हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

लाइफ ज्याकेट दिएपछि ‘सप्तकोसीमा डुंगा यात्रा’

असोज २० धरान: सप्तकोसी नदीमा पटक पटक डुंगा दुर्घटना भएर अकालमा ज्यान गुमाउदै आएका सुनसरीको श्रीलंका टापुबासी लाईफ ज्याकेट लगाएर मात्र डुंगा चढ्न थालेका छन् । लाईफ ज्याकेट लगाएर डुंगा चढेर गन्तव्यमा जान पाएपछी श्रीलंका टापुवासी ढुक्क भएका छन् ।

सप्तकोसी नदीमा बर्षेनी डुंगा दुर्घटना हुन थालेपछी सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर चापगाइ, प्रहरी प्रमुख एसपी पोषराज पोखरेल र जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी रामप्रसाद वाग्लेको पहलमा श्रीलंकावासीको यात्रा सहज बनाउन एक सय थान लाईफ ज्याकेटको व्यबस्था गरिएको छ । असोज १ गते सप्तकोसीले चारैतिरबाट घेरिएको श्रीलंका टापुबाट प्रकासपुर बजार आउँदै गरेको ६३ जना सवार डुंगा सप्तकोसीको बीच भंगालोमा दुर्घटनामा परेको थियो । उक्त र्दुघटनामा हराएका मध्ये नौ जना अझै बेपत्ता छन् ।
५३ जनाको सकुशल उदार गरिएको थियो ।

20161004_164249

लाईफ ज्याकेट उपलब्ध भएसंगै सप्तकोसी नदीमा प्रतिबन्ध लगाइएको डुंगा संचालन पुन संचालनमा आएको छ । प्रहरीले सप्तकोसीमा डुंगा संचालनलाई व्यवस्थित बनाएको छ । प्रकासपुर र महेन्द्रनगर गाविसको डुंगा संचालन स्थलमा प्रहरी परिचालन गरी यात्रुहरुको रेकर्ड राख्ने र क्षमताभन्दा बढि मानिस र सरसामान डुंगामा चढाउन प्रतिबन्ध लगाइएको एसपी पोखरेलले जानकारी दिएका छन् ।

उनले एउटा डुंगामा बढिमा ४० जना यात्रु राखेर यात्रा गराउनु पर्ने र चालकले अटेर गरे कडा कार्वाहि गर्ने चेतावनी दिएका छन् । डुंगा संचालनलाई व्यबस्थित बनाउन इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट दैनिक रुपमा सप्तकोसीमा प्रहरी परिचालन गरिने पोखरेलले बताएका छन् ।

श्रीलंका टापुका वासिन्दालाई जिल्ला सुरक्षा समिति , जिविस, र विभिन्न गाविसको सहयोग अनुदानमा एक सय थान लाईफ ज्याकेट उपलब्ध गराएपछी डुंगा संचालनलाई व्यबस्थित बनाइएको हो ।
स्थानीय प्रशासनले लाइफ ज्याकेट उपलब्ध गराई डुंगा संचालनलाई व्यवस्थित बनाएपछी प्रकासपुर र महेन्द्रनगरका वासिन्दाले सुनसरीका सुरक्षा प्रमुखहरुलाई धन्यवाद दिएका छन् । सप्तकोसी बाढिपिडित सर्घष समितिका सचिव बाबुराम कार्कीले स्थानीय प्रहरी प्रशासनले लाईफ ज्याकेट उपलब्ध गराउनु सकारात्मक काम भएको भन्दै श्रीलंका टापुबासीको सुरक्षित वासस्थानका लागि समेत पहल गर्नु पर्ने माग गरेका छन् ।

20161004_164130
नेपाल सरकारले भरातसंग गलत तरिकारले कोसी सम्झौता गरेकाले सप्तकोसीको बाढिबाट १० हजारभन्दा बढि घरपरिवार विस्थापित हुनु परेको भन्दै उचित क्षतिपुर्ति दिन सरकारसंग माग गरेका छन् ।

सप्तकोसीमा ब्यारेज निर्माण गर्नुभन्दा अगाडि नेपाल–भारतबिच गरिएको द्धिपक्षिय कोसी सम्झौतामा सप्तकोसीबाट पिडित परिवारलाई भारत सरकारले राहत र क्षतिपुर्ति दिने सहमति भएपनी सहमति अनुसारको क्षतिपुर्ति नपाउँदा कोसी पिडितहरु अझै घरवार विहिन हुनु परेको कार्कीको भनाई छ । चारैतिर सप्तकोसी नदीले घेरिएको श्रीलंका टापुका वासिन्दालाई सरकारले, स्वास्थ्य, शिक्षा, विद्युत, संचार, खानेपानी, खाद्यान्न लगायतका सेवासुविधा उपलब्ध नगराएपछी उनीहरु प्रकासपुर र महेन्द्रनगर गाविसमा आफुले उत्पादन गरेका फलफुल, तरकारी र खसिबाख्रा र चौपाया विक्रि गरेको रकमले आफुलाई चाहिने दैनिक उपभोग्य बस्तु खरिद गरेर लैजाने गरेका छन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution