हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

समृद्धिको वैकल्पिक मोडेल – डा.बाबुराम भट्टराई

baburam-title_mmtjomnazv

 -डा.बाबुराम भट्टराई

नेपाली इतिहासकै कुरा गर्दा, करिब अढाई सय वर्ष पहिले त्यतिबेलाका नेपालीहरू पनि विकास र समृद्धिकै खोजीमा थिए ।नेपालको समसामयिक राजनीतिमा आर्थिक विकास र समृद्धि अत्यन्तै महत्त्वपूर्ण विषय बनेका छन् । विकास र समृद्धि यतिबेला थेगोजस्तै भइसकेको छ । त्यसैले हामीले हाम्रै जीवनकालका कसरी विकास र समृद्धि हासिल गर्न सक्छौँ ? यो अहिलेको ज्वलन्त प्रश्न हो ।

तर, विकासका कुराले मात्र आर्थिक विकास सम्भव छैन, समृद्धि प्राप्त हुँदैन । तसर्थ, अमूर्त कुरा होइन, मूर्त रूपमै विकासको कुरा गर्नुछ अब । आजसम्म किन नेपाल बनेन, समृद्ध हुन सकेन ? कहिले र कसरी सम्पन्न बन्छ ? सम्पन्नताको आधार के हो ? हामीले आफ्नै जीवनकालमा समृद्धि कसरी ल्याउन सक्छौँ ? नयाँ शक्तिले यही विषयलाई आफ्नो राजनीतिक एजेन्डा बनाएको छ |

इतिहासको सन्दर्भ

जतिबेला मान्छे आदि मानवबाट विवेकशील जातिका रूपमा परिणत भयो, त्यसबेला उसले जंगलबाट सिकार गरी माछामासु खान र फलफूल टिपेर खान मात्र जानेको थियो । अनि, त्यतिबेलाको मान्छे पनि खुसी र समृद्धिको खोजीमै थियो । त्यही क्रममा उसले आगो र हातहतियारको विकास गर्‍यो । आगोको आविष्कार मानव जातिकै इतिहासमा ठूलो क्रान्ति थियो । त्यसपछि पशुपालन र खेतीपातीको युग सुरु भयो । मानव सभ्यताको यो विभिन्न चरण पार गर्दै आधुनिक मानव समाजको निर्माण हुन झन्डै एक लाख वर्ष लागेको मानवशास्त्रीहरूको तर्क छ । यो एक लाख वर्षमा मानव जातिले विभिन्न खोज, अनुसन्धान र आविष्कार गर्‍यो, समृद्धिकै लागि ।

नेपाली इतिहासकै कुरा गर्दा, करिब अढाई सय वर्ष पहिले त्यतिबेलाका नेपालीहरू पनि विकास र समृद्धिकै खोजीमा थिए । सत्ता सामन्ती र पितृसत्तात्मक थियो । शासक जातिका केही सीमित मानिसले राज्यको स्रोतसाधन आफ्नो कब्जामा लिएका थिए । उनीहरू बहुसंख्यक जनतालाई श्रम गराउँथे र आफूहरू बसीबसी खान्थे । विभिन्न भुरेटाकुरे गरेर करिब ५५ वटा राज्यमा विभक्त थियो नेपाल । यसरी छरिएर रहँदा आफ्नो अस्तित्व नै नरहने र साम्राज्यवादीहरूले हस्तक्षेप गर्ने खतरा देखेर एकीकृत राज्य बनाउनुपर्छ भन्ने धारणा पैदा भयो । केही शासकमा ती सबै राज्यलाई एकीकृत रूपले विस्तार गरेर ठूूलो राज्य बनाउने चेतना पलायो ।

त्यो भौगोलिक एकीकरणको अभियान विभिन्न राजाले चलाए । किनभने, त्यसबेला जनताको अगुवाइमा काम हुन सक्ने अवस्था थिएन । काठमाडौँका मल्ल राजा, पाल्पा र मकवानपुरका सेन राजा, बाइसे चौबीसे राज्यका केही राजाहरू र गोरखाका राजा पृथ्वीनारायण शाहले यो कामको सुरुआत गरे । चतुर, लड्न सक्ने क्षमता भएका गोरखाका राजा उनी त्यो कामको अगुवाइ गर्न पनि सफल भए । हो, पृथ्वीनारायण शाहबाट राज्य विस्तार गर्दा धेरै प्रकारका उत्पीडन लाद्ने काम नभएको होइन तर उनले त्यस बेलाको आवश्यकता अनुसार एउटा ठूलो भौगोलिक राज्य निर्माण अभियानको अगुवाइ गरे र आधुनिक नेपालको जग बसाए ।

विकास र समृद्धिको सपना देखेर भूगोलको एकीकरण त भयो तर विकासको फल आमजनताले चाख्न भने पाएनन् । आधुनिक नेपाल निर्माणसँगै फेरि विभिन्न प्रकारका तानाशाह र तिनका भाइभारदारले स्रोत–साधन आफ्नो मुट्ठीमा लिए र जनतालाई रैतीकै दर्जामा राखे । फलस्वरूप अढाई सय वर्षअघिसम्म अन्य देशहरूसँग समकक्षी र बराबरीकै हैसियतमा रहेको मुलुक बिस्तारै पछाडि पर्दै गयो । राजा–महाराजाहरूको विलासी व्यवहारका कारण बन्द–व्यापारहरू आफ्नै भाइभारदारहरूको कब्जामा रहने परिपाटी कायमै रहन गयो । सारमा सामन्ती शाहतन्त्र र राणातन्त्रले नेपालको विकास सम्भव भएन ।
त्यही चेतना जनस्तरमा पनि अंकुरण भयो र बढ्दै गएर विभिन्न चरणमा क्रान्ति र आन्दोलन भए । त्यसैको अन्तिम शृंखलाका रूपमा ०५२–०६२ सम्म माओवादीको नेतृत्वमा जनयुद्धरूपी ठूलो विद्रोह भयो । त्यसयता पनि मधेसी, आदिवासी जनजातिहरूले हक, अधिकार र पहिचानसहितको समृद्धिका लागि आन्दोलन गरे । यसरी राणा शासनमा लखन थापादेखि, ००७ को कांग्रेसको विद्रोह, ०४६ को कांग्रेस–कम्युनिस्टको संयुक्त जनआन्दोलन, ०५२ को जनयुद्ध, ०६२–०६३ को जनआन्दोलन र त्यसपछि मधेसी, थारू, आदिवासी जनजातिले गरेको आन्दोलनले लोकतन्त्र स्थापित गर्‍यो । यो पनि विकास र समृद्धिकै लागि थियो ।

अबको मार्गचित्र

आधुनिक नेपालको २ सय ५० वर्षको इतिहासमा भौगोलिक एकीकरण र लोकतन्त्र प्राप्तिका लागि ठूलो लडाइँ भयो र ०७२ सालमा संघीय गणतन्त्र नेपालको नयाँ संविधान पनि निर्माण भयो । अब हामीसँग भूगोल छ, राष्ट्रियता छ, लोकतन्त्र छ, आफैँले लेखेको संविधान छ । भलै, त्यो संविधानमा केही कमी छ । अब त्यसमा सुधार गर्दै राष्ट्रियता र लोकतन्त्रको जगमा टेकेर समृद्धिलाई एक मात्र एजेन्डा बनाएर अघि बढ्ने बेला आएको छ । अनि, साँच्चिकै विकास र समृद्धि ल्याउने राजनीतिमा मुख्य ‘फोकस’ अब सम्भव छ । त्यसैले हामीले ‘अबको निकास, आर्थिक विकास’, ‘समृद्धि सम्भव छ हाम्रै पालामा’ नारा बनाएर विकास र समृद्धिको मार्गचित्र कोरेका छौँ । नयाँ शक्तिको आवश्यकता र औचित्य पनि यही नै हो ।

हाम्रो मार्गचित्रले भन्छ, समृद्धिका लागि सबैभन्दा पहिले समस्याको पहिचान गर्नुपर्छ । हाम्रो विकासको बाधक मुख्यत: पाँचओटा छन् । पहिलो हो, निरपेक्ष गरिबी । सापेक्षित रूपमा गरिबी सबै देशमा हुन्छ । तर, हाम्रो गरिबी त्यस्तो होइन । हाम्रो गरिबी साँझ–बिहान हातमुख जोर्न नै समस्या भएको निरपेक्ष गरिबी हो । तथ्यांक जे भए पनि व्यवहारत: यो संख्या देशको आधा जनसंख्याभन्दा बढी छ । यो नै पहिलो समस्या हो ।

दोस्रो समस्या भनेको बेरोजगारीको हो । वार्षिक झन्डै चार लाख नयाँ जनसंख्या श्रमबजारमा प्रवेश गर्छन् तर वार्षिक रोजगारीको सिर्जना अधिकतम एक लाखसम्म मात्रै हुने गरेको छ । आर्थिक विकास र समृद्धि श्रमबाट सम्पन्न हुने हो । तर, अहिले झन्डै ६५ लाखभन्दा बढी युवा रोजगारीका लागि विदेशिएका छन् । यसरी श्रम निर्यात गरेर कुनै पनि देश धनी भएको छैन । विदेशबाट पुँजी, प्रविधि र ज्ञान भित्र्याएर स्वदेशमै उत्पादन नगरेसम्म समृद्धि हासिल हुँदैन ।

तेस्रो समस्या, आर्थिक परनिर्भरता हो । सुगौली सन्धिताका हामी आयातभन्दा पाँच गुणा बढी निर्यात गथ्र्यौं । अहिले आयात कुल निर्यातको १० गुणा बढी छ । यसर्थ, परनिर्भरताको अन्त्य गरेर अन्तरनिर्भरताको विकास गर्नुपर्छ ।

चौथो, धनको समन्यायिक वितरणमा समस्या हो । गरिब र धनीबीचको फाटो अर्थात् आर्थिक असमानता व्यापक छ । यो जति बढ्दै गयो, त्यति असन्तुलन बढ्न थाल्छ । केही वर्षयता यो अनुपात झन् बढ्दै गएको छ ।

पाँचौँ, विभिन्न वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक र जातपातजन्य विभेदको समस्या हो । यो विभेदले सामाजिक, राजनीतिक, आर्थिक असमानता बढाउँछ ।

यी पाँच मुख्य समस्याको समाधान गरेर मात्र नेपाल समृद्ध बन्न सक्छ । यसका लागि उपयुक्त प्रकारको विकासको मोडेल तयार गर्नुपर्छ । संसारमा विकासका दुईवटा मोडेल प्रचलनमा छन् ।

एउटा मोडेल भनेको पुँजीवादी हो । यो मोडेलले बजार र व्यक्तिलाई खुला छाड्नुपर्छ, तब मात्र विकास र समृद्धि हासिल हुन्छ भन्छ । व्यक्तिलाई स्वतन्त्र छाड्ने हो भने उसले आफ्नो विवेक र सीपको प्रयोग गर्छ अनि आफसेआफ विकास हुन्छ भन्ने उदारवादी र नवउदारवादी विकासको मोडेल हो । यसले व्यक्ति धनी भयो भने स्वत: समाज र देश धनी हुन्छ, त्यसैले व्यक्तिलाई स्वतन्त्र कमाउन दिनुपर्छ र राज्यले कुनै हस्तक्षेप गर्नुहुँदैन भन्ने मान्यता राख्छ ।

अर्को मोडेलले त्यसरी व्यक्तिलाई स्वतन्त्र छाडियो भने केही मुट्ठीभर मान्छेहरू मात्र धनी हुन्छन् र बहुसंख्यक मानिस गरिब हुन्छन् भन्ने मान्यता राख्छ । यसर्थ, साधनस्रोत व्यक्तिले होइन, राज्यले आफ्नो नियन्त्रणमा लिनुपर्छ र त्यसलाई राज्यले वितरण गर्नुपर्छ । यसरी यो मोडेलले राज्यले वितरण गर्दा सबैलाई न्यायोचित हुन्छ भन्ने मान्यता राख्छ । यो विकासको मोडेललाई राज्य नियन्त्रित समाजवादी अर्थात् कम्युनिस्टहरूको मोडेल पनि भनिन्छ ।

हामीले आफ्नो जीवनकालमा विकासका यी दुई मोडेल देख्यौँ । अहिले यी दुवै मोडेलको बीचमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा बहस छ । यी दुवै मोडेलका सीमा छन् । राम्रा र नराम्रा पक्ष छन् । यिनमा एउटा राम्रो अर्को नराम्रो भनेर छुट्याउन सकिने अवस्था छैन । कुनै ठाउँमा समाजवादी मोडेलले छिटो विकास गर्‍यो, कुनै ठाउँमा पुँजीवादी मोडेलले । रुसमा समाजवादी मोडेलबाट विकास भयो र विश्वभर यसको आकर्षण बढ्यो । अर्कोतर्फ पुँजीवादी मोडेल अपनाउने अमेरिका र बेलायतले पनि विकास र समृद्धि चुमे ।

तर, पुँजीवादी मोडेलमा पनि समस्या देखियो । यो मोडेल अनुसार विकास हुँदा केही सीमित व्यक्तिमा धन केन्द्रित हुन पुग्यो । अहिले विश्वका ८५ जना धनी घरानियाँहरूसँग विश्वकै आधा जनसंख्याको बराबर धनसम्पत्ति छ भनेर विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले नै प्रतिवेदन सार्वजनिक गरेका छन् । हो, पुँजीवादी मोडेलमा धन त आर्जन हुन्छ तर त्यसको वितरण असाध्यै कमजोर अनि अन्यायपूर्ण हुने भएकाले त्यसले मात्र समाजमा शान्ति आउँदैन । बरू, त्यसले समाजमा विग्रह र विसंगति ल्याउँछ । एउटा घरमै पनि एउटा दाइ धनी र भाइ गरिब भयो भने त्यहाँ मनमुटाव आउँछ ।

अर्कोतिर सबै उत्पादनका साधनलाई राष्ट्रियकरण गर्ने र सबैलाई समान रूपमा वितरण गर्ने भन्ने समाजवादी मोडेलले पनि मान्छेका आकांक्षालाई सम्बोधन गर्न सक्दैन । यसले मान्छेका सबै चाहना र आकांक्षालाई सम्बोधन गर्न सक्दैन । सुरुमा गरिबीलाई अन्त्य गर्ने कुरा महत्त्वपूर्ण हुन्छ तर त्यसपछि समाजवादी मोडेलले मानिसको विकासको चाहनालाई सम्बोधन गर्न सक्दैन ।

यो मोडेललाई सामाजिक लोकतान्त्रिक मोडेलका रूपमा बीपी कोइरालालगायतले पनि अवलम्बन गर्न त खोजे तर व्यवहारमा त्यो लागू हुन सकेन । अन्तत: त्यो पनि उदारवादी मोडेलकै रूपमा परिचित भयो । अहिलेको कांग्रेसको प्रजातान्त्रिक समाजवादको मोडेल सारत: उदारवादी मोडेलकै रूप हो ।

यसर्थ, हामी अहिले विकासका यी दुई प्रचलित मोडेलको बीचबाट नयाँ मोडेलको खोजी गरिरहेका छौँ । नयाँ शक्तिले त्यही नयाँ मोडेलको कुरा गरेको हो, जहाँ व्यक्तिको स्वत्व पनि रहन्छ र राज्यको भूमिका पनि । मानिस भनेको सामाजिक प्राणी हो र सामूहिक रूपमा पनि श्रम गर्छ । त्यस्तै कतिपय व्यक्तिले गर्नुपर्ने काम पनि हुन्छन् । जस्तो : खेतीपाती, बन्द–व्यापार आदि । आधुनिक प्रविधिको प्रयोगले कृषिजन्य उत्पादन बढाउन सकिन्छ । त्यसका लागि केही कुरा व्यक्तिले मात्र सञ्चालन गर्ने र केही कुरा राज्यले गर्नुपर्छ । यी दुई कुराको यकिन गरेर केही निजी क्षेत्रलाई र केही राज्यलाई छाडेर नयाँ किसिमको मोडेलेको विकास गर्नुपर्छ । जसले गर्दा निजी स्वतन्त्रता पनि कायम हुन्छ र राज्यको पनि आवश्यक दायित्व र जिम्मेवारी कायमै रहन्छ । यस किसिमको विकासको मोडेल नै नेपालका लागि वैकल्पिक विकासको मोडेल हुन सक्छ ।

(भट्टराई पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति, नेपालका अध्यक्ष हुन् ।)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution