सम्भोट लिपि र तामाङ भाषामा यसको उपयोगिता – कोन्छ्योक छ्योइफेल

नमो गुरु मञुघोषय॥ तामाङ समुदायमा आधुनिक युवा जमातमा तामाङ युवाहरुको मन मष्तिस्कमा वातावरणीय प्रभाबका कारण होस या शैक्षिक कारण होस्, अथवा वर्तमान अपनत्वको भावनाको कारण, जे भए पनि, लिपिको बारेमा ठुलो अन्योलता र दिग्भ्रम अबस्य छाइरहेको यो वर्तमान परिप्रेक्षमा, यहाँ तामाङले प्रयोग गर्नुपर्ने लिपि र प्रयोग नगर्नुपर्ने लिपिको बारेमा प्रष्ट्याउने कोशिष गरेको छु । वास्तभमा आफ्नो बाहेक अन्य कुनै पनि लिपि प्रयोग गर्नुहुदैन भन्ने अभिप्राय नभएर तेस्तो लिपिको प्रयोग गर्नुपर्छ, जस्ले इतिहाँस र गरिमा दुबै बोकेको र समग्रमा आफ्नो भाषालाइ समेट्न सकियोस्, तेसो त तामाङहरुले देबनागरि लिपिलाइ पनि धन्नेबाद नदिरहन सक्दैन, जसले हाम्रो अमुर्त भाषालाइ मुर्त रुप दिन सहयोग गर्दै आइरहेको र यो कुरा भनिरहदा सम्म तामाङको बारेमा यो लेख पनि देबनागरि लिपिमा नै लेखिरहेको छु।
प्रसङग १ :- भाषा मानब जातिले आफ्नो इच्छा,आकाङक्षा, भावना, अनुभुतिहरुलाइ प्रस्तुत गर्ने माध्यम नै भाषा हो। भाषा पनि बिभिन्न प्रकारले प्रस्तुत गर्ने गरिन्छ, मानिसहरुले आफ्नो भावना , इच्छाहरुलाइ शब्दबाट प्रस्तुत गर्छन्, कहिले टाउको हल्लाएर त कहिले सङ्केत द्वारा प्रस्तुत गर्ने गर्छन ।
यसरि भषालाई ३ प्रकारमा बिभाजन गरि अध्ययन गर्न सकिन्छ।
१) मौखिक भाषा– मौखिक भाषा भानाले आफ्नो इच्छा भावनाहरु बोलिचालिको माध्यमद्वारा प्रस्तुत गरिन्छ । यो बिधि दुइ वा दुइ भन्दा बढी ब्यक्तिहरुबिच बोलचालाको माध्यमबाट, र रेडीयो, टेलिभिजन हरुमा बढी प्रयोग हुने देखिन्छ। यो मानिसहरुको ठाउपरिबेस र जात अनुसार फरक फरक हुने गर्दछ। तामाङ जातिले बोल्ने भाषा तामङ भाषा हो, यो नेपाल लगायत भारतको दार्जलिङ्, सिक्किम आदि स्थान हरुमा बोल्ने भाषा हो।
२) लिखित भाषा – यो बिधि आफ्नो भावनाहरु लेखेर प्रस्तुत गर्ने गरिन्छ। पुस्तकहरु, चिठी, आदि यसका उदाहरण हुन । मानब जातिमा लिखित भाषाको ठूलो महत्व हुन्छ। लिपिले कुनै जातिको भाषा मात्र नभएर ति जातिभित्रको रितिरिवाज, धर्म सस्क्रिति, पहिचान आदि कुराहरुलाइ समेट्दछ। तामाङ जातिको सन्दर्भमा भन्नुपर्दा हाल केहि तामाङहरुले आफ्नो लिपि बनाउने नाममा साम्भोटा लिपिबाट ६ वा ८ वटा सब्दहरु निकालेर २२ वाटा मत्रै शब्दको लिपि बनाएको छ, त्यसको नाम तामयिक लिपि भनेर राखेको छ।
साम्भोटा लीपीजस्तो अति पबित्र लिपिको इतिहास, गरिमा र महत्वको अध्ययन बिना नै एकाद तामाङ ब्यक्तित्वहरुले साम्भोटा लिपिलाइ बिगारेर जातिको नाम राखेर तामयिक लिपि बनाउनु भनेको, १/२ दिन वा १/२ महिना सम्भोटा लीपी सिकेर मैले त के के न जाने, अब, यो तामङको सुहाउदो बनाउछु भन्ने सोच लिएको परिणाम हो यो भान्दा केइ फरक पर्दैन। जस्तै उदाहरणको लागि कहिले पनि केरा नपाएको मन्छे, जसको चाहाना चै धेरै बर्ष देखि केरा पाउ भन्ने थियो, र कहिल्यै केरा पाइरहेको थिएन, तर एक्दिन अचानक उस्को हातमा केरा पायो भने, सोचौ त्यो मन्छे खुसिले कति उफ्रिन्छ होला, अनि सोच्न थाल्छ, अब त्यो केरालाइ कताबाट खाने, यो सोच्दा सोच्दा उस्ले अन्तमा बोक्रैसित खान्छ, भनाइको मतलब केरा खानु भान्दा अगाडी केराको इतिहास था हुनुपर्यो नि, अनि पो बोक्रा लाइ बिस्तारै केलाएर त्यो भित्रको फललाई पो खान्छ त।
त्यसैले ज्ञान भनेको कुरा १/२ दिन वा १/२ महिना सिकेर अब म त्यसलाइ नया बनाउछु भन्नु त्यो आफु साम्भोटा लिपि सिक्ने बेलामा आफुभित्र उब्जेको अहङ्कार मात्रै हो, त्यो बेलामा निस्केको येस्तो प्रकारको अहङ्कार धेरै नै भयङकर हुन्छ, जस्ले आफु त अन्धकारमा पर्छ नै, तर भबिष्यको युवापिडी हरुसमेत त्यो भयङ्कर अन्धकारमा धकेल्ने काम मत्रै हुन्छ। यो जिबनमा यो भन्दा माहा पाप अरु के हुन सक्छ? यो मेरो ब्यक्तिगत अनुभब पनि हो, मैले नि साम्भोटा लिपि सिक्नेबेलामा येस्तो प्राकारको अहङ्कारले मेरो मनभित्र जन्म लिएको थियो, पछि, येस्को इतिहास, येसको प्रयोजनहरु बुज्दै गयेपछि, बल्ल था पायो, कि मेरो मन्मा त धेरै ठूलो अहङ्कारले जन्म लिएको रहेछ, अनि पछि, सम्भोटा लिपिलाइ नै निरन्तरता दिदै गयो। बिषेश गरि तामयिक लिपि बनाउने समुहले तामाङ भाषालाइ मत्रै सुहाउने बनाउन खोजेको भन्नुभाको रहेछ। के यहि एउटा कारन हो जसले साम्भोटा लिपिलाइ अधुरो बनाएर तामयिक बनाउनु परेको ?
यो त कुनै कारण भएन। येदि योइ कारण हो भने के हामि तामाङलाइ भाषा मात्र भये पुग्छ र के लिपिले धर्मलाइ समेट्नु पर्दैन। तामयिक लिपिले हामिमाझ यावत प्रस्न खडा गरि दियेको छ। अब समय यहि हो, तामाङ बुद्धिजिबिहरुले समिक्षा गर्नुपर्ने, सम्भोटा लिपिलाइ प्रयोग गरेर तामाङ हरुको भाषागत ब्याकरण हरु ब्यापक रुपमा निकाल्नुपर्ने, अनि बर्तमानलाइ मात्र नभएर दिर्घकालिन फाइदाको बारेमा सोच्नुपर्ने। साम्भोटा लिपि भोटमा मात्रै हैन, नेपालमै शेर्पाहरुले पनि जस्ताको तस्तै चलाइरहेका छन्, ह्योल्मोलि हरुले पनि जस्ताको तस्तै चलाउदै आइरहेका छन्। शेर्पाहरुले तामायिक जस्तै शेरयिग बनाउनुपर्ने, ह्योल्मोहरुले ह्योलयिग बनाउनुपर्ने, तर, सम्भोटा लिपिको प्रयोजन र उपयोगिता र इतिहासको गुणहरु स्मरण गर्दै साम्भोटा लिपिलाइ नै प्रयोग गरिआएका छन, होला, तामाङ भाषाको ब्याकरण शैलिमा तिब्बति भाषाको ब्याकरण फरक हुनसक्छ, तर ब्याकरणको बनावटमा तामाङहरुले समिक्षा गर्ने ठाउ छ, तर वर्णमाला लाइ नै घटाउने काम कुनै आधारमा पनि मान्य हुन सक्दैन।
अब यहानेर गुनको स्मरणको कुरा, के हो त गुनको स्मरण भनेको, जस्तै बुद्ध धर्मको धर्मशास्त्र सस्क्रिति बाट तिब्बति भाषामा रुपान्तरण गर्ने बेलामा पनि साम्भोटा लिपिबाट रूपान्तरण गर्ने बेलामा पनि बौद्ध धर्म सस्कृत भाषामा सुरक्षित भएको गुणलाइ साम्भोटा लिपिले नबिर्सिकन सस्क्रिति भाषाको त्यो गुणलाइ सम्मान स्वरुप्, तिब्बति धर्मशास्त्रको हरेक सुरुवातमा ग्यागर केदु भनेर सुरुवात हुन्छ, ग्यागर केदु भनेको सस्कृत भाषामा भनेर भनेको हो, अनि मात्र बोइ केदु अर्थात तिब्बति भाषामा भनेर आउछ, हो, हामि तामाङ जाति पनि गुरु रिन्पोछेको पालादेखि नै बौद्ध धर्म अङ्गालेको हुनाले हामिले पनि तेस्तो किसिमको गुणहरुलाइ बिर्सिनुहुदैन।
अब गुणकै कुरा गर्नुपर्दा, आजभोलिको यो कलियुगको मध्यतिर आइपुग्दा गुणहरुलाइ नसम्झिने धेरै भेटीन्छन, जस्तै मैले एउटा बौद्ध किताबमा पढेको थियो, क, ख, ग को ध्यान गर्न बिर्स्यो भने, डीग्री हासिल गरेको किन नहोस, तेसले बिचमा पढेकोहरु सबै बिर्सन्छ भनेर। अथवा, ज्यम्पेयाङ अर्थात मञ्जुश्रिलाइ बिहान बेलुका मञ्जुश्रिको प्रार्थना र ध्यान गर्न बिर्स्यो भने, जति सुकै कक्षा पढेपनि आखिरमा बिर्सन्छ भनेर। साचै हो पनि, क ख ग को गुण नै बिर्स्यो भने, अरु त के नै आउछ र हामिलाइ, अथवा मञ्जुश्री को गुण बिर्स्यो भने पनि अरु जति पढेपनि बिर्सन्छ, किनभने, ज्ञानको आधार भनेकै मञ्जुश्री हो, क ख ग हो ।
आधारलाइ नै बिर्स्यो भने अरु अङगहरु कसरि याद हुन सक्छ, अहिले कतिपय एस एल सि , +१२, डीग्री गर्ने कतिपयले नेपालि वर्णमालामा कतिवटा अक्षर छन भन्ने पनि बिर्सिसकेकोहरु धेरै होलान, किनकि खै त गुण सम्झेको खै त मञ्जुश्रीलाइ सम्झेको? हिन्दुमा भन्ने हो भने, खै त सरस्वतिको गुणलाइ सम्झेको र अनि किन बिर्सिदैन त ।हामि तामाङ हरु, बौद्धमार्गि भएकोले, क ख पढ्नु अगाडी पानि मञ्जुश्रीको ध्यान गर्ने चलन छ, किनाकि मञ्जुश्री ज्ञानको श्रोत हो, यसरि आज हामि तामाङ कुलमा भएता पनि साम्भोटा लिपिको गुणलाइ बिर्सनु हुदैन, एसलाइ अपाङ्ग बनाउनु हुदैन। हामि तामाङ जातिमा गुणहरुलाइ स्मरण गर्ने धेरै पहिला देखिको परम्परा रहिआएको छ। यसलाइ चिन्नुपर्छ, बुझ्नुपर्छ र अबका दिनहरुमा ति गुणहरुलाइ स्मरण गर्ने र ति गुणहरुलाइ श्रद्धा, भाबद्वारा स्थापना गर्ने अनि परम्परालाइ लोप हुन बाट जोगाउने जिम्मा यो समयमा अब हामि आम तामङ युवाहरुको काधमा आएको छ। यदि तामाङको आधिकारिक लिपि नै बनाउने हो भने खेन्पोहरु, आचार्यहरु, अनि रिम्पोछेहरु हुनुहुन्छ, उहाहरुसङग छलफल गरेर, ब्रिहत रुपमा बैठक बसेर उहाहरुले ठीक छ भनेर प्रमाणीत गरेको खन्डमा मात्र सर्बमान्य लिपि बन्न सक्छ। हैन भने तपाई हामिले केहि अक्षर जानेको भरमा लिपि बनाउन खोज्नु महा मुर्खता हो, र यो अधिकार यो समायमा कसैलाइ पनि छैन, त्यो माथि साम्भोटा लिपिलाइ अधुरो बनाउने अधिकार त झन कसैलाइ पनि छैन।
३) साङ्केतिक भाषा – आफ्ना भावनाहरु सङ्केतको रुपमा प्रस्तुत गर्नु नै साङ्केतिक भषा हो। पस्चिमेलिहरुले त शारीरिक हाउभाउको रुपमा यसलाइ मौखिक भाषाको अभिन्न अङ्ग पनि मानिन्छ । यो बिधिले भाषालाई अझ प्रभाबकारि पनि बनाउन थप मद्दत पनि गर्छ । यो बिधिको प्रयोग सपाङ्ग देखि अपाङ्गसम्मले प्रयोग गर्दै आइरहेका छन्।
प्रसङग २ :- सम्भोटा लिपिको परिचय।
साम्भोटा लिपिको प्रतिपादक थोन्मी साम्भोटा ཐོན་མི་སམྦྷོ་ཊ། हो। थोन्मी साम्भोटाको जन्म ईषा पूर्व ७औ शताब्दिमा तिबातको येरु छाङ्पो नदिको दक्षिणको योरो भन्ने ठाउमा भएको थियो। कुनै कुनै ठाउमा पाइन्छ कि थोन्मी साम्भोटाको जन्म इसा पूर्व ६१९ मा माटो-भेडा वर्षमा भएको हो, तर यो अनुमानित वर्ष मात्र हो। उहा थोन्मी बङ्स परिवारबाट जन्मनु भएको थियो र उहाको नाम थोमी भन्नाले भोट भाषाम थो भान्ने ठाउको मन्छे भन्ने हुन्छ, साम्भोटा भनेको सस्क्रित शब्द हो, जस्को अर्थ, सम भन्नाले बिद्वान र भोटा भन्ना तिब्बतलाइ बुझाउछ, अर्थात थोन्मी साम्भोटा भन्नाले तिब्बतको बिद्वान्, समग्रमा थो भान्ने ठाउको तिब्बतको बिद्वान भन्ने बुझाउछ।
उहाको पिताको नाम थोन्मी अनु रगत हो, कसैले नाङ्ढाक पनि भन्ने गरेको पाइन्छ र उहा राजा स्रोङ्चन गम्पोको मन्त्रि थियो। पछि थोन्मी साम्भोटा पनि राजा स्रोङ्चन गम्पोको ७ बिद्वान मन्त्रिमध्ये चौथो बिद्वान मन्त्रि बन्नुभयो। राजा स्रोङ्चन गम्पोले तिब्बति भाषाको लिपि बनाउन र बिशेष गरि सस्क्रित भाषामा भएको बौद्ध ग्रन्थलाइ तिब्बति भाषामा रुपान्तरण गर्नको लागि थोन्मी साम्भोटलाइ वर्णमाला सिक्न भारत पठाउनुभयो, साथमा प्रसस्त सुनको धुलो र भारतको राजा लाइ दिन थुप्रै उपाहार पनि पठाउनुभयो, जसलाइ तिब्बति इतिहासमा पेल्जीन बिना लाछेन नामले चिन्छ्। थोन्मी र उहाको साथिहरु नेपालको बाटो हुदै भारत जानुभएको थियो, त्योबेला, नेपालको राजाले पनि उहाहरुको उपाहारहरुसङग साटेर थुप्रै औषधिहरु दिनुभएको थियो जसले गर्दा थोन्मी र उहाको साथिसहित सकुसल भारत पुग्नुभयो। थोन्मीले भारतमा कुशल गुरुको खोजि गर्न थाल्नुभायो, दक्षिन भारतमा ब्राम्हन लिजिन्कारा वा लिपिकार सङग भेट भयो, र अर्को एकजना जस्को तिब्बति नाम्, ला रिग्पा सिङगे, सस्क्रित नाम देव बिध्या सिहं सङग भेट भयो ।
यि गुरुहरुसङ्ग भाषा, ब्याकरण, शब्दकोश, कबिता, साहित्य, अनि दर्शनहरु लगभग ७ बर्ष अध्ययन गर्नुभयो। यो अबधिमा थोन्मीले ला रिग्पा सिङगेको ध्वनि ब्याकरण सम्बन्धि पाठहरुमा बिशेष रुचिका साथ अध्ययन गर्नुभाएको थियो। त्यसपछि ३६ ब्यनजनवर्ण् र १६ स्वरबर्ण भएको देवनागरि लिपि र काश्मिरि लिपिलाइ आधार बनाइ ३० वर्णमाला र ४ स्वरवर्ण भएको तिब्बति लिपिको तयार गर्नुभयो र ध्वनि ब्याकरनको आधारमा नै तिब्बति ब्याकरण बनाइयो। .. प्राचिन सस्कृत लिपि जसलाइ ल्हेन्चा पनि भनिन्छ, को आधारमा बनाएको तिब्बति लिपिलाइ उछेन (शिर भएको) र काश्मिरि लिपिमा आधारित भएर बनाएको तिब्बति लिपिलाइ उमे (शिर नभएको) भनेर भन्छ, उमे दैनिक लेखाइको कार्यमा प्रयोग गरिन्छ। त्यसपछि तिब्बति सस्कृत शब्दकोसको रचना गरियो, जसलाइ महाब्युत्पति भनिन्छ, र यो ९औ शताब्दितिर मात्र देखा परेको थियो। त्यसपछि थोन्मी साम्भोटा भारतको राजाको तिब्बतको राजालाइ उपाहार सहित्, तिब्बत फर्किनुभयो। साथमा बिभिन्न बौद्ध शास्त्रहरु पनि लानुभयो, जुन सस्कृतबाट तिब्बति भाषामा रुपान्तरण गरिएको थियो।
ति शास्त्रहरु मध्ये दोदे कोन्क्षाे टिन्, दाम्पे क्षाेइ पेमा कर्पो, चुक्तोर ढीमेकि शुङ्, न्हुर्बु केतु आदि। उहाले सस्क्रित ब्याकरणमा उपलब्द जतिपनि पुस्तक छ, अनि अन्य धेरै पुस्तक साथमा ल्याउनुभयो, जस्तै, दुइप रिनपोछेइ तोगकोइपा, च्येनरेशिकि दोगुइ ङिस्यु चाचि, देपच्युइ दो, आदि आदि । येसरि भारतबाट पहिलोचोटी बौद्ध पुस्तक तिब्बतमा भित्रेको थियो। सबैजनाले भारतको तेत्रो गर्मिठाउमा थोन्मी त मर्यो होला भन्ने अनुमान लगायेको थियो, किनाकि, तिब्बत र भारतको हावा पानि धेरै फरक छ, तर तेसो भएन। तेसपछि थोन्मी साम्भोटा कुखरमरु भन्ने दरबारमा बस्नुभयाे, र साम्भोटा लिपिको उत्घाटन गर्नुभयो, जुन तिब्बतको राजाले प्रतिक्षा थियो। त्यसपछि थोन्मी साम्भोटाले सस्क्रित ब्याकरणमा आधारित ६ वटा तिब्बति ब्याकरण निकाल्नुभयो ।
त्यसपछि राजा स्रोङ्चन गम्पोको सभामा थोन्मी साम्भोटाले राजा सहित सबैलाइ साम्भोटा वर्णमाला र ब्याकरण सिकाउनुभयो। यसपश्चात राजाले लिपि सिक्नलाइ ४ वर्ष पदभार त्याग्नुभयो, र अध्ययनमा लाग्नुभयो। त्यो बिचमा राजा स्रोङ्चन गम्पोले अवलोकेश्वरको २१ वटा तान्त्रिक पुस्तक प्रकासन गर्नुभयो। यो पनि भनिन्छ कि २ वटा ठूलो राशि भएको मानि काबुम पनि लेख्नुभयो यस्तै अन्य धेरै पुस्तक निकाल्नुभयो।
प्रसङ्ग ३ – तिब्बति र तामाङ भाषाको समान बिशेष्ता
नेपालमा बसोबास गर्ने तामाङहरुले बोल्ने तामाङ भाषा र तिब्बति भाषामा धेरै अन्तर भएता पनि यि दुबै भाषाको बिशेष्ताहरु भने एकसमान देखिन आउछ। तिब्बतिहरुले बोल्ने भाषा सिनो-तिब्बति भाषा समुह हो भने, तामाङ भाषा पनि सिनो-तिब्बति भाषा अन्तर्गत नै पर्छ, र तामाङ भाषालाई भोट बर्मेलि परिवारको भाषाको रूपमा पनि चिनिदै आएको पनि छ।
सिनो तिब्बति भाषा भन्नले टीबेटो-बर्मन भाषा अन्तर्गत पर्दछ। तामाङ भाषा पनि यहि भाषा परिवार अन्तर्गत नै पर्दछन्। यि दुइ भाषाको समान बिशेष्ताहरु हुनुको मुल कारन पनि तामाङ हरुको उद्गम स्थल तिब्बत नै भएकोले पनि हो। पछि तामाङहरु नेपाल प्रबेश पछि आफ्नै भाषा बनायो, जुन टीबेटो-बर्मन भाषा अन्तर्गतको हुन गयो ।
यि दुइ भाषाको समान बिशेषताहरुलाइ निम्न बुदामा उल्लेख गर्ने जमर्को गरेको छु –
१) तिब्बति भाषा टीबेटो बर्मन भाषा परिवार अन्तर्गतको भाषा हो।
२) तामाङ भाषा पनि टीबेटो बर्मन भाषा परिवार अन्तर्गतको भाषा हो।
३) तिब्बति भाषामा शब्द उच्चारणको आधारमा अर्थ पहिचान गर्न सकिन्छ।
४) तामङ भाषामा पनि शब्दको उच्चारणको आधारमा अर्थ पहिचान गर्न सकिन्छ।
५) तामाङ भाषाको शब्दहरु तिब्बति भाषाबाट आगमन भएको छ।
६) यि दुबै भाषाको ब्याकरणमा ध्वनि लाइ बिशेष महत्व दिईन्छ।
७) एउतै शब्दले दुइ वा दुइ भन्दा बढी अर्थ बुझाउदछ। आदि॥
साम्भोटा लीपीको केहि उदाहरण साम्भोटा वर्णमालामा दुइवटा अक्षरहरु हुन्छ,
१) अलि। २) कलि। अलि यिगे भनेको ४ वटा स्वरवर्णहरुलाइ जनाउछ, ४ वटा स्वरबर्णहरुमा गिगु, डेङ्बु, नारो, स्याब्क्यु। कलि यिगि भनेको क देखि आ सम्मको ३० वटा अक्षरहरुलाइ जनाउछ। अलि र कलिको मेलबिना कुनै अक्षर बन्न सक्दैन। བསལ་བྱེད་གསུམ་བཅུ།། ३० वटा वर्णमाला (कलि यिगि) (यो वर्णमालालाइ उछेन यिगि (शिर भएको वा शिर ठुलो) पनि भनिन्छ। यो धार्मिक अक्षरहरु लेख्न प्रयोग गरिन्छ। कार्यलयहरुमा पनि प्रयोग गरेको पाइन्छ।) ཀ་ ཁ་ ག ང། क ख ग ङ ཅ་ ཆ་ ཇ་ ཉ། च्या छ्या ज्या ङ्या ཏ་ ཐ་ ད་ ན། त थ द न པ་ ཕ་ བ་ མ། प फ ब म ཙ་ ཚ་ ཛ་ ཝ། च छ ज व ཞ་ ཟ་ འ་ ཡ། श्या श्हा ह य ར་ ལ་ ཤ་ ས། र ल स्य स ཧ་ ཨ། ह् आ ———————————– དབྱངས་བཞི། चार वटा स्वरहरु। (अलि हिगि) ཨི། ཨུ། ཨེ། ཨོ། इ उ ए ओ ——————————— མགོ་ཅན་གསུམ་མུ་ལ། तीनवटा शिराक्षरहरु। ༡༽ ར་མགོ། र गो ༢༽ ལ་མགོ། ल गो ༣༽ ས་མགོ། स गो ༡༽ ར་མགོ་བཅུ་གཉིས་མུ་ལ། १२ किसिमका र गो हरु རྐ་ རྒ་ རྔ་ རྗ་ རྙ་ རྟ་ རྣ་ र कताक क। र गताक ग। र ङताग ङा। र ज्यताग ज्या। र ङ्याताग ङ्या। र तताग ता। र नताक न । རྡ་ རྦ་ རྨ་ རྩ་ རྫ། र दताक द। र बताग ब। र मताग म र चताग च। र जाताग जा। यसमा र अक्षर लुप्त हुन्छ र झुन्डिएको अक्षर उच्चारण गरिन्छ। जस्तै र कताग का རྐ་ भेनेको ठाउमा का मात्र उच्चारण गर्नुपर्छ। ༢༽ ལ་མགོ་བཅུ་མུ་ལ། १० किसिमका ल गो हरु ལྐ ལྒ་ ལྔ་ ལྕ་ ལྗ་ ལྟ་ ལྡ་ ला काताक क। ल गताग ग। ल ङाताग ङ। ल च्याताग च्या। ल ज्याताग ज्या। ल ताताग ता। ल ददाग दा। ལྤ་ ལྦ་ ལྷ་ ल पाताग पा। ला वाताग वा। ला हताग ल्हा। ला हताग ल्हा ལྷ་ मा पनि ཧ लुप्त हुन्छ अन्तिमको अक्षर ལྷ་ लाइ मत्र ल हाताग ल्हा भन्नुपर्छ। ༣༽ ས་མགོ་བཅུ་གིག་མུ་ལ། ११ वटा स गोहरु སྐ་ སྒ་ སྔ་ སྙ་ སྟ་ སྡ་ སྣ་ སྤ་ སྦ་ སྨ་ སྩ༌། यसलाइ पनि माथि ला अनि र को जस्तै गरि पढ्ने, ल र को ठाउमा स रखेर पढ्ने।
साल्जे सुम्च्यु को वर्णमालाहरुको उत्पतिको स्थानहरु निम्न छन घाटीबाट निस्कने शब्दहरु ཀ་ ཁ་ ག་ ང༌། तालुबाट निस्कने शब्दहरु ཅ་ ཆ་ ཇ་ ཉ། दन्तबाट निस्कने शब्दहरु ཏ་ ཐ་ ད་ ན། ཙ་ ཚ་ ཛ་ ཝ། ओष्ठ्बाट निस्कने शब्दहरु པ་ ཕ་ བ་ མ། कन्ठबाट निस्कने शब्दहरु ཞ་ ཟ་ འ་ ཡ། मध्यम शब्दहरु ར་ ལ་ ཤ་ ས། उच्च शब्दहरु ཧ་ ཨ། तामाङ भाषामा सब्द उत्पतिको स्थानको धेरै ठूलो महत्व हुन्छ। हामि तामाङ हरुले बोल्ने भाषामा ध्वनिको मात्राले पनि बोलिचालिको कुराहरु बुझ्नुपर्ने हुन्छ किनाकि तामाङ भाषामा एउटै शब्दले दुइ वा दुइभन्दा बढी आर्थ दिने हुन्छन र लेखाइमा एउटै देखिएपनि शब्दको ध्वनि फरक हुने हुन्छ जसले गर्दा त्यो शब्दले के भन्न खोजेको हो भन्ने बुझिन्छ। जस्तै नाम भन्ने शब्दले आकासबाट परेको पानिलाइ पनि बुझाउछ भने कोदोको बाला लाइ पनि नाम नै भनिन्छ। जस्तै यसलाइ बाक्यमा प्रयोग गरि हेरौ ཏི་ནི་ནམ་ཏཨི་ཛི། तिनि नाम ताइजि।
यो एउटा बाक्यले दुइ वटा अर्थ बताउछ |
१)आज पानि पर्यो। २) आज कोदोको बाला झर्यो। अब प्रश्न यो छ कि लेखाइको आधारमा यो दुइवटा अर्थमा कुन चै लाइ बुझ्ने त? लेखाइको आधारमा येस्को अर्थ बुज्न पक्कै पनि कठीन छ। तर यसलाइ उच्चारण गरेर भनेमा अर्थ सजिलै बुझ्न सकिन्छ। तर याहा पनि प्रश्न के छ भने लेखेको आधारमा कुन चै ध्वानिबाट उच्चारण गर्ने हो त? आकाशबाट परेको पानि लाई रा कोदोको बाला बुझाउनलाइ उच्चारण पनि फरक फरक हुन्छ, ध्वनि उत्पन्न हुने स्थान र अब्स्था पनि फरक हुन्छ। जबकि यसमा नाम भनेर जुन लेखिएको छ, यो शब्दले कोदोको बाला भन्ने बुज्ने गरि ध्वनि उच्चरण गर्नुपर्छ भनेर पनि निस्चित गरिएको छैन र आकासको पानि भन्ने बुज्ने गरि उच्चारण गर्नुपर्छ भनेर पनि निस्चित गरिएको छैन, अब, यो अबस्थामा तपाइ के गर्नुहुन्छ ? पक्कै पनि यस्को एउटै मात्र उपाय भनेको त्यो शब्दलाइ कुनै येस्तो सङ्केत दिउ जस्ले कुन चै आर्थ आउने गरि उच्चारण गर्नुपर्ने हो, तेस्तै होस्।
यो भनेको ङोनजूक, जेजुक र याङजुक को आधारमा नै यो सम्भब छ। जस्तै ཏི་ནི་གནམས་ཏའི་ཛི། तिनि नाम ताइजि। आज पानि पर्यो। ཏི་ནི་མནམས་ཏའི་ཛི། तिनि नाम ताइजि। आज कोदोको बाला झर्यो। यहा नाम शब्दको अगाडीको ग र म ङोनज्युक(अगाडी जाने अक्षर) हो भने त्यसपछि नाम भन्ने शब्द नै भैहाल्यो, त्यसपछिको स भनेको याङज्युक (अन्तमा जाने अक्षर)को नियम अनुसार कुनै पनि शब्दको अन्त ग ག ङ ང ब བ म མ बाट भएको छ भने त्यसले याङ्ज्युक (पछाडी लाग्ने अक्षर) स ས་ लिन्छ। यसमा नाम भन्ने शब्दको अन्त म बाट भएको छ, यस्कारण पछाडीको अक्षर स लिएको हो। अगाडी र पछाडीको अक्षर सधै लुप्त हुन्छ। यो याङ्ज्युकको नियम हो। (माथि याङजुकको नियम मा हेर्नुहोस्) अङग्रेजिमा पनि येस्ता लुप्त अक्षरहरु धेरै मात्रामा भेटाउन सकिन्छ।
अब यहा नाम भन्ने शब्दलाइ पुर्बाक्षर र पराक्षरहरुले छुट्टाइएको छ, र कुन शब्दलाइ कुन ध्वनिमा उच्चारण गर्ने भनेर पनि निर्धारण पनि गरिदियो । यसरि लेखाइको आधारमा एउटै शब्दको एउटै उच्चारन तर ध्वनिको आधारमा अर्थ बुज्ने भयो। तामाङ भाषामा येस्तो प्रकारको शब्दहरु धेरै भएकोले शब्दहरुको दाग्जे बनाउनु जरुरि छ। दाग्जे भान्नाले शब्द लाग्ने क्राम भन्ने हुन्छ। (सम्भोटा लीपीको अक्षरलाइ कम गरेर तामयिक जस्तो अधुरो लिपि बनाउने हैन, जसले कुनै सब्दको निस्चित अर्थ आउने गरि निर्धारण गर्न समेत सक्दैन।) यहा दाग्जे हरुको एउटा सानो उदाहरण दिन चाहन्छु।
यहा कतिपय दाग्ज्य हरु नमिलेको भएमा माफ गर्नुहोला, तर तामाङको हरेक शब्द साम्भोटाले सुसुचित गर्न सक्छ भन्ने दर्साउन मात्र मैले यहा यि सानो उदाहरण मात्र दिने कोसिस गरेको छु, यसालाइ पूर्ण रूप दिने जिम्मा तामाङ बुद्धिजिबि र युवाहरुको काधमा छ। ཀན་ལ་འཆམས་པ་འ་འཆམས་ལ། कानला छ्याम्पा ह छ्याम ला। भातको डल्लो जनाउनलाइ ह छ्याम लगाउछ। ནད་ལ་མཆམས་པ་མ་མཆམས་ཡིན། नेदला छ्यामपा म छ्याम हिन्न। बिमारिको छ्याम्पा म छ्याम लेख्ने ཀོ་པ་བརྐའི་པ་བ་བརྐའི་ལ། कोपा काइपा ब काइ ल। गाउने गायक लाइ ब काइ लेख्छ। མྲཔ་སོང་དཀའི་པ་ད་དཀའི་ཡིན། म्रपसोङ काइपा द काइ हिन्। ढोका थुन्ने द काइ हो। ཐཱ་པ་བསའི་པ་བ་བསའི་ལ། थापा साइपा द साइ ल काटमार गर्ने ब साइ लेख्छ। བུའི་བུའི་སའི་པ་གསའི་ཡིན། बुइबुइ साइपा ग साइ हिन्। धुलो छानेको ग साइ हो। གེ་ཏང་བརྩུ་བ་བ་བརྩུ་ལ། गेताङ चुबा ब चु ल। कामको सुरुवात ब चु हो ན་གི་གཙུ་བ་ག་གཙུ་ཡིན། नागि चुबा ग चु हिन्। कुकुर भुकेको ग चु हो। འཆོད་རྟེན་སྐོར་བ་ས་སྐོར་ལ། क्षाेइतेन कोर्वा स कोर ल। चैत्य परिक्रमा स कोर हो। ནམ་ས་ཀོར་བ་ཀ་ཀོར་ཡིན། नाम्सा कोर्वा क कोर हो।
गाउ घुम्ने क कोर हो। याहा साम्भोटा लिपिबाट दाक्ज्याको केहि साधारण ऊदाहरण मात्र राख्न खोजेको छु, दाक्ज्याले भन्न खोजेको के हो त भन्दा जस्तै कन्ला क्षाम्पा ह छ्याम ला भनेको छ, यो भनेको चै भातको डल्लो लाइ जनाउने गरि लेख्नुपरेमा हछ्याम འཆམས་ लेखिन्छ भने रुघाखोकिलाइ म छ्याम མཆམས་ लेखिन्छ। भन्न खोजेको हो। एवमब्रितले अरु दाग्ज्याको उदाहरणहरु गर्दै जाने। यो लेख लेखेबाट प्राप्त फल जगत प्राणीलाइ परिनमणा गर्दछु, सबैलाइ महा मञ्जुश्रीको आशिर्वाद लागोस, मङगलम्।
(सङकलक :- बुद्ध बोम्जन तामाङ / लेखक :- कोन्छ्योक छ्योइफेल काभ्रे, लामागङ)