हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

दक्षिण कोरियामा शक्तिशाली आँधी,प्रति सेकेन्ड ५६ दशमलब ५ मिटरको हुरी

river-desktop-pictures-2

असोज १९, दक्षिण कोरियामा मंगलबार रातीदेखि बुधबार दिउँसोसम्म शक्तिशाली तुफान आएको छ। मंगलबार जेजु टाँपुबाट सुरु भएको आँधी तुफान बुधबार बिहानदेखि कोरियाको दक्षिणी भेगमा दिनभर आएको थियो।

विशेषगरी दक्षिणी भेगका केही क्षेत्रमा प्रति सेकेन्ड ५६ दशमलब ५ मिटरको हुरी चल्नुका साथै दुई सय पचास मिलिमिटर भन्दा बढी पानी परेको थियो। हुरी बतास र झरीका कारण केही व्यक्ति घाइते हुनुका साथै बुसानमा चार जनाको मृत्यु भएको कोरियन समाचार एजेन्सीले जनाएको छ।

आँधीका कारण समुद्र नजिक नजान र घरमा सावधानी अपनाउन सर्वसाधारणलाई जानकारी गराइएको थियो। कोरियाको दक्षिणी भेगमा रहेको विभिन्न शहर तथा ग्रामिण भेगहरुमा ठुलो वर्षाका कारण घरभित्रै पानी पसेको छ। यो वर्षको १८औं आँधीका कारण केही समयअघि क्यङजुलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएका घरहरुमा झनै असर परेको छ। त्यस्तै डुबानले गर्दा अन्डरग्राउन्ड पार्किङमा राखिएका गाडीहरु डुबेका छन्।

आँधीहुरी र झरीका कारण बुधबार स्थानीय विद्यालयहरुमा पठनपाठन भएन। जेजुमा ठुलो आँधीका कारण विधुतीय तारमा क्षति पुगेकाले ५२ हजार घरमा विद्युत आपुर्ती ठप्प छ। त्यस्तै जेजु र बुसानको हवाइ उडान समेत रद्ध हुनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पानी जहाज मार्ग पनि स्थगित गरिएको छ। कोरियाको तीव्र गतिको केटिएक्स रेल सेवा पनि तुफानका कारण रोकिएको सुरक्षा मन्त्रालयले जनाएको छ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution