आज बौद्धधर्मालम्बीहरुको अस्त्र परित्याग दिवस
काठमाडौं, कात्तिक ५ – बौद्धधर्मालम्बीहरुले आज अस्त्र परित्याग दिवस मनाउँदैछन् । पहिले सम्राट अशोकले युद्धबाट विक्षिप्त भएर हतियार त्याग गरेर बुद्ध धर्मका अनुयायी भएको दिनको संझनामा हरेक वर्ष बौद्ध धर्मालम्बीले हरेक वर्ष विजया दशमीका दिन अस्त्र परित्याग दिवस मनाउँछन् ।
इशा पूर्व २५६ मा अशोक महाराजलाई युद्ध देखि घिर्णा लागेर सम्पुर्ण शास्त्र युद्ध त्याग्नु भयो र आफूले आँफैलाई धर्म युद्धमा जित्नु भयो त्यहि दिनलाई बिजया प्राप्ती मानेर खुशियाली मानेको दिनलाई बिजय दशमी पर्व भनेर मान्दै आएको छ । सम्राट अशोक बौद्ध धर्ममा प्रबेस गरेका दिन आश्विन शुक्ला दशमी तिथीका दिन थिए |