इजरायलमा बौद्धधर्मलम्विहरु सयुक्त रुपमा मणि जप (पूजा) गर्ने तयारीमा

तेलअविव,इजरायल – नेपाल तामाङ घेदुङ इजरायल , शेर्पा संघ इजरायल र ह्योल्मो समाज इजरायलको सयुक्त आयोजनमा यहि आउँदो १५ अक्टोबर २०१६ (शनिबार)का दिन मणि जप पूजा कार्यक्रम आयोजन गर्ने भएको छ |
तेलअविव स्थित सलामी स्ट्रीट – १२८ नम्बर (च्याट सेन्टर) नजिकै रहेको भवनमा बिहान ८:१५ बजे देखि धर्मगुरु लामा थुप्तेन तामाङबाट बौद्धधार्मिक विधिअनुसार पूजाको सुभारम्भ हुने नेपाल तामाङ घेदुङ इजरायलकी अध्यक्ष कल्पना मोक्तान तामाङले जानकारी दिनु भएको छ |
भक्तालुजनहरु द्वारा सामुहिक रुपमा बढी भन्दा बढी (दश हजार ,दश लाख …) जति सकिन्छ मणि जप गर्न सकेमा पुण्य प्राप्त हुने धर्म गुरु थुप्तेन लामा तामाङले बताउनु भएको छ | दशैँ तिहार लगायत अन्य पर्वहरु वा जुनसुकै प्रकारले पशुपन्क्षि/जीवहरुको काटमार , हत्या र हिंशामा मारिएका सबैको चिरआत्मा शान्तिको लागि मणि जप गर्दा पुन्य प्राप्त हुने भन्नेमा बौद्धधर्मलम्विहरु पूर्ण रुपमा विश्वास राख्दछन् ।