स्यालले टोकेर २३ जना घाइते, १३ जनालाई काठमाडौं सिफारिस

असोज १८, गौर : जिल्लामा स्यालले टोकेर २३ जना मानिस घाइते भएका छन । गाउँमा स्यालले आतंक मच्चाएपछि स्थानियबासी त्रसित बनेका छन ।
घाइतेहरूको गौर अस्पतालमा उपचारपछि केहिलाई थप उपचारको लागी काठमाण्डौ पठाइएको छ । मंगलबार रौतहटको गरुडा, महम्दपुर, पचरुखी , पिपरा पोखरीया गाविसमा स्यालले मानिसलाई टोकेको प्रहरीले जनाएको छ ।
बिहानै खेतमा कामगर्न गएका तथा खुल्लास्थानमा शौच गर्न र बाटोमा हिँडिरहेका मानिसलाई स्यालले टोकेको स्थानियबासीले बताएका छन । स्यालले मानिसको पेट, घांटी, नाक , मुख , हात , खुट्टामा टोकेको छ ।
महम्दपुरकी सागरवती देवी , पचरुखी ९ का तेजा साह , मोहन दास, नितिश यादव, रामेश्वर यादव, महम्मदपुरका ललन देवी, सावित्री देवी, नितेश यादव, बसन्त यादव, रामबहादुर यादव, रामप्रित यादव, मन्जेश कुमार यादव ,तेजी लाल यादव ,गाबिन्द राम महरा , पसिन्जर राम ,सुवोध राय यादव , बिष्णुदयाल पण्डीत, सत्य नारायण साह, रमनिया राय यादव लगायत २३ जनाको गौर अस्पतालमा उपचार गराएका छन ।
बिरामीले अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविनकृष्ण भण्डारीले बताए । जंगलबाट गाउँ पसेको स्यालले मानिसलाई आक्रमणगर्न थालेपछि गाँउमा त्रास फैलिएको छ । स्यालको आक्रमणबाट १२ जना महिला, ११ जना पुरुष घाइते भएका छन । १३ जनालाई स्यालले घाँटीभन्दामाथि टोकेकोे गौर अस्पतालले जनाएको छ ।
घाँटीभन्दा माथि स्यालले टोकेका विरामीहरूलाई थप उपचारका लागि शुक्रराज ट्रपिकल मेमोरियल सरुवा रोग अस्पताल टेकु काठमाण्डौ पठाइएको छ । एकैदिन धेरै मानिसलाई टोकेकोले जिल्ला अस्पताल गौरमा एन्टीरेबिस विरुद्धको अभाव भएको छ । अस्पतालमा भ्याक्सिनको अभाव भएकाले क्षेत्रीय मेडिकल स्टोर हेटौडाबाट भ्याक्सिन माग गरीएको छ ।
स्यालले आंखामा आक्रमण गर्दा घाइते भएका बसन्त यादवलाई तिलगंगा आँखा अस्पताल पठाइएको गौर अस्पतालका डा.बिक्रम महत्तोले जनाएका छन । मानिसलाई टोक्ने दुइवटा स्याललाई भने गाँउलेले मारेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी भण्डारीले जानकारी दिएका छन ।