तामाङका बारेमा संकलित पुस्तकहरु तामाङ सोसाइटी अफ अमेरिकालाई हस्तान्तरण गर्ने
न्यूयोर्क । अमेरिकाको र्काेनेल विश्वविद्यालयका प्राध्यापक एवं मानवशास्त्रीद्घय डेभिड हाल्वर्ग र क्याथ्रिन एस मार्चले नेपालका आदिवासी जनजाति र तामाङ समुदायका विषयमा संकलित पुस्तकहरु तामाङ सोसाइटी अफ अमेरिकालाई हस्तान्तरण गर्ने बताएका छन् ।
केही महिना अघि मात्र विश्वविद्यालयबाट अवकाश लिएका प्राध्यापकद्घयले शनिवार इथिकास्थित र्कोनेल विश्वविद्यालयमा विगत ४२ वर्षदेखि नेपालका आदिवासी जनजाति र तामाङ समुदायका विषयमा संकलित पुस्तकहरु सोसाइटीलाई हस्तान्तरण गरिने जानकारी दिए ।
प्राध्यापक हाल्वर्गले नेपालका तामाङ समुदायका विविध विषयमा लामो समयसम्म अनुसन्धान गरेको बताए । उनले भने, ‘हामीले सन् १९७४ देखि निरन्तररुपमा तामाङ समुदायको बारेमा खोज, अध्ययन र अनुसन्धान गर्ने मौका पायौ । हामीले तयारको पारेको रिपोर्ट, लेखरचना र पुस्तकहरु अमेरिकास्थित तामाङ सोसाइटीलाई दिन चाहेका छौं । विदेशमा आएपनि युवा पुस्ताका तामाङहरुले आफनो भाषा, धर्म र संस्कृतिको बारेमा सचेत र सजग हुनुपर्छ ।’
यस्तै, प्राध्यापक एवं मानवशास्त्री क्याथरिन एस मार्चले विश्वभरि जहाँसुकै पुगे पनि नेपालका आदिवासी जनजातिहरुले आफनो भाषा, धर्म, संस्कार र संस्कृतिप्रतिको संरक्षण र सम्बद्र्धनमा सचेत हुनुपर्ने बताए । पुरातात्विक र पर्यटकीय हिसाबले राजधानी काठमाडौको महत्व जुन हिसाबले बढेको छ त्यो बनाउनुमा तामाङहरुको रगत, पसिना परेको प्राध्यापक क्याथरिनको भनाई छ । उनले भनिन्, ‘त्यतिबेलाका शाह, राणा, थापाहरुलाई तामाङहरुको दुःखले सुख दिएको हो ।’
अहिले विस्तारै तामाङ समुदायमा जनचेतना र ‘म तामाङ हुँ’ भन्ने भावनाले प्रोत्साहित भएको प्राध्यापक क्याथरिनको अनुभव छ । उनले भनिन्, ‘तामाङका चाडपर्वमा सबै जना मिलेर तामाङ भेषभुषा लगाई संस्कृति बचाएको भेट्दा मेरो मन आनन्दित हुन्छ । संसारभरिको अध्ययनलाई हेर्ने हो भने सबैभन्दा बढी मेहेनती, अरुलाई माया गर्ने र सहयोग गर्ने जातिमा तामाङभन्दा अरु कोही पनि भेट्टाएको छैन ।’
तामाङ सोसाइटी अफ अमेरिका टिएसएका पूर्व अध्यक्ष तथा तामाङ कल्चरल एण्ड बुद्घिष्ट सेन्टरका संयोजक इन्द्र तामाङले सिँगो तामाङ समुदायको सर्वोपरि हितका लागि तामाङ समुदायबारेमा लामो समयदेखि अनुसन्धान गर्ने व्यक्तित्वहरुसँग आवश्यक सल्लाह र सुझाव लिएर अगाडि बढ्ने भनाई राखे । सो भेटवार्तामा सोसाइटीका कार्य समिति सदस्य तथा नेपाली बुलेटिनका अध्यक्ष प्रेम थोकरले पनिआफनो विचार राखेका थिए । @ नेपाली बुलेटिन