हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

दसैं मनाउन छाड्दै लिम्बु समुदायहरु ….

– प्रदीप मेन्याङवो

आश्विन २१, २०७३- जताततै दसैंको रमझम सुरु भएको बेला आदिवासी जनजाति लिम्बु समुदायले पञ्चायतकालमा मनाएको जस्तो हर्षबढाई गर्न छाडेका छन् ।

राणाकाल र पञ्चायतकाल भरी शाही दरबारबाट उच्च पद पाएका र सुव्बा (सुभाङ्गी) भएका लिम्बु समुदायले मालश्री गाउने, भगवती पुज्ने, मौलो हान्ने, जमरा राख्ने, टीका लगाउने काम धुमधामले गर्ने गरेका थिए ।

२०४६ सालको आन्दोलनपछि मौलिक धर्म संस्कृति र संस्कारसँगै जोडिएको चाडपर्वप्रति लिम्बु समुदायको ध्यान तानिएपछि दसैं मनाउनेक्रम विस्तारै पातलिँदै गएको मुन्धुमविद् कमल तिगेलाले बताए । उनले भने, ‘वि. सं १८३१ अगाडि लिम्बु समुदाय वा पूर्वका लिम्वानी भेगमा दसैंको अस्तित्व गाँसिएको थिएन । गोर्खाका राजा पृथ्वीनारायण शाहले लिम्बुवानसँग नूनपानीको सन्धी सम्झौता गरेपछि विस्तारै उनले हिन्दु धर्म, संस्कृति लाद्ने काम गरे । राणा र पञ्चायतकालमा सबै लिम्बु समुदायले अनिवार्य रुपमा दसैं मनाउन उर्दी जारी भएकाले त्यसबेला धेरैले जबर्जस्ती मनाएका थिए ।’

पछिल्लो समयमा पहिचानको आन्दोलनसँगै आफ्नो मौलिक इतिहास, संस्कृति, संस्कारको खोजी तिव्ररुपमा भएकाले लिम्बु समुदायले दसैंलाई राज्यले संरक्षित गरेको र हिन्दु धर्मावलम्बीका प्रमुख चाड भएकाले जातीय सद्भावलाई कायम राख्नमात्र शुभकामना आदान प्रदान गर्नमा सीमित राखेको तिगेलाले बताए । उनले भने, ‘०४६ सालपछि केही लिम्बु समुदायले दसैं बहिस्कारको नारा र पर्चासमेत निकाले । तर बहिस्कार गर्नु र नगर्नुको कुनै औचित्य छैन । कुनै जाति समुदायको चाडपर्वलाई लिम्बु समुदायले बहिस्कार गर्नुको अर्थ छैन ।’

उनका अनुसार ताप्लेजुङ, पाँचथर, संखुवासभाका कतिपय विकट गाउँमा अझै पनि धेरै लिम्बु समुदायबीच दशैंको बारेमा खासै जानकारी छैन । उनीहरुले दसैंमात्र होइन तिहार पनि नमनाउने गरेकोबाट दसैं पहँुच भएका सम्पन्न शासकवर्गको मात्र रहेको देखिएको उनले बताए ।

मुन्धुमविद् प्राज्ञ अमर तुम्याङकाअनुसार दसैंको प्रचालित मिथक्मा रामायनका पात्र रामले रावणलाई मारेको र दुर्गादेवीले शुम्भ र निशुम्भलाई वध गरेको कथा जोडिएका छन् । उनले भने, ‘बध गर्ने समूह आर्य र वध गरिने पक्ष अनार्य भएको भन्ने तर्कको आधारमा २०४६ को जनआन्दोलनपछि मुलुकमा आर्य हिन्दूइतरका जातिहरू मूलत: आदिवासी जनजातिहरूले धेरै मात्रामा विरोध र बहिष्कार गरेको इतिहास पाइन्छ ।’

राणाकाल र पञ्चायतकालमा दमित भएका विचार र विचारका बाहकहरूको विद्रोह जनआन्दोलनपछि मुखरित भएको उनले बताए । उनल भने, ‘पूर्व लिम्बुवानमा सुभाङ्गीको अन्त्यसँगै राज्यसत्ताले याक्थुङ लाजेमा सुब्बाहरुको रखबारी हुने गरी कायम गरेको दसैंको बास्तविक इतिहास थाहा पाउन थालेकाले पछिल्लो समयमा लिम्बुहरुले दसैं मान्न छाडेका छन् तर साँस्कृतिक सद्भाव कायम राख्न सफल भएका छन् ।’

उनले लिम्बु समुदायको जीवनदर्शनको मार्गदर्शक विचारको रुपमा मानिएको याक्थुङ मुन्धुमसँग दसैंको अस्तित्व गाँसिए वा नगाँसीएको बारेमा अध्ययन गर्दा सम्बन्ध नै नजोडिएको बताए । उनले भने, ‘मुन्धुममा विश्व ब्रमाण्डको उत्पत्तिदेखि मानव उत्पत्ति, चराचरको उत्पत्तिजस्ता शास्त्रीय विषयवस्तु मात्र होइन, समाज र सभ्यता विकासक्रमका विविध पक्षहरूको चर्चा पाइन्छ । मानवजातिलाई दु:ख दिने पात्रहरूको प्रसङ्गमा दसैंको मिथक्मा आउने कथित दानव पात्रहरूको कहीं पनि चर्चा आउँदैन । न त दुर्गादेवी, राम जस्ता भगवानहरू कै चर्चा मुन्धुममा आउँछ । यसबाट स्पष्ट हुन्छ कि दसैं याक्थुङ जातिसँग सम्बन्धित होइन ।’

दसैं याक्थुङ मुन्धुमसँग र लिम्बू जातिसँग नजोडिए पनि राजनीतिक कारणले लिम्बुवानमा दसंैले औपचारिक प्रवेश पाएको उनले बताए । उनका अनुसार शाह राजाहरूको प्रत्यक्ष शासन र राणा शासनकालमा सुब्बा, बुढौली, कारबारी आदि भएर स्थानीयस्तरमा केन्द्र सरकारको पाखुरे भई काम गर्नेहरूले राज्य चाड रूप लिएको हिन्दूहरूको दसैंलाई याक्थुङहरूको घरमा पुर्‍याउन सत्ता र शक्तिको भरमा लिम्बुको घरमा प्रवेश पाएको हो ।

सुनसरी याक्थुङ चुम्लुङका अध्यक्ष समेत रहेका पूर्व ब्रिटिस गोर्खा सैनिक मोहनकुमार हुक्पाचोङ्बाङ्ले पल्टनमा समेत औपचारिक रुपमा दसैं मनाउने गरिएको र नेपालमा सरकारले दसैंको नाममा लामो बिदा दिने भएकाले पनि लिम्बुहरुले दसैं मनाउनु परेको बताए । उनले भने, ‘लामो बिदा भएकाले छोरी चेली, भानाभान्जाहरु पनि आउने भएकाले भेटघाट र रमाइलो गर्नका लागि दसैंको समय सदुपयोग गर्ने गरिएको छ ।’






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution