्तिको बेगलाई निष्तेज र भुत्ते पार्ने काम मात्र गरेको छ । यदि सत्तामा केपी ओली हुन्थ्यो भने न जनजाति, मधेशीले ज्ञापन पत्र बुझाउन गएर समय बर्बाद बनाउथ्यो न उनीसँग तीन बुँदे सहमति नै हुन्थ्यो । तसर्थ, क्रान्तिको गतिले कठोर शासकलाई उपयुक्त पात्र ठान्दछ । यसअर्थमा ओली पहिचानको परिक्षामा उपयुक्त पात्र हुन् ।

योसँगै आन्दोलनरत शक्तिले यो बुझ्नु जरुरी छ कि यतिबेला पहिलो संविधानसभामा जस्तो यो सिंहदरवारको रंगीन तस्वीर देखिदैन । जनआन्दोलनपछि फूलबारी बन्न लागेको सिंहदरवार फेरि तोरीबारीमा परिणत भइसक्यो । त्यसैले यो सिंहदरवारसँग पहिचानको मुद्दालाई लिएर अब सम्झौता हुन सक्दैन । सम्झौताको बाटोलाई नै पछ्याइरहने हो भने कमल थापाले राजतन्त्र र हिन्दू राष्ट्रको मुद्दालाई उछाल्ने अर्को खतरा बढिसक्यो । त्यसो भयो भने भिरमा अल्झेको मृग समात्न दिनभरि मारेको माछा खोलामा घोप्ट्याउने लाटाको कथा जस्तो हुन पुग्छ । माओवादी त्यो हदसम्म नजाला तर काङ्ग्रेस, एमाले कमल थापाको एजेण्डामा सहमत हुन सक्छन् । त्यसकारण सम्झौताको लागि दलाली गर्ने अध्याय समाप्त भयो । बिद्रोहको लागि शक्ति निर्माणमा आजैदेखि जुटौ । यहि नै अन्तिम बिकल्प हो ।

(लेखक- नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष हुन्)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution