चितवनको साङ्ग छेवाङ्ग टासी बौद्ध गुम्बामा (न्युङ्ने) मौनब्रत

-राजेश रुम्बा लामा तामाङ
असोज -२३ ,पूर्वी चितवन | प्रत्येक बर्ष झैं यस बर्ष पनि पुर्बी चितवन लगायत अन्य जिल्लाका बौद्ध मार्गीहरुले बिरेन्द्र नगर-१ (राप्ती-न.पा.९ पुर्बी चितवन स्थित साङ्ग छेवाङ्ग टासी बौद्ध गुम्बामा (न्युङ्ने) मौन ब्रत लिएका छन् | बडा दसैंमा हजारौं पशु पंच्छिको बलि दिने भएकोले ति पशु पंच्छिको आत्माले शान्ति पाउस भन्दै मौन ब्रत बस्ने चलन छ |यस बर्ष उक्त गुम्बामा न्युङ्ने अर्थात् मौन ब्रत बस्नेको संख्या ४५ जना भन्दा माथि छन् भने यो भन्दा अघिको सालहरुमा पनि उक्त संख्या भन्दा बढीले ब्रत बस्ने गरेका थिए |
चार दिन सम्म गुम्बमै बसी गरिने ब्रतमा मन्त्र पाठ बाहेक ब्रतालुहरुले कसै संग पनि बोल्दैनन् |ब्रर्तालुहरु बिहान चार बजे देखि बेलुका आठ बजे सम्म निराहार मौन ब्रत बसेका छन् | मौन ब्रत बस्नाले सम्पूर्ण हत्या गरिएका पशु पन्छीको आत्माले शान्ति मात्रै पाइन्न अन्य प्राणी र जगतलाई नै राम्रो हुने बौद्ध ग्रन्थहरुमा उल्लेख भएको हुन्छ लामा गुरुहरुले बताएका छन् |
यसै गरि राप्ति न.पा.५ मंगल टांडीका छेदार मेण्डो लिंग बौद्ध गुम्बामा पनि पुजा पाठको आयोजना गरिएको छ भने राप्ती न.पा.६ डडुवाका थेग्छेन ग्याछोलिंग बौद्ध गुम्बामा पनि न्युङ्ने अर्थात् मौन ब्रतको आयोजना गरिएको छ |उक्त गुम्बामा ब्रत बस्नेको संख्या पनि उल्लेखनीय रहेका छन् |