दशैको मौका पारी अनु शाहले दिए अनूपलाई सानो मुटु …..

लेजेन्ड म्युजिकको प्रस्तुती तिम्रो आगमनले नामक एल्बममा रहेको निकै रमाइलो ” पठायो सानो मुटु तिमीले …. ” गीतको म्युजिक भिडियो भर्खरै मात्र सार्वजनिक भएको छ ।
हाल नेपाली सांगीतिक क्षेत्रमा सिजन अनुसारको फल भने झै गीत समेत मौसमी हुन थालेको बेलामा दसैका गीतहरु भट्टाभटा बजारमा निर्देशकहरुले निकाली रहेको बेलामा निर्देशक द्वय सुलोचना थिङ तामाङ र अनूप योन्जनले भने चर्चित गायक शिब परियारको मधुर स्वरमा रहेको “पठायो सानु मुटु तिमीले ” बोल गीतको म्युजिक भिडियोलाई भर्खरै बजारमा ल्याएका छन् ।
निर्देशक अनूप योन्जन द्वारा स्वयंम् अभिनित यस भिडियोमा अनु शाह र जोर्दनको समेत अभिनय रहेको छ । सधै राम्रा राम्रा भिडियो निर्देशन गर्दै आएकी निर्देशक सुलोचना सँग टीममा मिलेर काम गर्दै आएका अनूप योन्जन यही भिडियो मार्फत निर्देशनमा अघि बढेका छन् । यस म्युजिक भिडियोमा शब्द – धन लामा , संगीत – टिका बोम्जन , एरेन्ज – पवन वाङ लामाको रहेको छ |
नेपाल रुम्वा कल्चर एकेडेमीका बिजय लामाको कोरियोग्राफी रहेको भिडियोलाई क्यामेराम्यान ज्ञानेन्द्र शर्माले छायांकन गरेका छन् | भर्खरै मात्र इमेज अवार्डमा उत्कृष्ट सम्पादकको पुरस्कार हाता पार्न सफल हालका निकै चर्चित सम्पादक टेकेन्द्र शाहले सम्पादन गरेका छन् |