हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

दोलखामा भुषाफेदा कप – २०७३ आयोजना

do

-सनिल घिसिङ तामाङ  

असोज २२ | दोलखा जिल्लाको भुषाफेदा गा.बि.समा क्रियासिल समाजिक संस्था को-म्हेन्दो युवा समाजको आयोजनामा आजदेखि “भुषाफेदा कप दोलखा २०७३” हुने भएको छ ।वडा दशै र बिदाको अबसरलाई मध्यनजर गर्दै गत बर्षको बिनाशकारी महाभुकम्पको हजारौं कम्पनले त्रसित बनाएको दोलखा र सिन्धुपाल्चोक जिल्लाका सिमाना र आसपासका हजारौं नागरिकहरुलाई एउटा खेलकुदको माध्यमबाट मनोरञ्जनको प्रत्याभूति गर्न र बिनाशकारी महाभुकम्पले क्षेतविक्षेत बनाएका मनका पिडाहरुलाई केही हदसम्म भएपनि खेलकुदका मध्यमबाट आत्मीयता, सहिष्णुता, धैर्यता, अनुशासन, सद्भाव र भाइचारा सम्बन्धको बिकासमा टेवा पुगोस् र खेलकुदले दिगो जीवनयापनमा सकारात्मक सन्देशको महत्वपूर्ण भूमिकाको प्रवाह फैलाउन सकोस भन्ने हेतुका साथ फुटबल प्रतियोगिता आयोजना हुदैछ ।

“भुषाफेदा कप दोलखा २०७३” का लागि सम्पूर्ण तयारीहरू पुरा भईसकेको छ । दोलखा र सिन्धुपाल्चोक जिल्लाका १७ वटा स्थानीय क्लब तथा समाजिक संस्थाहरूको सहभागिता रहेको फुटबल प्रतियोगिता असोज २२ देखि भुषाफेदा गा.बि.स वडा न: २ स्थित थगममा रहेको खेल मैदानमा संचालन हुने, समाजका अध्यक्ष फूर्बा घिसिङले बताउनु भएको छ । उहाँका अनुसार ब्यक्ति, ब्यबसायिक संस्था र समाजिक संघ-संस्थाहरूले प्रतियोगिताका लागि प्रायोजन गरेका छन । प्रतियोगिताको पुरस्कार राशी कुल ९५ हजार रूपैया र प्रतियोगिता आयोजनाका लागि अनुमानित कुल लागत ६ लाख ४५ हजार रूपैया रहेको छ । प्रथम पुरस्कार ५०,००० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र, दृतीय पुरस्कार ३०,००० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र, तृतीय पुरस्कार १५,००० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र, त्यस्तै गरी उत्कृष्ट खेलाडी, हाई स्कोर, अनुशासित टिमलाई मेडल र प्रमाणपत्रको ब्यबस्था गरेको जानकारी दिनुभएको छ ।

प्रतियोगितामा सहभागी क्लबहरूको बिबरण –

१ को म्हेन्दो युबा समाज, भुषाफेदा – २, दोलखा
२ फेदाली युवा क्लब, भुषाफेदा – ३, दोलखा
३ छार स्यो यूवा क्लब, भुषाफेदा – ४, दोलखा
४ टाकुरा यूवा क्लब, भुषाफेदा – ५, दोलखा
५ सुनौलो चण्डीडाँडा यूवा क्लब, भुषाफेदा – ६, दोलखा
६ एकटिभ ब्वाईज यूथ क्लब, खरीदुङ्गा, दोलखा
७ सुरके यूवा क्लब, सुरके, दोलखा
८ सयपत्री यूवा क्लब, मूडे, सिन्धुपाल्चोक
९ छार म्हेन्दो यूवा क्लब, खानी, ठूलो धादिङ, सिन्धुपाल्चोक
१० योङ स्टार यूवा क्लब, ब्यार्सा, ठूलो धादिङ, सिन्धुपाल्चोक
११ ओम मने यूवा क्लब, ब्यार्सा, ठूलो धादिङ, सिन्धुपाल्चोक
१२ ज्योति टाडी यूवा क्लब, ठूलो धादिङ, सिन्धुपाल्चोक
१३ फ्रेन्डसिप यूवा क्लब, निङ्ग्ले, सिन्धुपाल्चोक
१४ अन्दरभूङ यूवा क्लब, अत्तरपुर, सिन्धुपालचोक
१५ सिदार्थ यूवा क्लब, अत्तरपुर, सिन्धुपालचोक
१६ फ्रेन्डसिप यूवा क्लब, अत्तरपुर, सिन्धुपाल्चोक
१७ खाडीचौर यूवा क्लब, खाडीचौर, सिन्धुपाल्चोक

आज उट्घाटनको पहिलो खेल सयपत्री यूवा क्लब, मूडे, सिन्धुपाल्चोक र टाकुरा यूवा क्लब, भुषाफेदा – ५, दोलखा, त्यस्तै दोस्रो खेल सिदार्थ यूवा क्लब, अत्तरपुर, सिन्धुपालचोक र को म्हेन्दो युबा समाज, भुषाफेदा – २, दोलखा बीच हुनेछ ।

यस प्रतियोगिताका लागि तामाङ अनलाईन डट कम अफिसियल मिडिया पार्टनर रहेको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution