तनहुको अम्रेनीमा बस पल्टँदा ५० घाइते ,गम्भीरको शिक्षण अस्पतालमा उपचार हँदै
असोज २०, दमौलीः पृथ्वी राजमार्ग अन्र्तगत व्यास १ अम्रेनीमा एउटा यात्रुवाहक बस पल्टँदा ५० जना यात्रु घाइते भएका छन् ।
मुग्लिङबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ४२५३ नम्बरको बस ओभरटेक गर्ने क्रममा सिधा सडकमा बस पल्टेर खेतमा खस्दा घाइतेमध्ये ३१ जना उपचार गरेर घर फर्किसकेका छन् ।
गम्भीर घाइतेको भने पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । बाँकी घाइतेको दमौलीको रत्नहरि अस्पतालमा उपचार भैरहेको छ । बसमा करिब ६० जना यात्रु सवार रहेकामा धेरैजसोलाई सामान्य चोट लागेको ट्राफिक प्रमुख ज्ञानेन्द्रबहादुर थापाले बताए । व्यास १ अम्रेनीमा दुर्घटनाग्रस्त बस । दुर्घटनामा परी ५० जना घाइते भएका थिए ।