हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

खेप्सुङ शब्दको अर्थ र सम्बन्ध: सरोज मोक्तान तामाङ

sarojj

-सरोज मोक्तान तामाङ

म्हेनिङ शब्दसँग खेप्सुङको कुनै अर्थ छदैछैन त्यसो भएपछि सम्बन्ध त झन हुदैहुन्न हुनेकुरा पनि भएन । स्पष्टीकरण तल पढेर हेर्नुहोला :-

खेप्सुङको अर्थ :

खेप्सुङ भनेको १२ तामाङ जाति वा अहिले बर्तमान अवस्थामा सबै तामाङ जातिको फोलाडाला “ला” लाई कावाङ छु (गोर निस/७ वटा भुझी नोम्बा) हेर्दै गर्दै डेन्छो गर्ने विधि हो । अर्थात पित्रपितृ कुल पुजा वा चन (कुल देवता), ज्यो-ज्योमो (पित्री/कुलदेवदेबी/ईस्टदेब) सम्झने एउटा पर्व हो । जहाँ ला घ्ले अर्थात देवदेवीदेवता र राजाहरुको कुराहरु आउछन् । जस्तो सुईसुई राजा, सुईसुई रानी, कुकुराजा, कुकुरानी, गोल्मोराजा, गोल्मोरानी, ताङ्जोराजा, ताङ्जो रानी आदि महान देवदेवीदेवता राजारानीहरुको सम्झना, प्रार्थना, पुजा, मानसम्मान गरिन्छ ।

खेप्सोङ शब्द खेपा र स्हुङ/सुङ दुई शब्द मिलेर बनेको देखिन्छ, खेप्सुङ=खेपा+ स्हुङ/सुङ । खेप्पा वा खेपा भनेको तामाङ भाषामा ठूलो भन्ने बुझाई हुन्छ । प्रमुख वा पाक्को बुढा भन्ने पनि बुझिन्छ । त्यस्तैगरी स्हुङ/सुङ भनेको अनुहार/रुप वा पहिचान/चिनारी भन्ने बुझिन्छ । त्यसोहुँदा खेप्सुङ भनेको तामाङ जातिको प्रमुख वा ठूलो वा पाक्को बुढा पहिचान/रुप/चिनारी भएको फोलाडाला ला, (कुल/पित्री देउता/देवी/ईस्टदेव) ज्यो-ज्योमो/चन भन्ने बुझिन्छ । एक शब्दमा तामाङ जातिको प्रमुख वा ठूलो वा पाक्को बुढा पहिचान/रुप/चिनारी हो, रहेछ खेप्सुङ भनेको । त्यसैले तामाङ भाषामा म्हीलासुङ भनेको मान्छेको अनुहार/रुप/पहिचान/चिनारी भन्ने बुझिन्छ । दिम्ला स्हुङ/सुङ भनेको घरको अनुहार/रुप/पहिचान/चिनारी भन्ने बुझिन्छ । म्राप्सुङ भनेको घरको ढोका भन्ने बुझिन्छ ।

जुन पर्व जेष्ठ महिनाको पुर्णेछेकमा वा तामाङ भाषामा दोब्राई को पुर्णे छेकमा (शनिबार, मंगलबार र बिहिवार तीन बार) मध्येमा एक दिन मनाउने वा बनाउने गरिन्छ । यदि सो महिनामा भ्याएन भने विकल्पको रुपमा असोज महिनाको पुर्णेमा वा तामाङ भाषाको म्हेनिङ को पुर्णे छेकमा (शिनिबार र मंगलबार) मध्ये एक दिन खेप्सुङ मनाउने वा बनाउने गर्दछ । उक्त महिनामा पनि भ्याएन भने मंसिर महिनाको पुर्णेमा वा तामाङ भाषाको तावाजत को पुर्णेमा छेकमा (शनिबार र मंगलबार) मध्ये एक दिन मनाउने वा बनाउने गर्दछ ।

सम्बन्ध :

खेप्सुङको सम्बन्ध मुख्य रूपमा तामाङ जातिको पहिचानसँग जोडिएको छ । तामाङ जातिको उत्पत्ति, ईतिहास, पुख्र्यौली, थातथलो आदिसँग यो शब्दको निकट सम्बन्ध छ । महिनाको नाम म्हेनिङसँग खेप्सुङ शब्दको कहिँ कतै मितेरी साईनोसम्म देखिन्न, भेटिन्न । बरु धार्मिक हिसाबमा बोन वा बोन्पो वा बोन धर्मसँग यो खेप्सुङ शब्दको सम्बन्ध निकट देखिन्छ । सांस्कृतिक रुपमा यो हाम्रो संस्कार संस्कृतिसंग निकट देखिन्छ । सामाजिक रुपमा तामाङ जातिको उत्पत्ति देखि समाज बिकास, एकता र पहिचानसंगै यो शब्दको नजिक सम्बन्ध रहेको देखिन्छ ।

त्यसैले म्हेनिङ भनेको तामाङ जातीको भाषाबाट असोज वा कार्तिक महिनाका केहि दिनहरु पर्नसक्ने महिना हो । कुनै चाड होईन । कुनै पर्व होईन । म्हेनिङरी ज्यार्दीला दशै तामुला भनेर हाम्रा अग्रजहरुले भनेको सुनिन्थ्यो । अहिले पनि त्यसै भनिन्छ । जसरी सिदार्थ गौतम बुद्धलाई भगवान बिस्णुको अवतार भनी दाम्लोले बाद्ने असफल प्रयास गरेको छ । त्यसैगरि हाम्रा केही तामाङ विद्वान मित्रहरूले म्हेनिङ भन्ने महिनालाई चाड पर्व को पगरी गुथी असफल दाम्लोले बाद्ने प्रयास गरेको देखियो । त्यो पनि दशैको फोटोकपी जस्तै गरी । त्यसकारण म्हेनिङ शब्दसँग खेप्सुङको कुनै अर्थ छदैछैन त्यसो भएपछि सम्बन्ध त झन हुनेकुरा पनि भएन हुदैहुन्न ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution