हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

रुसले अमेरिकासंग भएको ‘प्लुटोनियम नष्ट गर्ने सम्झौता स्थगित’

 topols

रुसले अस्त्र बनाउन सकिने गुणस्तरको प्लुटोनियम नष्ट गर्ने बारे संयुक्त राज्य अमेरिकासंग भएको एक सम्झौता निलम्बन गरेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जारी गरेका अध्यादेशमा भनिएको छ अमेरिकीहरुले गरेका उनकै शब्दमा, अमैत्रीपूर्ण व्यवहारको बदलामा त्यस्तो निर्णय लिइएको हो।

सन् २००० मा भ्लादिमिर पुटिन सत्तामा आएको केहि महिना पछि नै अमेरिका र रुसले अस्त्र गुणस्तरको ३४ टन प्लुटोनियम नष्ट गर्ने प्रतिबद्धता जनाएका थिए।

त्यति मात्राको प्लुटोनियमबाट १७ हजार वटा परमाणु अस्त्र निर्माण गर्न पर्याप्त हुने बताइएको छ।

तर राष्ट्रपति पुटिनले अब त्यो सम्झौता स्थगित भएको घोषणा गरेका छन्।राष्ट्रपतिय अध्यादेश जारी गर्दै उनले संयुक्त राज्य अमेरिकाले रुस विरुद्ध अमैत्रीपूर्ण कदमहरु चालेको र त्यसबाट रुसको रणनीतिक स्थीरतालाई जोखिम पुगेको दोष लगाएका छन्।

उनले सावधान गराउंदै भनेका छन् रुसले आफ्नो सुरक्षालाई ध्यानमा राख्दै जरुरी कदम चाल्न परेको छ।राष्ट्रपतिय अध्यादेशमा उनले संयुक्त राज्य अमेरिकाले बढी भएको अस्त्र गुणस्तरको प्लुटोनियमको सदुपयोग गर्ने आफ्नो दायित्व लागु गर्न असफल भएको आरोप पनि लगाएका छन्।

राष्ट्रपति पुटिनले यदि वाशिंगटनले सबै प्रतिबन्धहरु हटाएमा र मस्कोप्रति अमैत्रीपूर्ण देखिएका अन्य नीतिहरुको अन्त्य गरेमा आपसी सहयोग पुन: आरम्भ हुनसक्ने संकेत पनि गरेका छन्।बीबीसीका मस्को सम्बाददाता स्टीभ रोजेनबर्ग भन्छन् क्रेमलिनले लिएको निर्णय रुस र पश्चिमा जगतबीच विग्रंदो सम्बन्धको अर्को संकेत हो। -बीबीसी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution