हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

शारीरिक सम्पर्कपछि अधिकांश महिलाहरु निराश हुन्छन् ….

r

एजेन्सी । भनिन्छ : मानव जीवनलाई सफल बनाउनका लागि चाहिने आधारहरु मध्ये सेक्स पनि एक हो । सेक्स मानव जीवनको एक नियमित प्रकृया भएका कारण यो कुनै जटिल वा फराकिलो विषय होइन, जति आम मानिसले यसलाई कठोर सम्झिरहेका छन् ।

यौनलाई मानिसले जति अप्ठेरो रुपमा सोच्दै जान्छ त्यो उतिनै अप्ठेरो मोडतर्फ प्रवेश गर्छ । यद्यपी यौनसम्पर्क गर्नु अघि वा पछिका लागि आफ्नै अनुशासन पनि हुने गर्छन् । यौनलाई धेरै नै सहज ठानेर आचरणहीन उच्श्रृङखल बनाउन थालियो भने यसले फेरि जीवनमा अर्को जटिलता सिर्जना गर्न पुग्छ ।

सेक्स सन्तोत्पादन गर्ने प्रकृयामात्र नभएर शारिरीक तथा मानसिक खुसी दिलाउने एक बलियो सम्बन्ध पनि हो । त्यस कारण पनि यसले मानव स्वास्थ्यलाई फाइदा नै पुग्ने गर्छ । तर आजहामी एउटा नयाँ विषयमा चर्चा गर्दै छौं ।

अक्सर हामीले सेक्स पछाडि पुरुषहरु थाक्छन् भन्ने कुरा सुन्दै र अनुभव गर्दै पनि आइरहेका हुनसक्छौं । तर यौन सम्पर्क पछाडि महिला निराश बन्ने गरको कुराहरु हामीले कमैमात्र सुनेका हुन सक्छौ ।

किन की वीर्यस्खलन पछाडि थकित पुरुषले महिलासँग अन्तरंग गर्ने गरेका नपाइने विभन्न अनुसन्धानले देखाउँदै आएका छन् । त्यसकारण पनि अधिकांश पुरुषहरुले यौनसम्पर्कपछि महिलासँग सहवासको अनुभव साट्ने गर्दैनन् । जसले गर्दा सहवासमा साथ दिइरहेको आफ्नो पार्टनरले सेक्स पछाडि के सोचिरहोला? उसलाई कस्तो लागिरहेको छ भन्नेमा पुरुषहरुले हेक्का राख्दैनन् ।

तर एउटा अन्तर्राष्ट्रिय अनुसन्धानले यौन सम्पर्क पछि महिलाहरु निराश हुने गरेको पत्ता लगाएको छ । त्यतिमात्र होइन सेक्स पछाडि त्यसरी महिलाहरु निराश बन्नुका केही कारणहरुसमेत निक्र्यौल गरेको छ ।

क्वीन्सलैण्ड यूनिवर्सिटी अफ टेक्नोलोजीले गरेको अनुसन्धान अनुसार यौन सम्पर्कको क्रममा चरमसुख, अत्यधिक आनन्दको अनुभुतिसंगै निराशा पनि एक प्रकारको भावनात्मक अभिव्यक्ति हो । सहमतिमा यौन सम्बन्ध राखिसकेपछि पनि धेरै महिलाहरुमा निराशाको भावना जन्मिन्छन् र यो ‘मनोवैज्ञानिक समस्या भएको अनुसन्धानकर्ताहरुको भनाई छ ।

२ सय ३० महिलाहरुमाथि गरिएको अनुसन्धानमा धेरै महिलाहरुले सेक्सपछि तनाव र निराश महसुस गरेका थिए । कयौं महिलाहरु यौन सम्पर्कपछि बाथरुममा रुने पनि गरेको अनुसन्धानकर्ताहरुले दावी गरेका छन् । कुनै–कुनै महिलाहरुमा यो समस्या धेरै रहेको र कुनैमा थोरै रहेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तो अवस्थामा यौन सम्पर्क पछि आफ्ना साथीलाई निकै ध्यान दिनुपर्ने चिकित्सकहरुले सुझाव दिएका छन् । तपाई जति सेक्समा रमाउन खोज्नु हुन्छ त्यति नै सेक्स पछि पनि आफ्ना पार्टनरसंग समय विताउन जरुरी छ । यसले मात्र तपाईको जीवन सबैतिरबाट सफल र सुन्दर बन्न सक्छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution