हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

संसदमा तीन चुनावी-विधेयक प्रस्तुत, बाँकी तयारीमा

prachanda

राजनीतिक अन्योलका माझ चैतमा गराउने घोषणा गरिएको स्थानीय तहको चुनावकानिम्ति आवश्यक पाँचमध्ये तीनवटा विधेयक संसदमा प्रस्तुत गरिएका छन्।बाँकी दुईवटा विधेयकमा दुई-तिन दिनभित्रै गृहमन्त्रालयलाई सहमति दिने गरी काम भइरहेको कानुन मन्त्रालयले जनाएको छ।चुनावभन्दा चार महिनाअघि ती कानुन पारित गर्नुपर्ने कानुनी प्रावधान छ।संसदमा सैद्धान्तिक छलफल पुरा भएका तीनवटा विधेयक कानुन बन्ने प्रक्रिया भने बाँकी छ।

सांसदलाई दिइएको ७२ घण्टाभित्र विधेयकमाथि संशोधन परेमा तीनलाई राज्य व्यवस्था समितिमा पठाइने व्यवस्था छ।संसद सचिवालयका प्रवक्ता भरतराज गौतम भन्छन्, “मतदाता नामावली, राजनीतिक दल र निर्वाचन आयोग सम्बन्धी विधेयकमाथिको सैद्धान्तिक छलफल सम्पन्न भएको छ। यसलाई संविधान कार्यान्वयन र आगामी निर्वाचनका लागि महत्वपूर्ण मान्नुपर्छ।”

निर्वाचन आयोगले चैतमा गराउने गरी स्थानीय चुनावको तयारी गर्न आफूलाई आग्रह गरिरहेको सरकारसँग चार महिनाअघि कानुन आफ्नो हात पर्नुपर्ने माग गरिरहेको छ।

संविधान संशोधन हुनु पर्ने आन्दोनकारीको चुनावको चुनौति देखिन्छविगतमा त्यो समयसीमामा निर्वाचन आयोग केही लचक बनेको उदाहरण छ।तर प्रमुख आयुक्त अयोधीप्रसाद यादवले भने, “कानुनमै १२० को समयलाई निर्वाचन अवधिको रुपमा परिभाषित गरिएकाले त्यसै अनुसार हामी अघि बढिरहेका छौं।”

कुनै ठूलै हेरफेर नभएमा तीनवटा विधेयकले आयोगको अपेक्षा अघि नै कानुनी हैसियत प्राप्त गर्ने देखिन्छ।तर स्थानीय तह निर्वाचन कार्यविधि र निर्वाचन कसुर तथा सजाय ऐन बनेपछि मात्र कानुनी रुपमा चुनावको ढोका खुल्ने छ।

कानुन मन्त्रालयका सचिव टेकप्रसाद ढुंगानाले भने, “मन्त्रालयमा आएका थप दुईवटा कानुनको मस्यौदा दुई-तीन दिनभित्रै सहमति दिएर गृहमन्त्रालयमा पठाउँछौं। दशैं विदा लगत्तै मन्त्रिपरिषद्बाट पारित भई संसदमा पठाउने गरी समयसीमा बनाएर काम गरिरहेका छौं।”तर त्यतिमै चुनावी मार्गका सबै अड्चन निमिट्यान भइहाल्ने छनक देखिन्न।स्थानीय तहको संख्या र सीमा निर्धारणमा असन्तोष प्रकट गरिरहेका आन्दोलनकारी दलको ‘संविधान संशोधन विना कुनै चुनाव हुन नदिने’ धम्की सरकारले थाल्न खोजेको चुनावी यात्राका चुनौती लाग्दछन्। – बीबीसी 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution