हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

सबैभन्दा ठूलो डाईनासोरको कङ्काल भेटियो

dainosoure

असोज २०, ब्राजिलका जीव बैज्ञानिकहरुले अति भीमकाय डाइनासोरको कङ्काल फेला पारेका छन् । भेटिएको कङ्कालको बनोट अनुसार उक्त डाइनासोर जीवित छँदा कम्तीमा पच्चिस मिटर २५ लामो हुनुपर्ने अनुमान गरिएको छ ।

यसअघि आफ्नो देशमा कहिल्यै नदेखिएको सो डाइनासोर हालसम्मकै सबभन्दा विशाल भएको दाबी गरिएको छ ।

“अस्ट्रोपोसिडन म्याग्निफाइकस” नाम दिइएको सो डाइनासोर लामो घाँटी र पुच्छरसहितको विकसित शरीर, शरीरको तुलनामा सानो खप्पर भएको शाकाहारी “टिटानोसोर्स” प्रजातिको सदस्य रहेको समेत रियो डे जानेरियोमा अवस्थित भू–विज्ञान सङ्ग्रहालय ९अर्थ साइन्स म्युजियम०का वैज्ञानिकहरुले बताएका छन् ।

हाल फेला परेका प्रजातिका डाइनासोर १४ करोड पचासलाख वर्ष अघिदेखि छ करोड साठीलाख वर्ष अघिसम्म पृथ्वीमा बिचरण गरिरहेका विश्वास गरिएको छ ।

dainosourew

वर्तमान विश्व मानचित्रमा दक्षिण अमेरिकाका केही खण्ड, अफ्रिका, आन्टार्टिका र ओसेनिया पर्ने पृथ्वीको भूभागमा यस्ता खाले डाइनासोरको अस्तित्व रहेको पनि अनुमान गरिएको छ ।

ब्राजिलका फोसिल वनस्पति विज्ञानविद् लिवेलिन इभोर प्राइसले मक्किएर जम्न लागेको उक्त मेरुदण्ड कङ्काल सन् १९५० मै देखेका थिए ।

यस बारे अध्ययन, अनुसन्धान पूरा हुन नपाउँदै सन् १९८० मा वैज्ञानिक प्राइसको मृत्यु भएकाले यस तथ्य ओझेलमा पर्न गयो । तर सम्बन्धित वैज्ञानिकहरुले यसको अध्ययन, अनुसन्धानलाई निरन्तरता दिइरहेका थिए ।

प्राइसको मृत्यु भएको छत्तीस वर्षमा सो अध्ययन, अनुसन्धान पूरापछि डाइनासोरको उक्त कङ्कालको इतिहास र यथार्थ खुलासा भएको हो । (सिन्ह्वा)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution